तापक्रम ४४ डिग्री पुगेपछि गरियो ‘इन्द्र पूजा’
लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ । देवचुली नगरपालिका –१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिकरुपमा इन्द्रको पूजा गरेका हुन् ।
बुटवल–गोरुसिङ्गे–चनौटा सडक स्तरोन्नति सुरु
नेपाललाई अन्तर्राष्ट्रिय राजमार्गमा जोड्ने गरी सडक स्तरोन्नति सुरु भएको छ। पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आबद्धता अभिवृद्धि (एक्सेस) अन्तर्गत पूर्व पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चनौटा सडकको ६९ किलोमिटर दुई लेन खण्डलाई जलवायु उत्थानशील चार लेनको राजमार्गमा स्तरोन्नति गरिन लागेको हो। विश्व बैङ्कको करिब ३५ अर्ब रुपियाँ (२७ करोड ५० लाख डलर) बराबरको सहयोगमा आयोजनाको सुरुवात भएको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र विश्व बैङ्कका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरले आइतबार एक कार्यव्रmममा आयोजनाको सुरुवात गर्नुभयो।
नेपालगञ्जका सडकमा ‘अत्याधुनिक ट्राफिक लाइट’ राख्ने तयारी
बढ्दो ट्राफिक समस्यालाई ध्यानमा राखेर नेपालगञ्जका पाँच वटा मुख्य चोकमा ‘अत्याधुनिक ट्राफिक लाइट’ जडान कार्य सुरु भएको छ।
घर सार्न र उचाइ बढाउन मिल्ने प्रविधि भित्रियो
नेपालगञ्जमा वर्षाको समयमा सयौँ घरहरू जलमग्न हुनेगरेका छन् । सडकभन्दा कम उचाइमा निर्माण गरिएका घरभित्र बर्सातको समयमा पानी पसेर दुःख दिनेगरेको छ ।
कपास विकास समिति खारेज नगर्न एमालेको माग
नेकपा एमाले बाँकेले हचुवाका भरमा कपास विकास समिति खारेजीको निर्णय गरेको भन्दै सो निर्णय फिर्ता लिन माग गरेको छ ।
खानेपानीबाट धानको बीउ राख्दै किसान
बाँकेमा जेठ अन्त्यसम्म पनि वर्षा नभएपछि किसानले धान रोपाइका लागि आवश्यक बीउ राख्न पाएका छैनन् । सिँचाइ सुविधा नभएको स्थानमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर धानको बीउ राखिएको छ ।
गर्मी छल्ने गन्तव्य बन्दै पौडी पोखरी (फोटो फिचर)
तातो हावा 'लू' र अत्यधिक गर्मीबाट जोगिन अहिले बाँके लगायत छिमेकी भारतीय सहरका सर्वसाधारणको प्रमुख गन्तव्य नेपालगञ्जका पौडी पोखरी बनेका छन् ।
पुल बनेपछि यात्रा सहज
चर्चरे–सराई–आर्यभञ्ज्याङ सडकखण्डको बाँधबारीमा पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । लुम्बिनी प्रदेश सरकार भौतिक तथा पूर्वाधार मन्त्रालयको लगानीमा बाँधबारीमा पक्की पुल बनेपछि यो सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई जुनसुकै बेला यात्रा गर्न सहज भएको हो ।
अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थाले
गत केही दिनयता नेपालगञ्जमा अत्यधिक बढेको गर्मी र नियमित चल्ने तातो हावा 'लू' का कारण बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्।
जलाधार संरक्षण गर्न गुल्मीमा ३८ वटा पोखरी निर्माण
जलाधार संरक्षण र वन्यजन्तुका लागि गुल्मीमा ३८ वटा सुक्खा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीले पछिल्लो तीन वर्षमा जिल्लाका विभिन्न स्थानहरूमा ३८ वटा पोखरी निर्माण गरेको हो ।
बिक्दैनन् फलफूलका बिरुवा
गुल्मीको रेसुङ्गा नगरपालिका –९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उहाँ बिरुवा उत्पादनमा सक्रिय हुनुहुन्छ ।
लम्पी स्किन रोगबाट गुल्मीमा १५० गोईगोरु मरे, पाँच हजार सङ्क्रमित
पछिल्लो समय लम्पि स्किन रोगको सङ्क्रमणका कारण गुल्मीमा १५० गाईगोरु मरेको छ ।
वैभवशाली अखण्ड नेपाल
भारत सरकारले नयाँ निर्मित संसद् भवनमा अखण्ड भारतको नक्सा राखेको छ । यसमा नेपालको लुम्बिनी र कपिलवस्तुलाई पनि समावेश गरिएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कूटनीतिक चातुर्यतासहित ऊर्जालगायतका क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको चर्चासँगै उहाँको भारत भ्रमणको बेलामा यस्तो नक्सा राखिनुले दुई देशबिचका दौत्य सम्बन्धका विविध आयामबारे ऐतिहासिकता र प्रामाणिक तथ्य सार्वजनिक भएका छन् ।
