भाडा नबढाउन घरधनीलाई सङ्घको आग्रह
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र कोहलपुर उद्योग वाणिज्य सङ्घले आर्थिक मन्दीका कारण व्यापार व्यवसाय घट्दैगएको जनाउँदै घरधनीलाई पसल व्यवसायका लागि दिइएको सटर र घरको भाडामा वृद्धि नगर्न आग्रह गरेका छन् ।
बाँकेमा सर्पदंशका घटना बढ्दै
गत केही समययता बाँके जिल्लामा अत्यधिक गर्मीका कारण सर्पदंशका घटनाहरू पनि उल्लेख्य सङ्ख्यामा बढेका छन् । गर्मीका कारण दुलो भित्रका सर्पहरू बाहिर निस्कन थालेकोले सर्वसाधारणलाई टोक्ने घटना बढेकोले यहाँस्थित भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढेका हुन् ।
रक्त सञ्चार सेवा केन्द्र स्थापनाका लागि सम्झौता
बाँकेको खजुरामा रक्त सञ्चार सेवा केन्द्र स्थापनाका लागि त्रिपक्षीय सम्झौता भएको छ । पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पतालको रूपमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि अस्पताल प्रशासन, खजुरा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी बाँकेबीच त्रिपक्षीय समझदारी भएको हो ।
करेन्ट लागेर ३६ वटा सारस क्रेन मरे
विद्युतीय पोलमा प्रवाह हुने करेन्टले लुम्बिनी क्षेत्रमा पाइने विश्वकै दुर्लभ पन्क्षी सारसको अस्तित्व सङ्कटमा पर्न थालेको छ । बृहत् लुम्बिनी क्षेत्रमा विद्युतीय पोलमा करेन्ट लागेर संवेदनशील सारस क्रेनको मृत्यु भइरहेको तथ्य बाहिर आएसँगै अस्तित्व नै सङ्कटमा परेको हो ।
अनुदानमा कृषि सामग्री
बाँकेको कोहलपुर नगरपालिकाभित्रका किसानलाई अत्याधुनिक तरिकाले खेती गरेर उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ । कृषि उत्पादनलाई वृद्धि गर्ने अभियानका साथ किसानलाई कृषिमा आत्मनिर्भर बनाउन कोहलपुर नगरपालिका अन्तर्गत कृषि शाखाको ५० प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरिएको हो । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख सङ्गीता सुवेदी र आर्थिक विकास समितिका संयोजक अनिता बिसीले संयुक्त रूपमा किसानलाई कृषि सामग्री र उपकरण हस्तान्तरण गर्नुभयो ।
गुनासो सुनुवाइमा प्रतिस्पर्धा गरौँ : सञ्चारमन्त्री शर्मा
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणलाई गुनासो सम्बोधन गर्ने काममा प्रतिस्पर्धा गर्न निर्देशन दिनुभएको छ ।
अचेत अवस्थामा फेला परेका मरासिनीको मृत्यु
गुल्मीमा अचेत अवस्थामा फेला परेका ६० वर्षीय झबिन्द्र मरासिनीको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –९ उपल्लो तम्घासका मरासिनी वडा ७ साखिनेडाँडामा अचेत अवस्थामा फेला पर्नुभएको थियो ।
८० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई लौरो,रेडियो र थर्मस
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले ८० वर्ष कटेका ज्येष्ठ नागरिकलाई रेडियो सेट, लौरो र थर्मस वितरण गरेको छ ।
विद्युत आपूर्ति नियमित गर्न माग
विद्युत् आपूर्ति नियमित बनाउन माग गर्दै स्वतन्त्र नागरिक अभियान रुपन्देही सिद्धार्थनगरले ज्ञापनपत्र बुझाएको छ ।
सडक दुर्घटना रोक्न ध्यानाकर्षण
प्युठानको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीमा दर्शन गर्न आउने धर्मावलम्बी पटक पटक दुर्घटनामा पर्न थालेपछि स्थानीयले जिल्ला प्रशासन कार्यालय प्युठानलाई दुर्घटना रोक्न ध्यानाकर्षण गराएका छन् ।
संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह सुरु
नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सुरु भएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा कार्यक्रम सुरु भएको हो ।
बाँकेका चार पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
