मधुकर स्मृति पुरस्कार साहित्यकार लम्साललाई
वरिष्ठ साहित्यकार तथा गीतकार स्व. प्रेम प्रकाश मल्लको नाममा स्थापना गरिएको ५१ हजार रकमसहितको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ साहित्यकार सृजन लम्साललाई प्रदान गरिएको छ।
बाँकेमा बढ्दै लागूऔषधका घटना
इलाका प्रहरी कार्यालय कोहलपुरले गत मंगलबार कोहलपुर नगरपालिका–११ बसपार्कस्थित कोहलपुर कटेज रेष्टुरेण्ट एण्ड लजको कोठा नम्बर १०६ बाट लागूऔषध अफिम ५ किलो तीनसय ६८ ग्रामसहित तिला गाउँपालिका–३ जुम्लाका ४१ वर्षीय हरिप्रसाद भट्टराई, सोही ठाउँका ३० वर्षीय देवीप्रसाद भट्टराई र ४० वर्षीय भवानीप्रसाद भट्टराईलाई नियन्त्रणमा लियो ।
वार्षिक सात करोड बढीको चामल आयात
गुल्मीमा वार्षिक सात करोडभन्दा बढीको चामल आयात हुने गरेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार यस जिल्लामा एक जनाले सरदर वार्षिक १३८ केजी चामल खपत गर्दा कम्तीमा ३४ हजार पाँच सय मेट्रिक टन चामल आवश्यक पर्छ ।
धार्मिक एकता र सद्भावको पर्व मोहर्रम आज सम्पन्न हुँदैछ
मुस्लिम समुदायको नयाँ वर्षसँगै सुरु हुने मोहर्रम पर्व १० दिनसम्म विभिन्न कार्यक्रम गरेर आज सम्पन्न गरिँदैछ । बाँके जिल्लामा बसोबास गर्ने विभिन्न धर्म समुदायले मिलेर धार्मिक सद्भाव र सामाजिक एकताको रूपमा मोहर्रम पर्व मनाइँदै छ ।
घोराहीको मुख्य सडक अन्धकार
नेपाल विद्युत् प्राधिकरण घोराही शाखाले विद्युत् लाइन काटिदिएपछि घोराहीको मुख्य सडक एक महिनादेखि अन्धकार हुँदै आएको छ। उज्यालो घोराही कार्यक्रम अन्तर्गत यसअघि घोराहीको कटुवा खोलादेखि तुलसीपुर चोकसम्मको मुख्य सडकमा सडक बत्ती जडान गरिएको थियो । सडक बत्तीका लागि एपेक्स नेपाल प्रालिसँग घोराही उपमहानगरपालिकाले सम्झौता गरेको थियो तर कम्पनीले विद्युत् महसुल नबुझाउँदा सडक बत्तीको लाइन प्राधिकरणले काटेपछि मुख्य सडक अन्धकार हुँदै आएको छ। तुलसीपुर चोकदेखि बिपी चोकसम्मको मुख्य सडकको बत्ती प्राधिकरणले काटेको हो। सडक बत्ती प्रयोग गरेबापतको रकम नतिर्दा विद्युत् लाइन काट्नु परेको प्राधिकरण घोराही शाखाले जनाएको छ।
जबर्जस्ती करणी गर्ने युवक पक्राउ
तानसेनको एक होटलमा जबरजस्ती करणी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीकी २५ वर्षीया महिलालाई डरधम्की देखाएर जबरजस्ती करणी गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
अनिष्टबाट जोगाउन झाँक्री मेला
अग्लो पहाडको फेदीमा छ रुकुमपूर्व भूमे गाउँपालिका–१ को लुकुम गाउँ । बोलिचालीमा मगर खाम भाषा रहेको यस गाउँमा ढुङ्गा र माटाले बनाइएको बाक्ला घर छन् । यसै गाउँमा हरेक वर्षको साउन महिनाको पहिलो सातामा एक दिन झाँक्री मेला लाग्ने गरेको छ । धामी–झाँक्री रूढिवादी र अन्धविश्वासी जीवन पद्धति नै हो । तर यहाँका लागि भने मौलिक संस्कृति पनि हो । गाउँछेउको पूर्वतिर अवस्थित चौतारामा अग्ला धुपीसल्लाका रूख छन्, तिनै धुपीसल्ला भएका ठाउँमा भेला हुन्छन् गाउँभरका झाँक्री । साउनको १ र २ गते छाडेर आउने सोमबार, मङ्गलबार र शनिबारमध्ये एक दिन यो मेला आयोजना गर्ने प्रचलन रहेको स्थानीयवासीले बताएका छन् । त्यसको अलवा झाँक्रीले तिथिमिति अनुसार साइत हेरेर पनि झाँक्री मेला लाग्ने गरेको छ । यस पटक मेलाको साइत बिहीबार परेको थियो ।