कोहलपुर–नेपालगञ्ज सडकखण्डका अवैध संरचना भत्काउन सुरु
कोहलपुर नगरपालिकाले कोहलपुर–नेपालगञ्ज सडक खण्डअन्तर्गत कोहलपुरको मुख्य बजार क्षेत्रको सडकलाई फराकिलो गर्ने कामलाई तीव्रता दिएको छ ।
पशु वधशाला सञ्चालन गर्न पुनः टेन्डर
बुटवलमा निर्माण सकिएको पशु वधशाला सञ्चालनमा ढिलाइ भएपछि पुनः टेन्डर प्रव्रिmयामा जाने भएको छ। करिब दुई दशकदेखिको निर्माण योजना रहेको वधशाला निर्माण सकिएर पनि सञ्चालनमा आउन नसकेको हो। बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कट्ठा क्षेत्रफलमा बनेको वधशाला प्रयोगविहीन अवस्थामा छ। समयमा सञ्चालनमा नआउँदा नगरपालिकाले पुनः टेन्डरमा लैजाने तयारी गरेको हो।
पार्टीको विचार र सिद्धान्तमा प्रतिबद्ध बनौं : नेता श्रेष्ठ
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले पार्टीको विचार र सिद्धान्तप्रति सबै प्रतिवद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । काँग्रेस प्रशिक्षण शाखा गुल्मीले शनिबार आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै काँग्रेसको लुम्बिनी प्रदेश प्रशिक्षण विभागका प्रमुख समेत रहनुभएका उहाँले पार्टीको विचार, सिद्धान्तको बारेमा सबैलाई जानकारी गराउन जरुरी रहेको बताउनुभयो ।
सन्तभक्त दर्शन मेलाको आय ५८ लाख रुपियाँ
गुल्मीको रेसुङगामा गत वैशाख २३ गतेदेखि ३१ गतेसम्म चलेको विराट सन्तभक्त दर्शन मेलाबाट साढे ५८ लाख रुपियाँ सङ्कलन भएको छ । रेसुङ्गा संरक्षण समिति गुल्मीको आयोजनामा रेसुङगामा नौ दिनसम्म चलेको मेलाबाट सो आम्दानी भएको हो ।
‘खजुराको बृहत् इतिहास’ पुस्तक लोकार्पित
बाँकेको खजुरा गाउँपालिकामा स्थानीय सरकारद्वारा गठन गरिएको खजुरा प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको ‘खजुराको बृहत् इतिहास’ नामक पुस्तकको लोकार्पण गरिएको छ ।
अवैध युरिया मलसहित ट्रक प्रहरी नियन्त्रणमा
प्रहरीले अवैध मलसहित ट्रकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको रम्भा गाउँपालिका –१ हुँगीमा अवैधानिक युरिया मलसहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छ : उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल
भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने नयाँ योजना तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिनुभएको छ ।
निःशुल्क स्वास्थ्य बिमा गरिने
थारू समुदायको जनसङ्ख्या बढी भएका बाँकेको कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाले सिकलसेल एनिमियाका बिरामीको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ। स्वास्थ्य कार्यालय बाँकेले सिकलसेलका बिरामीको खोजी गरेर कार्ड वितरणसँंगै रोगबारे परामर्श दिने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा रगत जाँच र रिपोर्ट सार्वजनिक गर्ने अभियान सञ्चालन गरिरहेको छ।
परम्परा जोगाउन गुरौ सम्मेलन
थारू समुदायको ऐतिहासिक र पुरानो धार्मिक परम्पराका रूपमा रहेको झारफुक गर्ने तथा धामीझाँक्री गर्ने संस्कृति संरक्षण गर्ने उद्देश्यले रुपन्देहीमा गुरौ (लामा) सम्मेलन सम्पन्न भएको छ। थारू समुदायमा झारफुक गर्ने तथा धामीझाँक्री गर्ने गुरुलाई गुरौ भनिन्छ। समय परिवर्तन हुँदै गर्दा गुरौ प्रथा पनि हराउँदै गएको भन्दै संरक्षण गर्न सम्मेलन गरिएको हो। थारू कल्याणकारी सभा
कोहलपुर पूर्ण खोप सुनिश्चितता नगरपालिका
कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
कृषि, उद्योग र पर्यटन पूर्वाधार निर्माण प्राथमिकतामा
लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारासहित कृषि, उद्योग र पर्यटनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।