काठमाडौँ, वैशाख ३० गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गर्नुभएको छ ।
मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नुहुँदै उहाँले पुष्पलाल राजमार्ग विगत २२ वर्षदेखि निर्माणको प्रक्रियामा भए पनि अहिलेसम्म सम्पन्न हुन नसक्नु विडम्बनापूर्ण रहेको बताउनुभएको हो ।
सांसद केसीले हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीय जनताको बालीनाली र स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै उक्त सडक तत्तकाल सम्पन्न हुनेगरी ठेक्का आह्वान गर्न सरकारसँग आग्रह गर्नुभयो । उक्त सडक आफ्नो निर्वाचन क्षेत्रमा परेकाले कम्तिमा मतदातालाई सुनाउनकै लागि भए पनि के कारणले बनेन र अब कति समयमा बन्छ भन्ने विषयमा सरकारले केही बाेलिदिनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘‘पुष्पलाल राजमार्ग सुरु भएको २२ वर्ष भयो । हिउँदमा धुलो र वर्षमा हिलोले उत्तिकै नोक्सान गरिरहेको छ । मैले पटक पटक सरकारको ध्यानाकर्षण गराए र सम्बन्धित निकायमा जुम्ली हात गरे । मतदाताको चेतना के छ भने सांसदले आँटेपछि हुन्छ ।’’
उहाँले अबको बजेटले पुष्पलाल राजमार्ग तुरुन्त निर्माण हुने वातावरण बनाउनेमा आपूm आशावादी रहेको बताउनुभयो ।