• १३ वैशाख २०८१, बिहिबार

‘महिलालाई अझै नेतृत्वमा स्वीकार गर्न सकिएको छैन’

blog

सञ्चारिका समुह रुपन्देहीले आयोजना गरेको कार्यक्रमका सहभागीहरु । तस्विर : भुवन कार्की

भुवन कार्की 

रुपन्देही, जेठ २३ गते । महिलाको सहभागिता स्वीकार गरिए पनि नेतृत्व स्वीकार्न अझै नसकिएको महिला अगुवाहरुको गुनासो छ । महिला जनप्रतिनिधिहरुको समाचारले पनि सञ्चारमाधयममा स्थान नपाएको उहाँहरुको भनाइ छ ।

मंगलबार बुटवलमा सञ्चारिका समुहले आयोजना गरेको स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष अन्तरसम्वाद कार्यक्रममा महिला अगुवाहरुले सो गुनासो गर्नुभयो । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले समाजमा रहेको पितृसत्तात्मक सोचका कारण काम गर्न असहज भएको बताउनुभयो । उपप्रमुखको जिम्मेवारी धेरै हुनेगरेको भन्दै सञ्चारमाध्यममा आफ्ना कामहरुले प्राथमिकता नपाएको उहाँको भनाइ छ ।  

तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले तिलोत्तमा नगरपालिकालाई लैङ्गिकमैत्री नगर बनाउन आफुहरु लागिपरेको बताउनुभयो । त्यसमा मिडियासहित सबैको सकारात्मक सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । 

देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले भौतिक विकासले मात्र लक्ष्य पूरा हुन नसक्ने भन्दै सबै महिलालाई आयआर्जनका लागि जोड्ने काम आफुले प्राथमिकतामा राखेको बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले उपप्रमुखले गरेको कामको प्रचार हुन नसकेको भन्दै राम्रा समाचार सम्प्रेषण गर्न र गर्नुपर्ने कामबारे सुझाव दिन आग्रह गर्नुभयो । गैडहवा गाउँपालिकाका उपप्रमुख माधुरी जैयसवालले सञ्चारकर्मी महिलालाई सहयोग गर्ने प्रतिबद्धतासँगै समाज परिवर्तन गर्न महिलाको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।