• ९ मंसिर २०८१, आइतबार

शिक्षकहरूद्वारा तानसेनमा प्रदर्शन

blog

प्रदर्शनमा सहभागी भएका शिक्षकहरु । तस्बिर : विन्दु थापा

बिन्दु थापा 

तानसेन, जेठ २६ गते । पाल्पा जिल्लाभरका शिक्षकहरूले तानसेनमा विभिन्न माग राखी प्रदर्शन गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय समिति पाल्पाको आयोजनामा जिल्ला शिक्षा कार्यालयमा विरोध प्रदर्शन गरेका हुन् । 

कार्यक्रममा सहभागी हुन जिल्लाभरका पाँचसय बढी शिक्षक तानसेन आएका छन् । नेपाल शिक्षक सङ्घ पाल्पाका अध्यक्ष कृष्ण थापाले सरकारले शिक्षकका पेसागत संस्थासँग दुई वर्षअघि गरेको १२ बुँदे सम्झौता कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रनुपरेको बताउनुभयो । 

अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने, उमेरहदका आधारमा अस्थायी शिक्षकलाई स्वतः स्थायी शिक्षकसरह उपदानको व्यवस्था गर्नुपर्ने, शिक्षक सेवा आयोग खुला गर्नुपर्ने, विद्यालयमा कर्मचारीको व्यवस्था कायम गर्नुपर्ने माग राखेका छन् । 

नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय समिति पाल्पाका सचिव युवराज पौडेलले शिक्षक सेवा आयोगलाई संवैधानिक बनाउनुपर्ने बताउनुभयो । दुई वर्षअघि नै सम्झौता भए पनि कार्यान्वयन नभएको उहाँको भनाइ छ । माग पूरा नभए काठमाडौं केन्द्रित कार्यक्रम तय गर्ने शिक्षकहरूको भनाइ छ ।