वासिङ्टन, वैशाख १३ गते । इरानसँगको युद्ध अन्त्यको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अहिलेसम्म यसबारे नसोचेको परिणाम पाएको भन्दै निराशा व्यक्त गर्नुभएको छ । ट्रम्पले इरानमा सत्ता लिने कुनै पनि व्यक्तिसँग सम्झौता गर्न तयार रहेको बताउँदै भन्नुभयो, “अहिले इरानभित्र ठूलो कलह चलिरहेको छ । इरानी जनता नेतृत्वका लागि आपसमा लडिरहेका छन् ।
‘सायद उनीहरू नेता बन्न नपाउनका लागि लडिरहेका छन्, किनकि अमेरिकाले उनीहरूका दुई तहका नेतालाई हटाएको छ ।” राष्ट्रपति ट्रम्पले पत्रकारसँग भन्नुभयो, “इरानले जति बेला चाहन्छ त्यति बेला आफूलाई फोन गर्न सक्छ । उहाँले भन्नुभयो, “सबै कार्ड अमेरिकाको हातमा छ र उसले सबै कुरा जितेको छ ।” एक प्रस्तावको हवाला दिँदै ट्रम्पले भन्नुभयो, “इरानले पहिले दिएको कागज राम्रो थिएन । “उनीहरूले हामीलाई एउटा पेपर दिए जुन अझ राम्रो हुनुपथ्र्यो र मैले प्रतिनिधिमण्डल पठाउने कुरालाई रद्द गरेँ, तुरुन्तै (१० मिनेट भित्र), हामीले नयाँ प्रस्ताव पायौँ जुन धेरै राम्रो छ,” उहाँले पत्रकारसँग भन्नुभयो ।
यात्रा रोक्नुको अर्थ खुला शत्रुतातर्फ फर्कनु हो कि भन्ने प्रश्नमा ट्रम्पले भन्नुभयो, “होइन, यसको मतलब यो होइन । हामीले अहिलेसम्म यसबारे सोचेका छैनौ ।” यसैबिच वाशिङ्गटनमा ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट एसोसिएसन’को रात्रिभोजमा आक्रमण प्रयास गर्ने एक बन्दुकधारी पक्राउ परेपछि ट्रम्पले भन्नुभयो, “उहाँलाई यो घटना इरानसँग सम्बन्धित छ जस्तो लाग्दैन र यसले अमेरिकालाई ‘युद्ध जित्न’ बाट रोक्ने छैन ।” रासस/एएफपी