फाउण्डेशनमै अल्झिएर पुलको म्याद सकियो
बाँकेको जानकी गाउँपालिका –४ छत्रपुर र खजुरा गाउँपालिका –४ चल्तुवास्थित किरण नालामा निर्माणाधीन पक्की पुल असार २५ गतेसम्म सम्पन्न हुनेगरी निर्माण सम्झौता भए पनि निर्माण कार्य फाउण्डेशनमै अल्झेको छ ।
ट्राउट माछा पालनतर्फ कृषकको आकर्षण
गुल्मीको पूर्वी भागमा पर्ने कालीगण्डकी गाउँपालिकाका कृषकहरूमा अहिले रेन्बो ट्राउट माछा पालनतर्फ आकर्षण बढेको छ । कालीगण्डकी गाउँपालिका –५ मा रहेको लुङ्गखोलाको सदुपयोग गर्दै त्यहाँका स्थानीयले ट्राउट माछा पालन सुरु गरेका छन् ।
एभरेष्ट बैङ्कद्वारा दलदले नवलपरासीमा १२६औँ शाखा उद्घाटन
एभरेष्ट बैङ्क लिमिटेडले नवलपरासीको दलदलेमा १२६औँ शाखा सञ्चालनमा ल्याएको छ । देशका विभिन्न गाउँ तथा सहरमा रहेका ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ आज (सोमबार) दलदलेमा बैङ्कले आफ्नो १२६ औँ शाखा उद्घाटन गरेको हो ।
सिकलसेल नियन्त्रण गर्न विशेष अस्पताल निर्माणको पहलकदमी लिने मन्त्री मोदीको प्रतिबद्धता
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले सिकलसेल एनिमियाको न्यूनीकरण तथा नियन्त्रण र विशेष अस्पताल निर्माणका लागि पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
रामपुर अस्पताललाई डायलासिस मेसिन प्रदान
पाल्पाको रामपुर अस्पताललाई पाँच वटा डाइलासिस मेसिन हस्तान्तरण गरिएको छ । नेपाल सरकार स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा टेकुले रामपुर अस्पताललाई मागको आधारमा पाँच वटा डाइलासिस मेसिन र एक सेट आरओ प्लाण्ट उपलब्ध गराएको हो ।
गर्मी बढेसँगै खानेपानीको हाहाकार
हरेक वर्ष अत्यधिक गर्मीको बेला नेपालगञ्ज लगायत वरिपरिका क्षेत्रमा खानेपानीको चरम समस्या हुने गर्छ । यो वर्ष पनि अत्यधिक गर्मी र खडेरीका कारण नेपालगञ्ज र सो वरिपरिका क्षेत्रमा लगाइएका हाते नलको पानी सुकेपछि स्थानीयलाई खानेपानीको समस्या भएको छ ।
कोहलपुर नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी
अनेरास्ववियू (क्रान्तिकारी) ले बाँकेको कोहलपुर नगरपालिकाको नगर शिक्षा शाखामा सोमबार अनिश्चितकालीन तालाबन्दी गरेको छ । आफ्ना मागहरू पुरा नभएको भन्दै कोहलपुर नगरपालिका नगर शिक्षा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।
हावाहुरीले केरा खेतीमा दुई लाख बढीको क्षति
दाङमा हावाले केराका बोटहरू ढलाउँदा करिब दुई लाख बढीको क्षति भएको छ । दाङको गढवा गाउँपालिका वडा नं. ३ खैरेनीमा हावाहुरीका कारण तीन दिनको अवधिमा डेढ सय बढी केराका बोट ढल्दा दुई लाख बढीको क्षति भएको हो ।
महिला जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम
गुल्मीको एक स्थानीय तहले आफ्ना महिला जनप्रतिनिधिलाई उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम दिएको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिकाले आफ्ना महिला जनप्रतिनिधिलाई तीन दिनसम्म सो तालिम दिने भएको हो ।
हरित सहरका रूपमा विकास गर्छौं
दाङको घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले देशकै ठुलो उपमहानगरपालिका हो। चुरे र महाभारत पर्वतले घेरेको एसियाकै दोस्रो ठुलो उपत्यका दाङमा रहेको घोराही उपमहानगरपालिका कुल ५२२.२१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। १९ वडामा फैलिएको घोराही उपमहानगरपालिका साबिकको राप्तीको प्रमुख केन्द्रका रूपमा रहेको छ। कृषि, शिक्षा, स्वास्थ्यसँगै पयर्टनका दृष्टिले अत्यन्त सम्भावना बोकेको घोराहीको विकास गर्दै कृषिमा आत्मनिर्भर, सफा, स्वच्छ र हरित सहरका रूपमा अघि बढाउनका लागि नगर प्रमुख नरुलाल चौधरी प्रयासरत हुनुहुन्छ। यसै सन्दर्भमा नगर प्रमुख चौधरीसँग गोरखापत्र दैनिकका घोराही समाचारदाता लीलाधर व
थारू समुदायका महिलाले गरे ‘गोरु बेराई’
