वाद्यवादनमा भविष्य खोज्दै
सङ्गीत भावना हो, मनभित्रको लय र माधुर्य हो । सङ्गीत मन नपर्ने सायदै होलान् । यसले बालबालिकादेखि वृद्धावृद्धासम्म तानिरहेको हुन्छ । यस्तै सङ्गीतको धुनमा डुबुल्की मार्न पुग्नुभएको छ, पाल्पाको रामपुरका अनुप काफ्ले ।
अविरल वर्षापछि प्रदेशभरि बाढीपहिरो
अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोले क्षति पु-याएको छ। बाढी र पहिरोले कतै घरहरू डुबानमा परेका छन् भने कतै नदीमा फसेका मानिसको उद्धार गरिएको छ । पहिरोका कारण विभिन्न ठाउँमा भौतिक संरचना भत्केका छन् भने कतै सवारीसाधन समेत बाढीले बगाएको छ।
बहिनीले लगाइदिइन् दिदीको घर र गोठमा आगो
मानसिक अवस्था ठिक नभएकी बहिनीले मङ्गलबार राति दिदीको घर गोठमा आगो लगाइदिएकी छन् ।
कपिलवस्तुमा ४८ लाख अवैध रकमसहित एक पक्राउ
कपिलवस्तुमा अवैध भारतीय रुपियाँ र स्रोत नखुलेको नेपाली रुपियाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
भन्सारको कडाइलाई निरन्तरता दिन माग
बुटवल उद्योग वाणिज्य सङ्घले सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ताबाट सय रुपियाँभन्दा बढीको सामानमा राजस्व लिने नीतिलाई निरन्तरता दिन आग्रह गरेको छ । सङ्घलगायत यस क्षेत्रका व्यावसायिक सङ्घ संस्थाको पहलमा हालैदेखि भन्सारमा कडाइ गरिएको थियो । सीमानाकामा कडाइ गरेपछि सीमावर्ती नेपाली बजारमा चहलपहल हुन थालेको र सरकारको राजस्व असुलीमा पनि प्रगति भएको भन्दै सङ्घले सीमानाका कडाइलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेको हो ।
आगोमा जलेर पुरुष घाइते
खाना पकाउँदा आगोमा जलेर गुल्मीमा एक जना घाइते भएका छन् । जिल्लाको इश्मा गाउँपालिका– ५ का ३० वर्षीय गुन्जमान विकले मगङ्लबार राति खाना पकाउँदै गर्दा एक्कासी चक्कर लागेर आगोमा परी घाइते हुनुभएको हो ।
पहिरोको उच्च जोखिममा विद्यालय, भौतिक संरचना भत्किँदा लाखौँको क्षति
जिल्लाको भूमे गाउँपालिका–३ स्थित टकसार आधारभूत विद्यालय झुम्लाबाङ पहिरोको उच्च जोखिममा परेको छ ।
विदेशको कमाइ व्यावसायिक बाख्रापालनमा
वैदेशिक रोजगारीका क्रममा लामो समय खाडी मुलकमा बसेका मामाभान्जा मिलेर दाङमा व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । साउदी अरबमा २५ वर्ष बसेका मामा मनबहादुर बुढा र भान्जा जनक बुढाले विदेशमा भन्दा स्वदेशमै केही उद्देश्यले दुई वर्षअघि १४ लाख रुपियाँ खर्च गरेर व्यावसायिक बाख्रापालन सुरु गरेका हुन् ।
लुम्बिनी प्रदेश सभामा निजामती विधेयक प्रस्तुत
लुम्बिनी प्रदेश सभामा निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८० प्रस्तुत भएको छ।
दाङमा बस र टिप्पर ठोकिँदा १७ जना घाइते
दाङमा यात्रु वाहक बस अनियन्त्रित भएर टिप्परमा ठोकिँदा १७ जना घाइते भएका छन् ।
मापदण्ड विपरीतका निजी मेडिकल सञ्चालनमा
रुकुम पूर्वमा सोमबार जिल्ला स्तरीय अनुगमन टोलीले गरेको अनुगमनमा निजी मेडिकलहरू मापदण्ड विपरीत सञ्चालन गरिएको पाइएको छ । जिल्ला स्तरीय अनुगमन टोलीले निजी मेडिकलहरूमा गैरजिम्मेवार र मापदण्ड विपरीतको सेवा प्रभाव गर्ने गरेको भेटिएको हो ।
बाँकेमा डेंगुका बिरामी भेटिन थाले
बाँकेमा पछिल्लो समयमा आएर डेंगुका बिरामी भेटिन थालेका छन्। चिकित्सकका अनुसार केही दिनयता अस्पताल र क्लिनिकमा डेंगुका बिरामी उपचारका लागि आउनेक्रम सुरु भएको छ।
दाङमा बाढीले बगायो स्कारपियो
दाङमा अविरल वर्षासँगै खोलामा आएको बाढीले स्कारपियो बगाएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको एउटा स्कारपियो खोलामा आएको बाढीले बगाएको हो ।
नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह सतर्कताको बिन्दु नजिक पुगेपछि बाँकेको तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।
एक दर्जनको सङ्ख्यामा पहिरो
अविरल वर्षाका कारण गोरुसिङ्गे-सन्धिखर्क सडक अवरुद्ध बनेको छ । अर्घाखाँचीको नरपानी, घुम्ती, दहखोला, भुवनपाटा र ठाडामा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो ।
अविरल वर्षातका कारण देउखुरीको अधिकांश भाग डुबानमा
रातिदेखि परेको वर्षातका कारण देउखुरीको अधिकांश भाग डुबानमा परेको छ । देउखुरीको गढवा, राप्ती राजपुर र लमहीका धेरै भागहरु डुबानमा परेपनि हालसम्म मानविय क्षती भने भएको छैन ।
भेरी अस्पतालमा आयो एमआरआई मेसिन
पश्चिम नेपालको विशिष्टिकृत अस्पतालका रुपमा विकसित भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एमआरआई मेसिन आइपुगेको छ ।
खरको छानो फाल्दै जस्ता : खुसी छन् रामपुरवासी आनन्दले बस्दा
पानी आउँदा चुहिने, हावाहुरी लाग्दा छानो उडाउने जस्ता समस्याले कमला सुनारका कैयौँ दिनरात कष्टकरसँग बिते । उज्यालो हुँदा त बरु रुखमुनि बसेर भए पनि दिन बिताउँला तर रातको समयमा हावाहुरी, पानी परेपछि कसरी रात कटाउने भन्ने चिन्तै चिन्ताले धेरै रात निदाउन पाउनु भएन ।
सवारी दुर्घटनामा पाल्पामा एक वर्षमा ३९ जनाको मृत्यु
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको तथ्याङ्क अनुसार ६२ सवारी दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका छन् ।
अविरल वर्षाका कारण रामापुर डुबानमा
अविरल वर्षाका कारण सैनामैना नगरपालिका ८ रामापुर डुबानमा परेको छ ।
तम्घासका औषधि पसलको अनुगमन
गुल्मीको तम्घासमा सञ्चालनमा रहेका औषधि पसलहरुको अनुगमन गरिएको छ ।
जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न बुटवल र भैरहवाका राजस्व कार्यालयलाई अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न निर्देशन दिनुभएको छ ।
लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै
लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको २०औँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ । सोमबार विशेष स्थगन बैठक आज बस्ने बस्न लागेको प्रदेश सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान
रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन् । रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन् । भारी वर्षाका कारण तिनाउ नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती प्रभावित हुनसक्ने जोखिम बढेको जनाइएको छ ।