फोहोर व्यवस्थापन गर्न ‘डोको डस्टबिन’
फोहोर व्यवस्थापन गर्न प्रायः प्लास्टिकका सामग्री प्रयोग गरिन्छ। केही ठाउँमा यस्तो अभ्यास पनि भइरहेको छ। यसले वातावरण सुन्दर राख्नुका साथै मानिसलाई कामकाजी बनाउँदै आर्थिक उपार्जनमा टेवा पु¥याइरहेको छ। त्यस्तैमध्ये एउटा काम हो, ‘डोको डस्टबिन’ । उद्योग वाणिज्य सङ्घ रुकुमपूर्वले बजार क्षेत्रमा फोहोर सङ्कलनका लागि निगालोबाट बुनिएका ‘डोको डस्टबिन’ उपलब्ध गराएको छ। समुदायलाई स्थानीय स्रोतसाधनको उपयोग र वातावरणमैत्री क्रियाकलापमा अभ्यस्त बनाउन निगालोबाट निर्मित ‘डोको डस्टबिन’ उद्योग वाणिज्य सङ्घले निःशुल्क उपलब्ध गराएको उद्योग वाणिज्य सङ्घ, रुकुमपूर्वका अध्यक्ष केबेन्द्र गौतमले बताउनुभयो।
नेपालगन्ज नाकाबाट ६५ अर्बको व्यापार घाटा
सरकारले पटक पटक निर्यातलाई वृद्धि गरेर आयातलाई घटाउने जनाउँदै आए पनि पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट व्यापार घाटा धेरै बढी भएको पाइएको छ । यहाँस्थित जमुनाहा नाकाबाट आयातको तुलनामा अतिनै न्यून परिमाणमा निर्यात भएकाले यो नाकाबाट ६५ अर्बभन्दा बढी व्यापार घाटा भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
बुटवलका पूर्व उपप्रमुख खनालको निधन
बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आज बिहान साढे २ बजे निधन भएको हो ।
कुवेतको कमाइ गाई पालनमा, मासिक लाख बचत
‘धेरैले विदेशको कमाइले घरजग्गा जोड्छन् । गाउँबाट राजमार्ग छेउमा बसाइ सर्छन् । साथीभाइ छिमेकीले घरजग्गा किन्न सल्लाह दिन्छन् । तर म आत्मनिर्भर हुन खोजेँ । घरजग्गाको सट्टा गाई पालनमा लगानी गरेँ । अहिले मासिक १ लाख बचत भइरहेको छ’ कपिलवस्तु बाणगंगा नगरपालिका –६ भगलापुरका झविन्द्र पौडेलले बताउनुभयो ।
सामाजिक सेवा इकाईबाट नौ हजार बढी लाभान्वित
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको सामाजिक सेवा इकाईबाट गत आर्थिक वर्ष २०७९-०८० मा नौ हजार बढी बिरामी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् ।
एक वर्षमा एक हजार बढीले पाए नयाँ दृष्टि
उज्यालो अभियानअन्तर्गत एक वर्षमा एक हजार ९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले स्थानीय सरकारसँग आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन गरेको 'उज्यालो साझेदारी' कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा एक हजार आठ सय ९९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको हो ।
छत्रकोट पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा
गुल्मीको छत्रकोट गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको छ ।
नेपालगन्जबाट १४ करोडको प्लाइउड भारत निकासी
नेपालगञ्ज नाका भएर आर्थिक वर्ष २०७९/०८० मा १४ करोड रुपियाँ बढीको प्लाइउड भारततर्फ निकासी भएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आवमा १४ करोड १२ लाख ५४ हजार रुपियाँ मूल्यको प्लाइउड भारततर्फ निकासी भएको हो ।
मर्चवारीदेवीको फरक छ पहिचान र महिमा
मर्चवार क्षेत्रका इष्टदेवी हुन्, मर्चवारीदेवी । उहाँको मन्दिर रुपन्देहीको मर्चवारी गाउँपालिका–५ मा अवस्थित छ । मर्चवारीदेवीको उत्पत्ति प्रसङ्गको सन्दर्भमा विभिन्न कथा र किंवदन्ती रहेका छन् । उहाँको शक्तिपीठ रातो रङ्गमा माटाको ‘पिण्ड’ आकारमा छ ।