लामो समयदेखि पानी नपरेपछि रुपन्देहीका थारू समुदायका महिलाले भगवान् इन्द्रदेवसंँग पानीको बिन्ती गर्दै ‘गोरु बेराई’ गरेका छन्। महिलाले रातिको समयमा गोरु बनेर उल्टो हलो जोत्ने, भगवान् इन्द्रदेवलाई खुसी पार्न पानी माग्दा गाउने बिरहिनी गीत गाएर पानीको माग गरेका छन्। थारू भाषाका कवि बमबहादुर चौधरीले रुपन्देहीका विभिन्न पालिकामा थारू समुदायका महिलाले रातिमा बिरहिनी गीत गाउँदै उल्टो हलो जोतेर भगवान् इन्द्रदेवसँग पानीको माग गरेको बताउनुभयो।
गुल्मीमा ७०१ परिवार शौचालयविहीन
खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको जिल्लामा अझै पनि ७०१ घरपरिवार शौचालयविहीन भएका छन् ।
कुखुरा र हाँसपालनलाई गाउँपालिकाको प्रोत्साहन
कपिलवस्तुको विजयनगर गाउँपालिकाले पन्छीपालक कृषकलाई प्रोत्साहन गरेको छ । पालिकाले नवप्रवर्तन साझेदारी कोषमार्फत कृषकलाई चल्ला, दाना र भाँडा वितरण गरिएको छ ।
स्थानीयद्वारा प्राधिकरणको बितरण केन्द्र घेराउ
४२ डिग्री तापक्रमबाट गुज्रिरहेको नेपालगञ्जमा बिद्युत अनियमित हुँदा स्थानीयहरु मर्कामा परेकोभन्दै विद्युत नियमित गर्न माग गर्दै कार्यालय घेराउ गरेका छन् । अनियमित बिद्युत सेवाबिरुद्ध नागरिकले आइतबार नेपाल बिद्युत प्राधिकरणको नेपालगञ्ज बितरण केन्द्र घेराउ गरेका हुन् ।
नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी
नेपालगञ्जमा तापक्रम बढेर करिब ४३ डिग्री पुगेको छ । तापक्रम बढेर ‘लु’ चल्ने क्रम बढ्दै गएपछि बाँकेको जनजीवन अस्तव्यस्त बनेको छ ।
गोरखापत्रकर्मी खानसहित चार जना सम्मानित
नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घ बाँकेले गोरखापत्रका नेपालगञ्ज समाचारदाता सिराज खानसहित चार जनालाई सम्मान गरेको छ।
सुक्खा लागेपछि कपिलवस्तुमा पानीकाे हाहाकार
‘चापाकलमा पानी आउन छाडेको दुई साता भयो । खानेपानी वितरणको धारा केहीबेर मात्र आउँछ । भुइँतलासम्म पानी आउँछ । करिव आधा घण्टामै बन्द हुन्छ । केही वर्ष भयो सुक्खायाममा यस्तै हुन्छ ।’ कपिलवस्तु बुद्धभूमि –२ गोरुसिङ्गेका सुरज न्यौपानेले दुखेसो पोख्नुभयो ।
गुल्मीमा कफी खेतीबारे छलफल
गुल्मीमा कफी खेतीसम्बन्धी समस्या र उत्पादन बढाउने उद्देश्यले कृषकसँग छलफल गरिएको छ ।
बाँकेमा डिएपी मल अभाव
बाँकेका किसानहरुले रोपाइँका लागि वर्षात्को प्रतीक्षा गरिरहँदा डिएपी मलको अभाव देखिएको छ ।
विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित
पाल्पाको सदरमुकाम तानसेनसहित अधिकांश पालिकामा सामुदायिक विद्यालयहरू बन्द भएका छन् ।
अवैध ढुङ्गा निकासी गर्ने सवारी प्रहरी नियन्त्रणमा
अवैध रुपमा ढुङ्गा निकासी गर्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, चर्चरेस्थित भित्री सडकबाट अवैध रुपमा ढुङ्गा निकासी गर्ने तीन वटा ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कालीगण्डकीमा बेपत्ता किशोरीको शव फेला
कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएकी किशोरीको शव फेला परेको छ ।
लागु भयो स्थानीय पाठ्यक्रम
यहाँको मालिका गाउँपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरेको छ। पालिकाले एक कार्यक्रमका बिच हाम्रो मालिका नामक स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक वितरण तथा लेखक सम्मान कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो। गाउँपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा स्थानीय वेशभूषा, स्थानीय उत्पादन, धर्म संस्कृति, जातजाति अनुसारको भाषाभाषी, जडीबुटी, पर्यटकीय स्थल, स्थानीय ज्ञान सिपसँगै जीविकोपार्जन र दैनिक जीवनमा प्रयोगमा आइरहने तमसुक, भर्पाई लेखन जस्ता विषयवस्तुलाई समेटिएर पाठ्यक्रमको मस्यौदा तयार गरिएको मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिनुभयो।
अपराध नियन्त्रणका लागि साइबर सुरक्षालाई बलियो बनाउनुपर्ने
नेपालमा सञ्चार तथा प्रविधिको विकास भए पनि त्यसबाट हुने अपराधलाई नियन्त्रणका लागि कानुनी जटिलता रहेको एक कार्यक्रममा बताइएको छ। सूचना तथा सञ्चार प्रविधि नीति–२०७२ विद्युतीय कारोबार ऐन, २०६३ र विद्युतीय कारोबार नियमावली २०६४ भए पनि बढ्दो सूचना प्रविधिको दुरुपयोगलाई रोक्नका लागि प्राप्त कानुनी व्यवस्था नभएको कार्यक्रमका सहभागीले बताउनुभएको छ।