रुकुमपूर्वमा सैँतिस करोड फ्रिज
गत आर्थिक वर्ष २०७९÷०८० मा रुकुमपूर्वबाट साढे ३७ करोड रुपियाँ बजेट फ्रिज भएको छ । सङ्घीय तथा प्रदेश सरकारबाट जिल्लाका विभिन्न कार्यालय र स्थानीय सरकारमा प्राप्त चालु र पुँजीगत बजेटमध्ये ३७ करोड ५१ लाख १७ हजार एक सय ११ रुपियाँ ७ पैसा खर्च हुन नसकेको हो ।
बाँदरलाई राखेको धरापमा परी दुई महिला गम्भीर घाइते
तानसेन–७, लामिडाँडामा मकै जोगाउन थापिएको धरापमा परी दुई जना महिला गम्भीर घाइते भएका छन् । लामिडाँडाका स्थानीय सोम आलेको बारीको मकै बाँदरबाट जोगाउन राखिएको विद्युतीय धरापमा परी दुई जना महिला घाइते भएका हुन् ।
भारतबाट नौ अर्व बढीको खाद्य सामग्री आयात
नेपालगञ्ज नाका भएर गत एक वर्षको अवधिमा नौ अर्व ४७ करोड रुपियाँ बढीको दाल, चामल र आलु, प्याज आयात गरिएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९–८० मा चार अर्व ७३ करोड रुपियाँ मुल्यको चामल आयात भएको हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन सर्यो
सदस्यतासम्बन्धि विवाद उत्पन्न भएपछि नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचन मिति सारिएको छ । संघले वितरण गरेको सदस्यता सम्बन्धमा विवाद उत्पन्न भएपछि यसअघि साउन २० गते गर्ने घोषणा भएको मितिलाई निर्वाचन समितिले भदौ २ गतेका लागि सारेको हो ।
वेतबाँस उद्योग सञ्चालन गर्दै खुतखुते सामुदायिक वन
कपिलवस्तुको बाणगंगा नगरपालिका –९ मा रहेको खुतखुते सामुदायिक वनले वेतबाँसको सामग्री बनाउने उद्योग सञ्चालनमा ल्याएको छ ।
स्थानीय आँपको मूल्य दोब्बरले वृद्धि
कपिलवस्तुका बगैँचामा आँप महँगो मूल्यमा बिक्री हुन लागेको छ । अघिल्लो सातासम्म ६० रुपियाँ किलोग्राममा पाइने गरेको आँपको थोक मूल्य अहिले प्रतिकिलो १ सयभन्दा बढी पुगेको छ ।
कोदोको रक्सीलाई ब्राण्ड बनाइँदै
जिल्लाको गौमुखी गाउँपालिकाले ४० युपि (अण्डर प्रुफ) भन्दा माथिका मदिरा विक्री वितरणमा रोक लगाएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै साउन १ गतेदेखि त्यस्ता मदिरा पालिकाभित्र विक्री वितरणमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीय कोदोको रक्सीलाई ब्राण्ड बनाउने जनाएको छ ।
नेपालगञ्ज भन्सार : गतवर्षकाे तलुनामा कम राजस्व असुली
नेपालगञ्ज भन्सार कार्यालयमा आर्थिक वर्ष २०७९/८० मा लक्ष्य अनुसारको राजस्व सङ्कलन हुन सकेको छैन ।
१८ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
जिल्ला प्रहरी कार्यालय पाल्पाले आव २०७९-०८० मा १८ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ ।
नेपालगञ्जबाट जुम्लामा ३२० क्विन्टल नुन ढुवानी
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जमा गत आर्थिक वर्षको ०७९/८० असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ ।
प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता
नेपालगञ्ज मेडिकल कलेज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जबीच प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
भेरी अस्पतालमा एक वर्षमा दुई लाखले लिए सेवा
भेरी अस्पताल नेपालगञ्जमा सेवा लिने विरामीहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । अस्पतालको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक लाख ८० हजार ४३२ ले अस्पतालबाट विभिन्न खालको सेवा लिएका छन् ।
हिंसामा पर्ने पुरुषको सङ्ख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा गएर फर्केका पुरुषहरूले श्रीमतीले पैसा लिएर अरूसँग भागेको भन्दै उजुरी गर्न थाले पनि राम बहादुर जस्ता पुरुष अझै पनि खुलेर बोल्न सकेका छैनन् ।
लुम्बिनीमा हराउँछन् बर्सेनि लाखौँका बोटबिरुवा
