• १३ साउन २०८१, आइतबार

कुखुरा र हाँसपालनलाई गाउँपालिकाको प्रोत्साहन

blog

विपन्न समुदायलाई उद्यमी बनाउन पन्छी पालन सामग्री सहयोग गरिदै । तस्बिर : जानु पाण्डे

जानु पाण्डे 

कपिलवस्तु, असार ३ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकाले पन्छीपालक कृषकलाई प्रोत्साहन गरेको छ । पालिकाले नवप्रवर्तन साझेदारी कोषमार्फत कृषकलाई चल्ला, दाना र भाँडा वितरण गरिएको छ । 

ग्रामीण भेगका उद्यमको विकास गर्न ५० जना लाभान्वित हुनेगरी सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरले बताउनुभयो । थापाले भन्नुभयो, ‘ग्रामीण क्षेत्रमा विपन्न समुदायको बाहुल्यता रहेको छ । धेरैजसो श्रमिक रहेका छन् । ती समुदायमा उद्यमको विकासगरी आर्थिक अवस्थालाई उकास्ने पालिकाको नीति छ ।’

नवप्रर्तन साझेदारी कोषमार्फत समूहका सदस्यलाई व्यावसायिक रुपमा अगाडि सार्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनुभयो । नवप्रवर्तन कार्यक्रम संयोजक कमला शुक्लाले लोकल कुखुरा तथा हाँसपालनका लागि तालिम लिएका सदस्य कृषकलाई चल्ला, दाना र भाँडा वितरण गरिएको जानकारी दिनुभयो । पहिलो चरणमा ६ लाख ५० हजार रुपियाँ लगानी भएको बताइएको छ ।