आस्थाको केन्द्र बन्दै कपिलवस्तुको ‘जहदी रक्षाबाबा’
कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदीस्थित रक्षाबाबा अस्थाको केन्द्र बन्दै गएको छ। यस क्षेत्रमा बसोबास गर्ने मानव तथा पशुपन्छीको रक्षा गर्ने देवता भएकोले यसलाई रक्षाबाबा नामकरण गरिएको स्थानीयको भनाइ छ।
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम शुक्रबार
नवगठित लुम्बिनी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम जेठ २६ गते शुक्रबार ल्याउने जनाएको छ । शुक्रबार दिउँसो साढे ११ बजेका लागि बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी भएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।
भारतीय राजदूतावासले छात्रावास निर्माणमा सहयोग गर्ने
नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा छात्रावास निर्माणका लागि भारतीय राजदूतावासले तीन करोड ५० लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
स्रोत नखुलेको भारतीय रुपियाँ बरामद
कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रुपियाँसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले दुई नम्बर यात्रु गेटबाट नेपाल आउँदैगरेको व्यक्तिबाट ४ लाख १७ हजार भारु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो ।
गर्मीबाट बालबालिका बिरामी पर्न थाले
नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् ।
कोहलपुरका सडक विस्तार कार्य सुरु
बाँके जिल्लाको दोस्रो ठुलो सहर कोहलपुर नगर योजना भित्रका सडकहरू स्तरोन्नति गर्ने कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका अधिकांश स्थानमा नाला निर्माण गर्ने कार्य सम्पन्न भइसकेकोले सडक निर्माणलाई अगाडी बढाइएको हो ।
अत्यधिक गर्मीले जनजीवन कष्टकर
तराई क्षेत्रमा अत्यधिक गर्मी बढेपछि जनजीवन कष्टकर बनेको छ। लुम्बिनी प्रदेशका बाँके, रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ र बर्दियामा गर्मीले जनजीवन प्रभावित भएको छ। अन्तर्राष्ट्रिय जगत्मा विश्वसनीय मानिने एक्यु वेदर नामक वेबसाइटका अनुसार लुम्बिनी प्रदेशमा बाँके जिल्लाको तामव्रmम सबैभन्दा बढी दैनिक ४१ देखि ४४ डिग्री सेन्टिग्रेडसम्म पुग्ने गरेको छ भने रुपन्देहीको भैरहवामा पनि ४० देखि ४३ डिग्रीसम्म तापक्रम पुग्ने गरेको छ। जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान शाखाले पनि अझै केही दिन तराईमा गर्मी नघट्ने जनाएको छ। तराईका जिल्लामा गर्मी बढेसँगै जनजीवन कष्टकर बन्ने गरेको छ। अत्यधिक गर्मीका कारण तातो हावा (लु) चलेर मानिसह बिरामी पर्ने गरेका छन्।
‘महिलालाई अझै नेतृत्वमा स्वीकार गर्न सकिएको छैन’
महिलाको सहभागिता स्वीकार गरिए पनि नेतृत्व स्वीकार्न अझै नसकिएको महिला अगुवाहरुको गुनासो छ । महिला जनप्रतिनिधिहरुको समाचारले पनि सञ्चारमाधयममा स्थान नपाएको उहाँहरुको भनाइ छ ।
बजार नपाएपछि तरकारी खेतीमा गाईवस्तु चराउँदै किसान
तुलसीपुर उपमहानगरपालिका –११ मोतीपुरका किसानले लगाएको बन्दागोभी बिक्री नभएपछि गाईवस्तु चराउन थालेका छन् । वडा नम्बर ११ मोतीपुरका किसानले करिब सात बिघा क्षेत्रफलमा बन्दगोभीको खेती गरेका छन् । बन्दागोभी बिक्री नभएपछि किसानले गाईवस्तु चराउन थालेका हुन् ।
मिडिया फेस्टिभलको तयारी सकियो
रुपन्देहीको देवदहमा पहिलो पटक ‘मिडिया फेस्टिभल’ हुने भएको छ । बुधबार (जेठ २४ गते) भोलिदेखि २६ गतेसम्म देवदह प्रेस क्लबले पहिलो पटक मिडिया फेस्टिभल गर्न लागेको हो ।
शिक्षक रेग्मीको शङ्कास्पद मृत्यु
शिक्षण पेसामा आबद्ध नेपालगञ्ज उपमहानगरपालिका –१८ का रवीन्द्र रेग्मीको मृत्यु भएको छ । सोमबार दिउँसो करिब २.३० बजेतिर बैठकमा जानु छ भन्दै घरबाट निस्किनुभएका रेग्मीको मङ्गलबार बिहान राप्ती–सोनारी गाउँपालिकाको ढिकेरीस्थित जङ्गलमा जलेको अवस्थामा शव फेला परेको हो ।