नेपालगञ्जमा मिर्गौलाको 'बायोप्सी' सेवा सुरु
लाइफलाइन जनरल अस्पताल नेपालगञ्जका प्रमुख मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठका अनुसार बुटवलदेखि पश्चिममा पहिलो पटक नेपालगञ्जमा मात्र मृगौलाका बिरामीको उपचारमा थप सहजता ल्याउन यो सेवा सुरु गरिएको हो ।
दाङमा एक अर्बभन्दा बढी बजेट फ्रिज
दाङमा सङ्घीय सरकारबाट आएको पुँजीगत बजेटमध्ये एक अर्ब बढी रूपियाँ फिर्ता भएको छ । आर्थिक वर्ष ०७९÷०८० मा सङ्घबाट पुँजीगत बजेट चार अर्ब ७५ करोड ८४ लाख ३३ हजार १९ रूपियाँमध्ये एक अर्ब ५ करोड ४२ लाख ३९ हजार ६४९ बजेट खर्च हुन नसक्दा फिर्ता भएको हो ।
खजुरालाई नगरपालिका बनाउने योजनामा छौँ
भारतीय सीमासँग जोडिएको बाँकेको खजुरा गाउँपालिकाको पूर्वमा कोहलपुर नगरपालिका र जानकी गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला, उत्तरमा बैजनाथ गाउँपालिका र दक्षिणमा भारत पर्दछ। भारतीय सीमानजिक रहेको यो पालिकामा पूर्वसैनिकहरूको ठुलो बस्ती छ । खजुरा बाँकेको व्यवस्थित बसोबास भएको र पुरानो बजार पनि हो। साबिकका बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर र रनियापुर गाउँ विकास समितिलाई समेटेर आठ वटा वडा कायम गरी यो गाउँपालिका बनेको हो। खजुरा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का तर्फबाट डम्बरबहादुर विक गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो। खजुराको विकास निर्माणलगायतका विषयमा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकसँग गोरखापत्रकर्मी गोविन्द शर्माले गर्नुभएको कुराकानीको सारसङ्क्षेपः
लोकल आलुलाई ब्राण्डिङ् गर्न सुरु
गुल्मीमा स्थानीय जातको आलुलाई ब्राण्डिङ् गर्न सुरु गरिएको छ । जिल्लाको पश्चिम क्षेत्र मालिका गाउँपालिकामा परम्परागत रूपमा उत्पादन हुँदै आएको स्थानीय जातको रैथाने आलुलाई बजारीकरण गर्न आलु ब्राण्डिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग गरी बजारमा ल्याइएको हो ।
सुक्न थाल्यो रोपेको धान
वर्षाको भरमा खेती हुने बाँकेमा पर्याप्त पानी नहुँदा रोपेको धान पनि सुक्न थालेपछि किसान चिन्तत भएका छन् । केही किसानका खेतबारी पानीको अभावमा अझै बाँझै रहेका छन् भने जसोतसो रोपाइँ गरेका अधिकांशको धान पनि वर्षा नहुँदा सुक्न थालेका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमदले हालसम्म पनि जिल्लामा पर्याप्त वर्षा नभएकाले धेरै किसानका धान सुक्न थालेको बताउनुभयो । उहाँले सिक्टा सिँचाइ नहर वरिपरिको धानलाई कुनै प्रभाव नपरे पनि मोटरले पानी तानेर वा अन्य प्रविधिबाट रोपाइँ गरेका किसान खडेरीका कारण समस्यामा पर्न थालेको बताउनुभयो । प्रमुख अहमदले भन्नुभयो, “मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएकाले किसान चिन्तामा छन्, केही दिन पानी परेन भने गम्भीर अवस्था हुने छ ।”
बुटवललाई हरियाली बनाउन ४५ दिने अभियान
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले यहाँको हरियाली कायम गर्न सडक सरसफाइ तथा वृक्षरोपण अभियान थाल्ने भएको छ । साउन १५ गतेदेखि सुरु हुने अभियान अन्तर्गत मुख्य सडकका डिभाइडरमा विरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
स्मृति दिवसमा अग्रज किसान सहिद गुम्रा थारुको सम्झना
