• २३ वैशाख २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डद्वारा समवेदना व्यक्त

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का महासचिव एवम् पूर्वमन्त्री घनश्याम भुसालको ९६ वर्षको उमेरमा निधन हुनुभएका बुबा जगन्नाथ भुसालप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै । तस्बिर: प्रदीपराज वन्त

काठमाडौं, जेठ २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालका बुवा जगन्नाथ भुसालको निधनमा समवेदना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज (बिहीबार) रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित भुसालको निवासमा पुगेर उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभएको हो ।

उहाँले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा समवेदना प्रकट गर्दै धैर्यधारणका लागि अपिलसमेत गर्नुभएको छ । भुसालको यही जेठ २१ गते ९६ वर्षको उमेरमा निवासमै निधन भएको थियो । उहाँ सामाजिक तथा राजनीतिक व्यक्तित्वका रूपमा लामो समयसम्म क्रियाशील हुनुहुन्थ्यो । रासस