नदीको भेलसँगै बग्दै पुरातात्त्विक सम्पदा
बुद्धको जन्मस्थल लुम्बिनीनजिक रहेका पुरातात्त्विक महत्वको सम्पदा संरक्षणको अभावमा नदीको भेलसँगै बग्दै गएका छन् । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित अमहवा गाउँनजिकै रहेका पुरातात्त्विक भग्नावशेष बाढीको भेलसँगै दानव नदीमा विलय हुँदै गएको हो । केही वर्षयतादेखि दानव नदीले नगरपालिकाको सो क्षेत्रमा अनियन्त्रित कटान सुरु गरेपछि जमिनमुनि लुकेर रहेका प्राचीन अवशेष लगातार नदीमा विलय हुँदै गएको छ । सुरुमा त इँटा, माटाका भाँडा र धातुका सिक्का मात्र भेटिन्थे तर २०५७ सालतिर धार परिवर्तन भई नदी कटान बढेपछि सो क्षेत्रमा विभिन्न पुरातात्त्विक महत्वका संरचना प्रत्यक्ष फेला पर्न थालेका छन् ।
तिलोत्तमामा ‘सिर्जनशील शुक्रवार’ अभियान
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हप्ताको एक दिन पुस्तक बोक्नुनपर्ने सिर्जनशील शुक्रबार अभियान सुरु भएको छ । अभियान सुरु भएसागै अब हरेक शुक्रबार विद्यार्थीले विद्यालय जाँदा पुस्तक बोक्नु नपर्ने भएको छ ।
अर्घाखाँची कारागारलाई दैनिक उपभोग्य सामग्री हस्तान्तरण
सन्धिखर्क नगरपालिकाले अर्घाखाँची कारागारका कैदीबन्दीलाई दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ ।
खजुरामा ब्लड क्यान्सरको उपचार सुरु
अस्पतालका मेडिकल सुपरिटेन्डेनट डा. निरज भट्टराईले ब्लड क्यान्सरका बिरामीको उपचारका लागि अस्पतालमा छुट्टै ‘हेमाटो अनकोलोजी वार्ड’ सञ्चालन गरेर पहिलो पटक सो उपचार सुरु गरिएको बताउनुभयो।
५३ जनाको आँखाको नानी प्रत्यारोपण
नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी हुँदैगएको छ ।
जडीबुटीको निर्यात ६० प्रतिशतले घट्यो
नेपालगञ्ज नाकाबाट तेश्रो मुलुकमा हुने जडिबुटीको निर्यात करिब ६० प्रतिशतले घटेको छ ।
खजुरा गाउँपालिकामा सडक निर्माण तीव्र
बाँकेको खजुरा गाउँपालिकाले सडकको नयाँ ट्रयाक निर्माण, सडक मर्मत, आरसिसी-पिसिसी, सडक ग्राभेल तथा सडक कालोपत्रे गर्ने कार्यलाई गत आर्थिक वर्षमा उल्लेख्य प्रगति गरेको छ ।
नेपालगञ्ज नाकाबाट इन्धन आयात घट्यो
इन्धन आयात घट्दा समग्र भन्सार सङ्कलन पनि घटेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
गोरखापत्रकर्मी खानसहित चारजना सम्मानित
गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानसहित बाँकेका तीन जना पत्रकार र एकजना प्रहरी अधिकृतलाई सम्मानित गरिएको छ ।
भेरी अस्पतालको १३३ वर्ष पूरा, ३५० शय्या विस्तार गर्दै
विक्रम संवत् १९४७ सालमा सङ्घीय राजधानीमा रहेको वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल नेपालगञ्जले शुक्रवार १३३ औं वार्षिकोत्सव मनाएको छ ।
सवारी जरिवानाबाट एक करोडभन्दा बढी राजस्व सङ्कलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले आर्थिक वर्ष २०७९-८० मा रु एक करोड ७७ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ ।
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्गको रुकुमपूर्वस्थित सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाको रुकुमकोट–खाबाङ खण्डअन्तर्गत पर्ने भूमे गाउँपालिका–४ स्थित काँडा बगरमा ठूलो पहिरो झर्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।
सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा काठ तस्करी
बाँकेको डुडुवा गाउँपालिकास्थित एक सामुदायिक वनका पदाधिकारीले काठ तस्करसँग मिलेर काठ चोरी तथा तस्करी गरेको उपभोक्ताले आरोप लगाएका छन् ।
बाँकेमा १३ हजार युनिटभन्दा बढी रगत सङ्कलन
बाँकेमा गत आर्थिक वर्ष २०७९-०८० मा १३ हजार युनिटभन्दा बढी रगत सङ्कलन भएको छ ।
‘लम्पी स्किन’ रोग : एक लाख अठार हजार पशु सङ्क्रमित
पशुहरूमा लाग्ने ‘लम्पी स्किन’ (काप्रिपक्स भाइरस) रोगले लुम्बिनी प्रदेशमा भयावह रूप लिएको छ। लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका यो रोग लागेर पशु मर्ने क्रम रोकिएको छैन । लुम्बिनी प्रदेशका १२ जिल्लामा बुधबारसम्म यो रोगबाट एक लाख १८ हजार ३५१ पशु सङ्क्रमित भएका छन्। लुम्बिनी प्रदेश सरकार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको कार्यालयका अनुसार सङ्क्रमित पशुमध्ये ७९ हजार ६०८ पशुलाई उपचार गरिएको छ। तीमध्ये २४ हजार १०४ पशु निको भएका छन् भने अन्य निको हुने क्रममा छन्।
सिद्धबाबा सुरुङ मार्गको दुवै ढोकामा पहिरो
छ महिनाअघिदेखि पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको ढोका पहिरोले बगाएको छ। केही दिन अघिदेखि परेको वर्षाले माथिबाट पहिरो खस्दा सुरुङ मार्गको दुवैतर्फ निर्माण सकिएको ढोका पूरै भत्किएको हो। सुरुङ मार्गको माथिल्लो भाग रामापिथेकसनजिकै निर्माण भइरहेको ढोकामा पहिरोले क्षति पु-याएको निर्माण पक्षले जनाएको छ। ढोकाको ५० मिटर माथिबाट ठुलो चट्टानसहित पहिरो खसेर क्षति पु-याएको आयोजनाका इन्जिनियर युधिष्थिर पन्थीले जानकारी दिनुभयो। यो भागमा निर्माण व्यवसायीले टनेलको ढोका निर्माण गरिसकेको थियो। सुरुङ तल्लो भाग सिद्धबाबा मन्दिरनजिकै बनेको सुरुङ मार्गको ढोकासमेत पहिरोले बगाउँदा तीन महिनाको लगानी खेर गएको छ। बर्सातको समयमा पनि चिनियाँ कम्पनीले सिद्धबाबा सुरुङ मार्गको काम गरिरहेको थियो। बर्सातको समयमा उक्त क्षेत्र पहिरोको अन्यन्तै जोखिमयुक्त क्षेत्र भएकाले मेसिनले थर्काएको जमिन पहिरोका रूपमा खसेको सिद्धार्थ सुरुङ मार्ग आयोजनाका प्रमुख रामपुकार जैसवालले जानकारी दिनुभयो। क्षतिग्रस्त सुरुङ मार्गको ढोका पुनर्निर्माण गरेर अघि बढ्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको जैसवालले बताउनुभयो। पहिरो जान सक्ने क्षेत्र भएकाले यो समयमा काम नगर्न भने पनि व्यवसायीले कामलाई निरन्तरता दिँदा समस्या भएको उहाँले बताउनुभयो। सुरुङ मार्गको आकार लिइसकेको ढोका पहिरोले बगाएपछि निर्माणमा ढिलाइ हुने आशङ्का गरिएको छ।
लुम्बिनी क्षेत्रमा सैनामैना र पण्डितपुर समेट्न प्रस्ताव
लुम्बिनी विकास कोषको परिषद् बैठकले रुपन्देहीको सैनामैना र पश्चिम नवलपरासीको पण्डितपुरलाई लुम्बिनी विकास कोष क्षेत्रभित्र समेट्न प्रस्ताव गरेको छ। बुद्धकालीन समयमा कपिलवस्तु राज्य अन्तर्गत रहेका १० वटा ठुला सहरमध्ये सैनामैना पनि एउटा प्रमुख सहर रहेको र सैनामैना क्षेत्र भगवान् बुद्धको जीवनसँग जोडिएको संस्कृतिविद् डा. गितु गिरीले बताउनुभयो।