रेसुङ्गामा यस वर्ष बलि पूजा नहुने
गुल्मीको ऐतिहासिक तथा धार्मिक पुण्यभूमि रेसुङ्गामा यस वर्ष बलि पूजा नहुने भएको छ ।
समृद्ध नगर र खुसी नगरवासी बनाउने लक्ष्यमा छौँ
रुपन्देहीको तिलोत्तमा नगरपालिका नेपालकै एक नमुना नगरपालिका हो। यो नगरपालिका पटक÷पटक देशकै उत्कृष्ट नगरपालिका छनोट भएको छ। यस नगरपालिकाको धेरैजसो भूभागमा पर्ने बुटवल–भैरहवा छ लेन सडक नेपालकै नमुना सडकका रूपमा परिचित छ। हरियाली प्रवर्धनका कार्यक्रमले छ लेन सडक थप आकर्षक बनेको छ । दोस्रो स्थानीय तहको निर्वाचन भएको एक वर्षको अवधिमा यहाँ के कति विकासका काम भए भन्नेबारे नगर प्रमुख रामकृष्ण खाणसँग गोरखापत्रकर्मी भुवन कार्कीले गरेको कुराकानीको सारसङ्क्षेप।
खोटो सङ्कलन गर्न जङ्गलमा बास
रोल्पा रुन्टीगढी गाउँपालिकाका दुई दाजुभाइले सल्लाको खोटो सङ्कलन गर्न जङ्गलमा बास बस्ने गर्नुभएको छ। उहाँहरू खोटो सङ्कलनका लागि दाङको पहाडी बङ्गलाचुली गाउँपालिका–८ को गोगनपानी सामुदायिक वन समूहको रानीवास जङ्गलमा लामो समयदेखि बस्दै आउनुभएको छ।
सहमतिपछि प्रतिष्ठानको सेवा सञ्चालन
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा आजदेखि पुनः सञ्चालन भएको छ ।
पाल्पामा ७७ प्रतिशत रोपाइँ
पाल्पाको धान खेती हुने भूभागमध्ये ७७ प्रतिशतमा रोपाइँ सकिएको छ । असारको दोस्रो साता पर्याप्त पानी परेका कारण पाल्पाको अधिकांश भूभागमा रोपाइँ सकिएको हो ।
दाङमा जङ्गली च्याउ खादा दुई जना बिरामी
दाङको बंगलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै घरका दुई जना बिरामी परेका छन् । बिरामी पर्नेमा बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजा निवासी ३८ वर्षीय यमाकुमारी कँवर वली र उहाँका १२ वर्षीय छोरा यकिन वली रहनुभएको छ ।
सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
गुल्मीको दुर्गम क्षेत्र अग्लुङ्गमा सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने ग्रामीण स्थल मादने गाउँपालिका वडा नम्बर– १ अग्लुङ्गले सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको वडाध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो ।
बिरामीले प्रयोग गर्ने पानीमा भेटियो कोलिफर्म
पाल्पाका अधिकांश स्वास्थ्य संस्थामा बिरामीले प्रयोग गर्ने पानी दूषित रहेको पाइएको छ। जिल्लाका ८९ वटा स्वास्थ्य संस्थामा बिरामीले प्रयोग गर्ने पानीको जाँच गरिएकोमा ३४ वटा स्वास्थ्य संस्थाको पानी दूषित रहेको पाइएको हो। स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाको दुई वटा नगरपालिकासहित आठ वटा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा पानीको शुद्धता जाँच गरेको थियो। रिब्दीकोट गाउँपालिकाका आठ वटा स्वास्थ्य संस्थाको पानी जाँच गरिएकोमा छ वटा संस्थामा प्रयोग हुने पानीमा कोलिफर्म जीवाणु फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसूधन भट्टराईले जानकारी दिनुभयो। कोलिफर्म तातो रगत भएका जीवजन्तु तथा मानिसको दिशामा पाइने एक प्रकारको जीवाणु हो।
रोकिएन सीमा नाकाबाट तस्करी
घरेलु प्रयोगको नाममा सीमापारी रुपैडिहा बजारबाट हजारौँ रुपियाँको सामान खरिद गरेर राजस्व चुहावट गर्ने कार्य रोक्न केही समययता मुख्य नाका जमुनाहामा अत्यधिक कडाइ गरिएको छ। सोही कारणले अहिले सीमापारीबाट सय रुपियाँभन्दा बढीको सामान खरिद गरेर ल्याउनेहरूबाट राजस्व असुली गर्न थालिएको छ। मुख्य नाकामा राजस्व असुलीमा कडाइ गरिए पनि नाका वरपरबाट हुँदै आएको तस्करी र अवैध आयात भने रोकिएको छैन।
नतिजा प्रकाशन गर्ने बेला प्रअ र अध्यक्ष भागेपछि...