कोहलपुर नपालाई सिकलसेलका लागि ७० लाख बजेट
अगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारले कोहलपुरका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ ।
शाइन सहकारीका सञ्चालक सम्पर्कविहीन
बुटवलस्थित शाइन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक सम्पर्कविहीन भएका छन् । सहकारीका अध्यक्ष प्रकाश खनालले बचतकर्तालाई रकम फिर्ता नगरी सम्पर्कविहीन भएका हुन् ।
लुम्बिनी र कपिलवस्तु अखण्ड भारतको नक्सामा समेटिनु आपत्तिजनक
छिमेकी मुलुक भारतको हालै नयाँ संसद्को उद्घाटन भयो । संसद् भवनमा अखण्ड भारतको नक्सा राखिएको छ । नेपालको कपिलवस्तु र लुम्बिनीसमेत समेटिएको सो नक्सा यतिबेला विवादित छ । अखण्ड भारत नामक सो नक्सामा राखिएको नेपाली भूगोलको सही पहिचान गरेर यसको कूटनीतिक पहल लिनुपर्ने विज्ञहरू बताउँछन् ।
लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए
पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् ।
लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए
पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् ।
आइसिपी निर्माण हुने आशाले निजी क्षेत्र उत्साहित
प्रधानमन्त्रीको भारत भ्रमणपछि अब नेपाल–भारत सीमा क्षेत्र बेलहिया–सुनौली नाकामा एकीकृत जाँच चौकी (आइसिपी) निर्माण हुने आशा पलाएको छ । निजी क्षेत्रले अब भने आइसिपी निर्माणको आशा पलाएको भन्दै कामले गति लिने अपेक्षा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा आइसिपी उद्घाटन भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री दाहालले आइसिपी संयुक्त रूपमा उद्घाटन गरेकाले लामो समय अन्योलमा रहेको आइसिपी निर्माणले गति लिने अपेक्षा निजी क्षेत्रमा छ ।
व्यवसायीको रोजाइमा नेपाली प्लाइउड
बाँकेको जानकी गाउँपालिका –३ इन्द्रपुरमा रहेको मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियालाई एक वर्ष अघिसम्म उत्पादित प्लाइउड विक्री नभएर दैनिक हैरानी थियो ।
गर्मी बढेपछि नेपालगन्जका विद्यालयमा बिदा लम्बियो
गर्मी झन् बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका विद्यालयमा दिएको विदा तीन दिन थप गरेको छ । यसअघि जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी विदा दिइएकोमा जेठ २६ गते शुक्रबारसम्म विदा थपिएको उपमहानगरको शिक्षा महाशाखाले जनाएको हो ।
चारमौजा सिँचाई बाँध भत्किँदा सास्ती
कपिलवस्तुको बाणगङ्गा नदीको चारमौजा सिँचाई कुलोको बाँध भत्किँदा कृषकहरूले सास्ती खेप्नु परेको छ । बाणगङ्गा नदीको खुटेनीमा रहेको बाँध भत्किएपछि सिँचाइको समस्या भएको हो ।
एमाले नगर कमिटी सचिवसहितद्वारा सामूहिक राजीनामा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीका सचिव नारायणप्रसाद भण्डारीसहित ७४ जनाले सामूहिक राजीनामा दिएका छन् । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
सारसले सुरम्य जगदीशपुर जलाशय (फोटो फिचर)
जेठ महिनाको प्रचण्ड घाम । कपिलवस्तुको जगदीशपुर जलाशयमा पानीको सतह कम हुँदै गएको छ ।
संरक्षणमा अब्बल छन् स्थानीय सामुदायिक वन
जिल्लामा बर्सेनि हजारौँ बिरुवा रोपिए पनि संरक्षण भएको देखिँदैन । डिभिजन वन कार्यालयसँग वार्षिक रूपमा वितरण गरिएको बिरुवाको तथ्याङ्क छ ।
छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी
कोहलपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधारण सभाले गठन गरेको संस्थाको आर्थिक हिसाब छानबिन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गदै खानेपानी संस्थाको प्रशासनिक भवनमा तालाबन्दी गरिएको छ ।