गुल्मीबाट पुरानै नेताको नाम सिफारिस
गुल्मीमा निर्वाचन लड्नका लागि पुरानै उम्मेदवारलाई राजनीतिक दलले सिफारिस गरेका छन्। मङ्सिर ४ गते सङघीय र प्रदेशका लागि हुने निर्वाचनमा राजनीतिक पार्टीले उम्मेदवारको नाम सिफारिस गरेका हुन्।
स्वास्थ्य परीक्षणका लागि घर–घरमा स्वास्थ्यकर्मी
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाभित्र रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घर–घरमा स्वास्थ्यकर्मी पुगेका छन् । देवचुली नगरपालिकाभित्र रहेका करिब तीन हजार तीन सय जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि यतिबेला स्वास्थ्यकर्मीहरु घरमै पुगेका छन् । नगरपालिकाले देवचुलीका १७ वटै वडाहरुमा ज्येष्ठ नागरिकहरुलाई घरमै पुगी स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परीक्षण र औषधि उपचार गरिरहेका छन् ।
पाल्पामा रातो च्याउकाे व्यावसायिक उत्पादन
पाल्पामा पहिलो पटक रातो च्याउ (गानोडोर्मा) को व्यवसायिक उत्पादन तथा विक्री सुरु भएको छ । भैरव च्याउ उद्योग प्रालिले रातो च्याउको उत्पादन गरी विक्री सुरु गरेको हो । पाल्पाका २० जना युवा मिलेर पहिलो पटक गानोडोर्माको व्यावसायिक उत्पादन सुरु गरेको प्रालिका अध्यक्ष केशव कार्कीले बताउनुभयो ।
जोखिमपूर्ण व्यवसायमा भैँसीपालक किसान
राप्ती नदीको बगरमा घाँस भएकाले किसानहरु झोलुङ्गे पुल तरेर त्यहाँ पुग्छन् तर भैँसी झोलुङ्गे नदीमा डुबुल्की मार्दै पुग्छन् । दाङको लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर, कश्यपुर, खैरी, ढिकपुरको हो ।
एमाले बाँकेद्वारा प्रतिनिधिसभाका तीन वटै क्षेत्रमा नाम सिफारिस
नेकपा (एमाले) बाँकेले जिल्लाका तीन वटै सङ्घीय निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
तानसेनमा करेन्ट लागेर एकजनाकाे मृत्यु
तानसेन नगरपालिका ४ सिल्खानटोलमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । खोटाङ जन्तेढुङगा गाउपालिका ३ घर भएका ३४ वर्षका महेश राईको घर बनाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु
गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोक निवासी ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिनुभयो ।
समुदायस्तरमा फैलिँदै डेङ्गु
लुम्बिनी प्रदेशको तराईका जिल्लामा समुदायस्तरमै डेङ्गु फैलिँदै गएको छ। केही दिनअघिसम्म दाङको घोराही क्षेत्रमा देखिएको डेङ्गुको सङ्क्रमण पछिल्लो समय तुलसीपुर र लमही क्षेत्रमा पनि देखिन सुरु गरेको छ। घोराही समाचारदाता लीलाधर वलीका अनुसार दाङमा सबैभन्दा बढी डेङ्गुका सङ्क्रमित घोराही क्षेत्रमा पाइएका छन्। यो क्षेत्रमा भदौ १६ गतेसम्म करिब डेढ सय जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। घोराही उपमहानगरपालिकाअन्तर्गतका अस्पतालहरूमा परीक्षणको क्रममा १४८ जनामा डेङ्गु सङ्क्रमण देखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनुभएको छ। “पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने डेङ्गुको जोखिममा घोराही रहेको छ,” शाखा प्रमुख घर्तीले भन्नुभयो, “त्यही भएकाले स्वास्थ्य सचेतनासँगै बिरामीलाई जथाभावी रूपमा औषधि प्रयोग नगर्नसमेत आग्रह गरेका छौँ।”
यातनाले गुम्यो मानसिक सन्तुलन
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र बुद्धिलाल हरिजनले शिक्षकको निर्घात कुटाइबाट मानसिक सन्तुलन गुमाउनुभएको छ। शिक्षकको बारम्बारको कुटाइबाट विद्यालय छोड्न बाध्य पारिएका हरिजनमा विद्यालय छाडेको एक वर्षपछि मानसिक असन्तुलनको समस्या देखिएको बुवा नर्मदे चमारले बताउनुभयो। बुवा नर्मदेका अनुसार छोरा बुद्धिलाल कक्षा १० मा पढ्दै गर्दा विद्यालयका प्रधानाध्यापक शशिभूषण पाण्डेद्वारा एक वर्षअघि निर्घात कुटिएका थिए। सो पिटाइबाट विद्यालय छोडेका बालकमा यति बेला मानसिक समस्या देखिएको दाबी उहाँको छ।
सीमामा कडाइ गर्न व्यवसायीको माग
सीमावर्ती भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्रिने सामानमा रोक लगाउन व्यवसायीले माग गरेका छन् । सीमाबाट निर्बाध रूपमा नेपाल भित्रिने सामानका कारण आफ्नो व्यापार व्यवसाय ठप्प भएको भन्दै व्यवसायीले सीमामा कडाइ गर्न माग गरेका हुन् । बर्दियाको सीमासँग जोडिएका सीमावर्ती भारतीय बजार लौकाही, चित्लहवा, बठनिया, तिकुनिया र बलैमा दैनिक उपभोग्य सामग्री खरिद गर्न नेपाली उपभोक्ता जाने र निर्बाध रूपमा सामान ल्याउने गरेका कारण नेपाली बजार सुक्दै गएको व्यवसायीको गुनासो छ ।