शैक्षिक सत्र सुरु भएपछि राहत दरबन्दीका तीन शिक्षक नियुक्त नहुँदा पढाइ अलपत्र भएको छ। राहत कोटा अन्तर्गत उच्च मावि तहको लेखा र माध्यमिक तहको अंग्रेजी र गणित विषयको शिक्षक नहुँदा पठनपाठनमा समस्या देखिएको छ। विद्यालयले वैशाख ११ गते विज्ञापन आह्वान गरेर जेठ ३२ गते लिखित परीक्षा लिएको थियो।
पर्याप्त वर्षा नहुँदा किसान समस्यामा
पर्याप्त वर्षा नहुँदा कपिलबस्तुका किसानलाई रोपाइँ गर्न समस्या भएको छ ।
प्रमुख नाकाको राजस्व असुलीमा कडाइ
घरेलु प्रयोगको नाममा सीमापारी रुपैडिहा बजारबाट हजारौं रुपियाँको सामान खरिद गरेर राजस्व चुहावट गर्ने कार्य रोक्न केही समययता मुख्य नाका जमुनाहामा कडाइ गरिएको छ।
‘भानुचोक’मा भानुभक्तको सम्झना
दाङको घोराहीस्थीत भानुचोकमा जम्मा भएर आदिकवि भानुभक्त आचार्यको सम्झना गरिएको छ ।
बाली जोगाउन बारीमै बास
गौमुखी गाउँपालिका–६ लिवाङका गिरबहादुर खड्काले दुम्सी, बाँदरले मकैबाली खाइदिने गरेको बताउनुभयो ।
स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ
नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको रु. २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार
रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ । दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई रु एक लाख नगदसहित पुरस्कृत गरेको हो ।
पार्टी बनाउन स्वर्गीय दाहालको योगदान स्मरणीय
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सल्लाहकार स्व. सीता दाहालको माओवादी आन्दोलनमा महत्त्वपूर्ण योगदान रहेको स्थानीय नेताहरूले चर्चा गर्नुभएको छ ।
सवारी दुर्घटनामा चार जना घाइते
तम्घासदेखि अग्लुङतर्फ जाँदै गरेको लु १ च ८०२४ नम्बरको डबल क्याप जिपको ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दशगजासँगै जोडेर भारतद्वारा पक्की सडक निर्माण
बाँकेको जमुनाह नाकादेखि पूर्वतर्फ दशगजासँगै जोडेर भारतले पक्की सडक निर्माण गरेको छ । सो सडक जमुनाहा नाकास्थित ६५१ नम्बरको जङ्गे पिलरबाट पूर्वतर्फ सुइया बघौडासम्म निर्माण गरिएको हो ।
गुल्मीमा माटो परीक्षण प्रयोगशाला स्थापना
गुल्मीमा पहिलो पटक माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकहरूको मागलाई मध्यनजर गर्दै जिल्लामै पहिलो पटक माटो परीक्षणका लागि प्रयोगशालाको स्थापना गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभएको हो ।
'नाइट ल्याण्डिङ् हेलिप्याड' निर्माण
नेपाली सेनाले नेपाली नागरिकसँगको ऐतिहासिक सम्बन्ध जीवन्त बनाउन निरन्तर यस्ता गतिविधिलाई जोड दिएको ढकालले बताउनुभयो ।
किसानको गुनासो : छोराछोरी पाल्ने कि बाँदर ?
गुल्मीको दरबार गाउँपालिका–२ का झुमानसिंह थापालाई बाँदरले हैरान बनाएका कारण बारीमा लगाएको खेती जोगाउन सारै मुस्किल परेको छ। एकाबिहानैदेखि राति अबेरसम्म बारीको बास हुँदासमेत बाँदरले झुक्याएर मकै बाली नष्ट गरिदिने गरेको भन्दै उहाँले स्थानीय सरकारसँग बाँदर नियन्त्रण गरिदिन आग्रह गर्नुभएको छ।
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
रुपन्देहीमा सर्वाधिक नागरिकता वितरण
नागरिकता सम्बन्धी नयाँ ऐन अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा धेरै नागरिकता वितरण गरिएको छ ।