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको लामो चर्चा हुने गरेको भए पनि लुम्बिनी गुरुयोजना अनुसारको काम हालसम्म पनि पूरा हुन सकेको छैन। लुम्बिनी विकासको परिकल्पनाकार जापानी प्राध्यापक कान्जो टाँगेले सन् १९७८ मा लुम्बिनी गुरुयोजना सरकारलाई हस्तान्तरण गरेका थिए। छ वर्ष लगाएर बनेको गुरुयोजना सन् १९९५ मै सक्ने लक्ष्य थियो। गुरुयोजना हस्तान्तरण भएको ४५ वर्ष पुगेको छ तर गुरुयोजनाको काम पूरा भएको छैन। गुरुयोजनाको ८६ प्रतिशत काम सकिएको विकास कोषका पदाधिकारीको दाबी छ तर पदाधिकारीको दाबीलाई पुरातत्वविद्हरूले स्वीकारेका छैनन्।
घरेलु साधन लोप हुँदै
अघिल्लो पुस्ताको दैनिक जीवनलाई सहज बनाउने गरी प्रयोगमा ल्याइएका घरेलु साधनहरू लोप हुन थालेका छन्। यसरी लोप भएको साधनमा दुई/तीन दशकअघिसम्म यहाँको जनजीवनमा प्रयोगमा आउँदै गरेको तेल पेल्ने घरेलु मेसिन (कोल) लोप भएको हो। तेल पेल्न प्रयोग गरिएका ढुङ्गा र काठको कोल लोप भएको पाल्पाका स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्। पहिले तेल पेल्न प्रयोगमा आएका ढुङ्गा र काठका कोल लोप भएको माथागढी–३, भैसकट्ठाका स्थानीय बासिन्दा रनबहादुर घर्तीमगरले बताउनुभयो।
ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलामा ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।
भित्तामा जनावरका चित्र
बाँकेको थारू समुदायको बाहुल्य भएका गाउँबस्तीमा समुदायको संस्कृति र पहिचान जोगाउन तथा चिनाउनका लागि अधिकांश घरको भित्तामा जङ्गली जनावरका चित्र कोरिएका छन् । बाँके कोहलपुर मैटहवाका दीपेन्द्र चौधरीले आधुनिक सभ्यताका कारण हराउँदै गएको थारू संस्कृति र पहिचानको संरक्षणका लागि थारूका घरका भित्तामा जनावरका चित्र तथा थारू संस्कृति झल्कने चित्र कोरिएको बताउनुभयो । घरका भित्तामा चित्र कोरिनाले कला र संस्कृतिको संरक्षण हुनुका साथै बाहिरबाट आएका आगन्तुकलाई थारूको घर चिनाउन सहज भएको उहाँको भनाइ छ ।
सरुमारानी गाउँपालिकामा पहिलोपटक स्कुल बस सञ्चालनमा
प्युठानको सरुमारानी गाउँपालिकाले जिल्लामै पहिलोपटक स्कुल बस सञ्चालनमा ल्याएको छ ।
सहमतिपछि खेलकुद पदाधिकारीको आन्दोलन स्थगित
नेपालगन्जमा खेल पदाधिकारीको आन्दोलन स्थगित गरिएको छ । जिल्ला खेलकुद समितिका अध्यक्षलाई अपशब्द प्रयोग गर्ने इन्जिनियरले माफी माग्नुका साथै रङ्गशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको कामको निरन्तर अनुगमनसहित समन्वय र सहकार्य गर्ने सहमतिपछि आन्दोलन स्थगित भएको हो ।
विद्यार्थीलाई जुनियर एनसीसी तालिम
पाल्पाका दुई वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि जुनियर एनसीसी तालिम सुरु गरिएको छ ।
बाँकेमा ४२ वन्यजन्तुको उद्धार
आर्थिक वर्ष ०७९/०८० मा बाँकेमा विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी सहायक डिभिजनल वन अधिकृत गणेश खड्काले घाइते, टुहुरा, बाटो बिराइ गाउँ बस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्धार गरिएको जानकारी दिनुभयो ।
दाङमा विषालु च्याउ खाँदा दुई बिरामी
दाङमा विषालु च्याउ खाँदा दुई जना बिरामी परेका छन् । जङ्गलबाट खोजेर ल्याएको विषालु च्याउ खाँदा गढवा गाउँपालिका–५ धर्मापुरमा एकै परिवारका दुई जना बिरामी पर्नुभएको हो ।
अनुदानको मल सहकारी अध्यक्षको ससुरालीमा
जिल्लाको शुद्धोधन गाउँपालिका ३ लवनीमा रहेको ओम कृषि सहकारी संस्थाले कृषकलाई वितरण नगरी अध्यक्षको ससुरालीमा पठाएको अवस्थामा फेला परेको हो ।
पालिकाद्वारा सार्वजनिक सुनुवाइसँगै घुम्ती शिविर
जिल्लाको पश्चिमी भेगमा पर्ने मदाने गाउँपालिकाले वडा नम्बर–१ अग्लुङ्गको वडा कार्यालयमा सार्वजनिक सुनुवाइसँगै घुम्ती शिविर सञ्चालन गरेको हो ।