बाँकेका आठमध्ये चारवटा पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भएका छन् । स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका हुन् ।
अर्काको नाममा परीक्षा दिने दुई पक्राउ
अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजविराज –११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापाल ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र सोही ठाउँ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा ३० वर्षीय नारायण यादव रहेका छन् ।
ट्याक्टर दुर्घटनामा एकको ज्यान गयो
ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
जीर्ण भवनभित्र पठनपाठन
नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा नयाँ भवन निर्माणका लागि श्रोतको खोजीमै लामो समय बितेको छ ।
पुराना नाच संरक्षण गर्न सांस्कृतिक महोत्सव
परम्परागत संस्कृतिसँग सम्बन्धित नाच एवम् गीत जगेर्नाका लागि भूमे गाउँपालिकामा चौथो भूमे वृहत् सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ ।
समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताउनुभएको छ ।
सहरको फोहोर खेतबारीमा
बर्खे खेती गर्ने समय नजिकिँदै गर्दा घोराही उपमहानगरपालिका–१६, बयरबटुवा निवासी किसान हरिराम चौधरीलाई खेत र नालामा अड्किएको फोहोर सङ्कलन गर्नुपर्ने बाध्यता छ। घोराही बजारबाट कुलोमा फालिएको फोहोर बग्दै खेतबारी प्लास्टिक तथा सिसाजन्य फोहोरले भरिने भएकाले खेती गर्नुभन्दा पहिले बर्सेनि किसानलाई खेतमा भएको फोहोर व्यवस्थापन गर्नुपर्ने चुनौती थपिने गरेको हो।
पानीको हाहाकार भएपछि दमकलबाट पानी
दाङको कोइलाबासमा पानीको हाहाकार हुन थालेपछि दमकलबाट पानी पु-याउन थालिएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्र कोइलाबासमा नेपालको तर्फबाट भातीय सुरक्षाकर्मीलाई विद्युत् दिने र भारतीय पक्षले नेपालीलाई पानी उपलब्ध गराउँदै आएको भए पनि पानीको स्रोत सुकेपछि नेपालतर्फ पानीका लागि हाहाकार भएको हो। पानीको अभाव भएपछि गढवा गाउँपालिकाले दमकलबाट पानी पु-याउन थालेको छ। गढवा गाउँपालिकाको वडा नम्बर ८ कोइलाबास पालिकाको केन्द्र गढवाबाट २८ किलोमिटर दुरीमा पर्छ। गत महिनाबाट नियमित रूपमा कोइलाबासमा दमकलबाट पानी पठाउन थालिएको हो।
१२ वर्षपछि दीक्षान्त समारोह आयोजना गर्दै नेपाल संस्कृत विश्वविद्यालय
नेपाल संस्कृत विश्वविद्यालयको स्थापना योगी नरहरिनाथले चिम्टा गाडेर सुरुवात गर्नुभएको थियो । हिउँदमा धुलाम्य र वर्षायाममा हिलाम्मे हुन्थ्यो संस्कृत विश्वविद्यालय परिसर, केही महिनाअघि मात्रै राष्ट्रपति आउँदा विश्वविद्यालयको केन्द्रीय कार्यालयभित्र पुग्ने सडकका खाल्डाखुल्डी सम्म्याउने काम भएको थियो ।
‘लुम्बिनीमा पर्यटक छन्, पर्यटन छैन’
“पसलमा राखिएका हस्तकलाका सामग्रीहरू बिक्री नभएको २० दिन बितेको छ”, लुम्बिनी बसपार्कस्थित सिद्धार्थ ह्यान्डी क्राफ्टसका सञ्चालक विष्णुबहादुर बस्नेतले भन्नुहुन्छ, “वैकल्पिक व्यवसाय पनि छैन, गुजारा चलाउनै गाह्रो छ ।”
कोहलपुरमा बिरुवा संरक्षण अभियान
कोहलपुर नगरलाई सुन्दर र हरियो नगर बनाउने अभियानलाई तीव्र पारिएको नगरपालिकाले जनाएको छ । नगरमा रुख र बोटबिरुवा निकै कम रहेको ठहर गर्दै नगरपालिकाले बिरुवा रोप्ने र रोपिएका बिरुवाको संरक्षण गर्ने कार्यलाई तीव्र पारेको हो ।
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्यौलता देखिएको छ ।
गुल्मीको रेसुङ्गाबाट हप्तामा दुई उडान हुने
गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्ताको दुई दिन उडान हुने भएको छ । विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले मात्रै हप्तामा एक दिन शुक्रबार उडान गर्दै आएको थियो ।