सारसले सुरम्य जगदीशपुर जलाशय (फोटो फिचर)
जेठ महिनाको प्रचण्ड घाम । कपिलवस्तुको जगदीशपुर जलाशयमा पानीको सतह कम हुँदै गएको छ ।
संरक्षणमा अब्बल छन् स्थानीय सामुदायिक वन
जिल्लामा बर्सेनि हजारौँ बिरुवा रोपिए पनि संरक्षण भएको देखिँदैन । डिभिजन वन कार्यालयसँग वार्षिक रूपमा वितरण गरिएको बिरुवाको तथ्याङ्क छ ।
छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी
कोहलपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधारण सभाले गठन गरेको संस्थाको आर्थिक हिसाब छानबिन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गदै खानेपानी संस्थाको प्रशासनिक भवनमा तालाबन्दी गरिएको छ ।
बुटवल महानगर बन्ने चरणमा छ
स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिले पदभार सम्हालेको एक वर्ष पूरा भएको छ। बुटवलले देशकै प्रमुख औद्योगिक, पर्यटकीय तथा ऐतिहासिक सहरका रूपमा स्थान बनाएको छ। त्यसैले अन्य स्थानीय तहको भन्दा बुटवल उपमहानगरका आवश्यकता र चुनौती फरक छन्। यसै सन्दर्भमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयसँग गोरखापत्रका भुवन कार्कीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
उमेर उनन्चास वर्ष, पढाइ कक्षा एक
घोराही उपमहानगरपालिका–१८, रझेना निवासी ४९ वर्षीय विमला मानन्धर कक्षा १ मा अध्ययन गर्दै आउनुभएको छ। अन्य विद्यार्थी जस्तै विमला हरेक दिन किताब, कापी झोलामा बोकेर विद्यालय आउने र पढ्ने गर्दै आउनुभएको छ। घरायसी कामसँगै छोरीले पढ्नु हुँदैन भन्ने प्रचलनका कारण सानोमा पढ्न नपाउनुभएकी विमला अहिले भने घोराही उपमहानगरपालिका–१८, रझेनामा रहेको चेतना महिला अनौपचारिक विद्यालयमा गएर अध्ययनरत हुनुहुन्छ। सानैदेखिको पढेर ज्ञान हासिल गर्ने इच्छा पूरा गर्नका लागि अहिले विद्यालय आउने गरेको बताउनुहुन्छ।
पाल्पाको जिप दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुग्यो
जिल्लाको रैनदेवी छहरा –८, सत्यवतीस्थित केवरेडाँडामा बलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । तीन जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाल्पा दुर्घटना : तीन जनाको मृत्यु, १२ घाइते
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीस्थित केवरेडाँडामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।
पुरातात्विक क्षेत्रहरुको उत्खनन गर्न स्थानीय सरकार तयार
लुम्बिनी क्षेत्रको विकासका लागि स्थानीय तह सरकारहरुले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । बृहत लुम्बिनी क्षेत्रमा बुद्धस्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सहकार्य गर्नेगरी भएको छलफलमा सो प्रतिवद्धता जनाएका हुन् ।
विभिन्न बहानामा जातीय विभेद कायमै
बिभिन्न बहानामा जातीय विभेद कायमै रहेको दलित अगुवा तथा राजनीतिक दलका नेताहरुले त्यसको अन्त्य गर्नुपर्ने धारणा राख्नुभएको छ । नेकपा माओवादी केन्द्र पाल्पाका अध्यक्ष राजेन्द्र विकले विभेद निकै आश्चर्य, चिन्ता र अनुसन्धानको विषय रहेको बताउनुभयो ।
पाल्पाको सत्यवतीमा जीप दुर्घटना हुँदा १२ जना घाइते
जिल्लाको रैनादेवी छहरा–८, सत्यवतीमा बलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
'जाऊँ हिँड् रेसुङ्गा' अभियान सुरु
पर्यटकीय क्षेत्र रेसुङ्गाको प्रचारप्रसार गर्नका लागि रेसुङ्गा नगरपालिकाले 'जाउँ हिँड् रेसुङ्गा' अभियानको सुरुवात गरेको छ ।
दुर्घटना रोक्न सडकमै सवारी साधनको परीक्षण
सवारी दुर्घटना कम गर्नका लागि गुल्मीमा सडकमै सवारी साधनको जाँच र चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।
अवैध काठसहित टिप्पर नियन्त्रणमा