नेता थापाको नाम प्युठानबाट सिफारिस
मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटव्यूरो सदस्य सूर्य थापाको एकल नाम सिफारिस भएको छ । एमाले जिल्ला कमिटीको आज बसेको बैठकले जिल्ला इन्चार्ज समेत रहनुभएका थापाको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
गुल्मीमा कांग्रेसबाट ५६ जनाको नाम सिफारिस
गुल्मीमा नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ ५६ जनाको नाम सिफारिस गरेको हो ।
पूर्वाधार मन्त्री राईद्वारा एकै दिन बाँकेमा चार पुलको शिलान्यास
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बाँकेमा एकै दिन चारवटा पक्की पुल निर्माणको शिलान्यास गर्नु भएको छ । मन्त्री राईले सोमबार बाँकेको डुडुवा गाउँपालिकाको डुडुवा नदीमा चार वटा स्थानमा पक्की पुल निर्माणका लागि शिलान्यास गर्नुभएको हो ।
गुल्मीमा नेकपा एस र नेकपा एमालेबीच पार्टी एकता
गुल्मीमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (एमाले) बीच पार्टी एकता भएको छ । सोमबार नेकपा एमालेको पार्टी कार्यालयमा पार्टी एकताको घोषण भएको हो ।
बुटवल–लुम्बिनी प्रसारण लाइन तथा सब स्टेसनको उद्घाटन
रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ ।
कुनै पार्टीसँग देशभर गठबन्धन हुँदैन : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुनै पनि पार्टीसँग देशभर गठबन्धन नहुने बताउनुभएको छ ।
जापानी नागरिक काकिमीले चौरासी पूजा गर्ने
तीन दशकदेखि जिल्लाको विकास निर्माण तथा सामाजिक कार्यमा सक्रिय रहनुभएका जापानी नागरिक काजुमासा काकिमी ‘ओके बाज’ले चौरासी पूजा आफ्नो कर्मथलो पाल्पामै गर्ने हुनुभएको छ ।
रुकुम पूर्वमा उम्मेदवार सिफारिस गर्न दलहरूलाई समस्या
दलहरूलाई आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिस गर्ने गृहकार्यको चटारो लागेको छ ।
विश्वविद्यालयको कार्यालय उद्घाटन
लुम्बिनी प्रदेश सरकारको महत्त्वपूर्ण आयोजनामध्ये एक लुम्बिनी प्राविधिक विश्वविद्यालयको बाँकेमा उद्घाटन गरिएको छ। विश्वविद्यालय उद्घाटन गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीले दक्ष जनशक्ति उत्पादन नगरेसम्म देशबाट बेरोजगारी र विदेश पलायन रोक्न नसकिने बताउनुभएको छ। उहाँले भन्नुभयो, “नेपाली युवालाई देश निर्माणमा सहभागी गराउन तिनलाई दक्ष बनाउनु आवश्यक छ।” बाँकेमा बन्ने विश्वविद्यालयले पश्चिम नेपालका तीन प्रदेशका मात्रै नभई देशभरिकै युवालाई दक्ष बनाउने उहाँले बताउनुभयो। उहाँले संसारले हेर्न र अनुसन्धान गर्न आउने गरी विश्वविद्यालय निर्माण गरिने तथा यसले नेपाली युवाको विदेश पलायन रोक्ने बताउनुभयो।
गुल्मी–पर्वत जोड्ने पुल अलपत्र
गुल्मी र पर्वत जोड्ने पक्की पुल निर्माणको कार्य लामो समयदेखि अलपत्र परेको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका, पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको पक्की पुल लामो समयदेखि अलपत्र परेको हो। तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौँबीच २०७३ साल भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपियाँ ११ पैसामा निर्माण सम्झौता भएको थियो। निर्माण व्यवसायीले २०७६ साल चैत ३० गते कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो। अहिले सो सम्झौता भएको कार्यालय नै खारेज भएको छ भने तत्कालीन समयमा सो कार्यालयसँग सम्झौता भएका योजनाहरू हेर्ने जिम्मा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास, गुल्मीले पाएको छ।
ठाकुर गैरे पाल्पा दुईकाे लागि एमालेबाट सिफारिस
विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र नं २ बाट एकल उम्मेदवारमा सिफारिस हुनुभएको छ । एमालेले गैरेलाई मङसिर ४ गते हुने प्रतिनिधि सभाका लागि उम्मेदवार बनाएको हो ।
डायलासिस सेवा बन्द गरेपछि बिरामीको बिजोग
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डायलाइसिस सेवा बन्द गरेपछि डायलाइसिस गराउने विरामीको बिजोग भएको छ । गत शुक्रबारबाट अस्पतालले डायलाइसिस सेवा बन्द गरेपछि उपचारका लागि आएका विरामीहरु अलपत्र परेका छन् ।
गृहमन्त्री खाणकाे नाम रुपन्देहीका दुईवटा क्षेत्रबाट सिफारिस
नेपाली कांग्रेसका प्रभावशाली नेता एवं गृहमन्त्री बालकृष्ण खाण रुपन्देहीका दुईवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस हुनु भएको छ।
रुपन्देही २ बाट एमाले उपाध्यक्ष पौडेलको नाम सिफारिस
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस हुनुभएको छ ।