नेकपा (एमाले) दाङले अग्रज किसान सहिद गुम्रा थारुको सम्झना गरेको छ । २०१७ साल साउन ६ गतेका दिन घोराही उपमहानगरपालिका वडा ३ बेल्वामा किसानहरुको पक्षमा आवाज उठाएको आरोपमा तत्कालिन प्रहरी प्रशासनले उहाँको हत्या गरेको थियो ।
लम्पीस्किन रोगबाट ३५ हजार बढी गाईभैँसी प्रभावित
बाँकेमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट ३५ हजारभन्दा बढी पशु चौपाया प्रभावित भएका छन् । जिल्लामा सो रोगको सङ्क्रमण तीव्र गतिमा फैलिनेक्रममा रहेको चिकित्सकको भनाइ छ ।
सङ्क्रमण फैलिएको नौ महिनापछि लम्पीविरुद्धको खोप
कपिलवस्तुमा १२ हजार गाईगोरु लम्पी स्किन रोगले सङ्क्रमित भएका छन् । जिल्लामा लम्पी रोगका कारण ३ सय ६० गाईगोरुको ज्यान गएको छ । जिल्लामा बुधवारबाट भ्याक्सिन लगाउन सुरु गरिएको हो ।
बीपी स्मृति दिवसको अवसरमा अस्पताल परिसरमा वृक्षारोपण
४१औँ बीपी स्मृति दिवसको अवसरमा रामपुर अस्पताल परिसरमा वृक्षारोपण गरिएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा नेपाली कांग्रेस रामपुर नगर कार्यसमिति रामपुर, पाल्पाले शनिबार बिहान वृक्षारोपण गरेको हो ।
बाँकेमा जन्मको आधारमा १६ सय नागरिकता वितरण
जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मको आधारमा नागरिकता लिएकाहरूका सन्तानलाई एक हजार छ सय नागरिकता वितरण गरिसकेको छ ।
तीन वर्षदेखि नेपालगन्ज अध्यागमन कार्यालयको काम ठप्प
सीमावर्ती रुपैडियामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेपछि नेपालगन्ज नाका भएर हुने पर्यटकहरूको आवागमन बन्द भएको छ ।
झाँक्री नाँच
रुकुम (पूर्व), साउन ६ गते । रुकुम (पूर्व) को भूमे गाउँपालिका–१ लुकुममा झाँक्री नाँच नाच्दै झाँक्रीहरु । यस नाँचलाई राके तिवार अर्थात् झाँक्री राम पनि भनिन्छ ।
बाँदरबाट खेती जोगाउन रुखमै बास
सुन्दा पनि अचम्म लाग्न सक्छ, यो समयमा आएर मानिसले रुखमा घर बनाएर बस्ने गरेका छन् भनेर तर गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनी खर्कका ६७ वर्षीय ठानीश्वर न्यौपानेले बाँदरबाट मकै खेती जोगाउनका लागि रुखमै घर बनाएर रात काट्ने काम गर्नुभएको छ । मकै खेती बाँदरबाट जोगाउनका लागि निकै मुस्किल भएपछि रुखमै घाम पानीबाट बच्नका लागि टहरा निर्माण गरेर बाँदर धपाउन बाध्य भएको न्यौपानेले बताउनुभयो । अग्लो रुखमा टहरा बनाएर बस्दा धेरै परसम्म बाँदर आएको देख्न सकिने भएकाले मकै खेती जोगाउन आफूले रुखमा घर बनाएको बताउनुभयो । न्यौपानेले भन्नुभयो, “घरमा एक्लै छु, दुई हलको बारीमा लगाएको खेती जोगाउन निकै कठिन भएकाले रुखमै टहरा बनाएर बाँदर हेर्नु र धपाउनुबाहेकको विकल्प भएन ।” बाँदर धपाउन स्थानीय सरकारले पनि पहल नगरेको उहाँको गुनासो छ ।
परिचयपत्र नभएका नेपालीलाई भारत जान रोक
यहाँस्थित नेपाल–भारत नाका जमुनाहमा एक्कासि भारतीय सुरक्षाकर्मीले सुरक्षा जाँचमा कडाइ गर्दै सीमापारि जान आउनका लागि पहिचानसहितको आधिकारिक परिचयपत्र अनिवार्य गरेका छन् । एक दिन पहिलेसम्म सामान्य रूपमा जाँच गराएर दुवै देशका नागरिकहरू नाका वारपार गर्दै आएकामा बिहीबार अपराह्नदेखि नाकामा तैनाथ भारतीय सुरक्षा निकाय एसएसबीले एक्कासि सुरक्षामा कडाइ गर्दै नागरिकता वा अन्य कुनै आधिकारिक परिचयपत्र भएकालाई मात्र आवागमन गर्न दिइरहेका छन् ।