कपिलवस्तुको विजयनगर गाउँपालिका –१ सिमरीचापामा अवैध काठसहित टिप्पर पक्राउ परेको छ । सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गणेशपुरको सादा पोसाकमा खटिएका प्रहरी टोलीले टिप्पर नियन्त्रणमा लिएको हो ।
राप्ती नदीमा कृत्रिम उद्धार अभ्यास
वर्षाको मौसम नजिकिँदै गर्दा बाँके जिल्लामा बाढी र डुबान विरुद्ध आवश्यक तयारी तीव्र गतिमा भइरहेको छ ।
गर्मी बढेपछि विद्यालय बन्द
अत्यधिक गर्मी बढेपछि आइतबारदेखि नेपालगञ्ज उपमहानगर र जानकी गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन् ।
प्रादेशिक अस्पताल आर्थिक समस्यामा
लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई लुम्बिनी प्रदेश सरकारले अनुदान उपलब्ध नगराउँदा अस्पताल सञ्चालनमै समस्या देखिएको छ। प्रदेश सरकारले तीन वर्षअघि अनुदान उपलब्ध गराउने आश्वासन दिएर अस्पतालको स्थायी आम्दानीको स्रोतका रूपमा रहेको व्यावसायिक सटर भत्काएपछि अस्पताल सञ्चालनमा समस्या पर्दै आएको छ। प्रदेश सरकारले दुई वर्षसम्म अनुदान उपलब्ध गराए पनि त्यसपछि गत वर्षबाट अनुदान सहयोग नदिएपछि अस्पताल सञ्चालनमा आर्थिक स्रोतको समस्या परेको हो।
कथासङ्ग्रह ‘मयँगाँठो’ विमोचन
बाँकेका वरिष्ठ कथाकार डा इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासङ्ग्रह ‘मयँगाँठो’ को शनिबार नेपालगन्जमा विमोचन गरिएको छ। खजुरा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित गरिएको सो कथासङ्ग्रहको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव तथा वरिष्ठ साहित्यकार सनत रेग्मी, प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल र शशिराम कार्की, वरिष्ठ लेखक तथा साहित्यकार नरेन्द्रजङ्ग पिटर र वरिष्ठ आख्यानकार नयनराज पाण्डेले सामूहिक रूपमा गर्नुभयो।
होराइजन सेमिफाइनलमा
कर्णेल उजिरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा स्याङजाको होराइजन फुटबल क्लब वालिङ विजयी भएको छ । वालिङले २८ बिघा युथ क्लब पूर्व नवलपरासीलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
डा. भण्डारीको कथासङ्ग्रह ‘मयँगाठो’ विमोचन
बाँकेका कथाकार डा. इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासङ्ग्रह ‘मयँगाँठो’ शनिबार नेपालगञ्जमा विमोचन गरिएको छ।
कृषकलाई हंसराज धानको बीउ वितरण
रैथाने बालीको संरक्षणका लागि कृषि ज्ञान केन्द्र गुल्मीले स्थानीय हंसराज धानको बीउ वितरण गरेको छ । ९० प्रतिशत अनुदानमा जिल्लाका कृषकलाई २४ सय ५० केजी हंसराज धानको बीउ वितरण गरेको हो ।
नेपालगञ्जमा सुख्खा बन्दरगाह सञ्चालनमा, व्यवसायी उत्साहित
पश्चिम नेपालको आर्थिक विकासका लागि अत्यधिक महत्त्वपूर्ण मानिएको नेपालगञ्ज सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि यस क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन् ।
कपिलवस्तुका दुई पालिकामा विद्यालय बन्द
अत्यधिक गर्मी बढेसँगै कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । त्यसको प्रत्यक्ष असर सबैभन्दा बढी विद्यालयमा परेको छ ।
नक्कली अनुमति प्रलोभनमा नपर्न प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय गुल्मीले नक्कली कार्य अनुमतिको प्रलोभनमा नपर्न अनुरोध गरेको छ । दक्षिण अफ्रिकामा वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधासहितको पदमा काम लगाइदिने भनी नक्कली कार्य अनुमति (वर्क परमिट) देखाइ विभिन्न प्रलोभनमा पार्ने भन्दै त्यस्तो प्रलोभनमा नपर्न प्रशासन कार्यालय गुल्मीले अनुरोध गरेको हो ।
भैरहवामा अत्यधिक गर्मी, जनजीवन प्रभावित
अत्यधिक गर्मीका कारण रुपन्देहीको जनजीवन प्रभावित बनेको छ । भैरहवा क्षेत्रमा तापक्रम लगातार बढ्दै जाँदा हिँडडुल गर्न समस्या भएको स्थानीयको भनाइ छ । तातो हावा र चर्को घामले घरबाहिर हिँडडुल गर्न समस्या भएको हो ।