पोखरी निर्माणपछि फुटे पानीका मूल
गाउँघर नजिकका तालतलैया क्षेत्र सुक्न थालेपछि इनारमा पानी आउन छाड्यो। गर्मीमा त पानीको समस्या झनै बढ्न थाल्यो। तालतलैयाको संरक्षण नहुँदा पानीका मुहानहरू पनि सुक्न थालेका थिए। अहिले गाउँघर वरपरका तालतलैयाको संरक्षण समुदायस्तरबाट हुन थालेपछि पानीको मुहानमा पानी आउन थालेको छ।
लुम्बिनी विकास कोष परिषद् ‘सम्पदा मौलिक रूपमै संरक्षण गर्नु पर्छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्पदाहरूको खोजी गरी मौलिक रूपमा संरक्षण गर्ने बताउनुभएको छ। सोमबारदेखि सुरु भएको लुम्बिनी विकास कोष परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री किरातीले पुर्खाहरूले जोगाएको सम्पदालाई मौलिक रूपमै संरक्षण गर्नुपर्ने बताउनुभएको हो। विदेशीको नक्कल गर्दा सम्पदा क्षेत्रभित्र पार्क, फाइभ स्टार होटल जस्ता संरचना बन्न थालेको भन्दै त्यसो हुन नदिने पनि उहाँले उल्लेख गर्नुभयो। कोषका अध्यक्षसमेत रहेका मन्त्री किरातीले सम्पदाहरूलाई संस्कृति र प्रकृतिमैत्री रूपमा विकास गर्नुपर्ने बताउनुभयो।
सिद्धार्थ राजमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध
अविरल वर्षातका कारण सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध बनेको छ । गएरातिदेखि परेको अविरल वर्षात्का कारण सिद्धार्थ राजमार्गको तिनाउ–३, स्थित दोभान नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ ।
सडेको अवस्थामा शव फेला
कपिलवस्तुको विजयनगर गाउँपालिकामा सडेको अवस्थामा शव फेलापरेको छ । सोमबार गाउँपालिकाको वडा ६ उज्ज्वलपुरमा शव भेटिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण रानामगरले बताउनुभयो ।
राप्ती नदीमा बेपत्ता कुमाल मृत फेला
राप्ती नदीमा बगेर बेपत्ता हुनुभएका लमही नगरपालिका वडा नम्बर ९ कोल्तरा निवासी ५२ वर्षीय रामलाल कुमाल मृत अवस्थामा भेटिनुभएको छ ।
मापदण्ड विपरीत सञ्चालित औषधी पसल बन्द गर्न निर्देशन
जिल्ला सदरमुकाम तानसेनका औषधि पसल मापदण्ड पुरा नगरी सञ्चालन भएको पाइएको छ । तानसेनमा सञ्चालित औषधि पसलहरूले पुरा गर्नुपर्ने मापदण्ड पुरा नगरी सञ्चालन गरेको पाइएको हो ।
पुँजीगत खर्च वृद्धि गर्न उद्योग व्यवसायीको माग
उद्योग व्यवसायीले पुँजीगत खर्च वृद्धि गर्न र बैङ्कहरूको धरपकड रोक्न अर्थमन्त्रीसमक्ष आग्रह गरेका छन् । यस्तै, उनीहरूले नेपाल आउने भारतीय पर्यटकले नाकामा अनेक समस्या झेलिरहेको भन्दै समाधान गर्न समेत माग गरेका हुन् ।
रेसुङ्गामा पुरुषोत्तम माहात्म्य सुरु
गुल्मीको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभूमि रेसुङ्गामा पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा पुरुषोत्तम माहात्म्य सुरु भएको छ । रेसुंगा संरक्षण समितिको आयोजनामा काठमाडौंबाट आउनुभएका पण्डित रमेशप्रसाद सुवेदीले पुरुषोत्तम मास तथा विष्णु पुराणको कथा प्रारम्भ गर्नुभएको हो ।
महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक दुई हजार
बाँकेको जानकी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई प्रोत्साहन गर्न मासिक दुई हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।
सय रुपियाँको सामानमा भन्सार लागेपछि सुनौली जाने घटे
सय रुपियाँभन्दा बढीको सामानमा भन्सार लाग्न थालेपछि किनमेल गर्न सीमापारि सुनौलीबजार जाने उपभोक्ता घटेका छन् । सामान किनमेल गर्न बिहानदेखि साँझसम्म सिमावर्ती भारतको सुनौली र नौतनवा पुग्ने नेपाली उपभोक्ताको बिगतजस्तै भीड हिजोआज बेलहिया नाकामा छैन ।
नेपालगञ्जलाई डुबानमुक्त बनाउने तयारी
नेपालगञ्ज डुबानबाट जोगाउन सहरभरिको पानी निकासको मुख्य नाला र पुललाई फराकिलो बनाउन थालिएको छ ।
कर्तव्यनिष्ठ भएर काम गर्न भैरहवा भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिनुभएको छ ।
बाणगङ्गा न्यायिक समितिमा एक वर्षमा ३३ उजुरी, २२ फर्छ्यौट
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा एक वर्षमा २२ उजुरी फर्छ्यौट भएका छन् ।
अर्सा रोटीबाट राम्रोे आम्दानी गर्दै घनीमाया
अर्सा, सेल रोटी र बटुक भन्ने बित्तिकै चाडपर्व, विवाह र विशेष उत्सवमा तयार गरिने परिकारको रुपमा लिइन्छ । विशेष दिनका लागि मात्र होइन, पाल्पाको रामपुर ४ देवीस्थानमा दैनिक यी परिकार पाक्ने गर्छन् ।
स्क्यानर मर्मत नहुँदा हातैले लगेज चेकजाँच
नेपालगन्जस्थित नेपालगन्ज भन्सार कार्यालयमा भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउन भनेर ल्याइएको लगेज स्क्यानर मेसिन बिग्रेको बर्षौं भइसक्यो । भन्सार कार्यालयले मेसिन मर्मत नगर्दा यात्रुको लगेज चेकजाँचमा समस्या भएको छ ।
पाल्पामा समाजवादी मोर्चा गठन
पाल्पामा क्रियाशील चार दलले समाजवादी मोर्चा गठन गरेका छन् ।
घोराही-तुलसीपुर सडक मर्मतको काम सुरु
वर्षाकाे समयमा सडकमा खाल्डखुल्डिका कारण सवारीसाधन सञ्चालनमा समस्या हुन थालेपछि आईतबारदेखि चारलेन सडक मर्मतको काम सुरु भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा नयाँ प्रयोग भयो : अर्थमन्त्री डा. महत
अर्थमन्त्री तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सदस्यले बोल्ने क्रम आज सकिने र मङ्गलबारसम्म प्रस्ताव पारित गरिने बताउनुभएको छ ।
आर्थिक गतिविधिमा सुधार आउँछः अर्थमन्त्री डा. महत
अर्थ मन्त्री डा. प्रकाशशरण महतले पुँजीगत खर्चमा वृद्धि भएसँगै आर्थिक गतिविधि तीव्र रूपमा सुधार आउने बताउनु भएको छ । उहाँले नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारको खर्च गर्ने क्षमता बढ्न थालेको र यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउनु भयो ।
प्रयोगमा नआउँदै भत्कियो शीतभण्डार
दाङको बङ्गलाचुली गाउँपालिकामा निर्माण भएको शीतभण्डार प्रयोगमा नआईकन भत्किएको छ । बङ्गलाचुली गाउँपालिका–५, मुर्कुटीमा निर्माण गरिएको शीतभण्डार भत्किएको हो । कृषि उत्पादनका सामग्री राख्ने गरी निर्माण गरिएको शीतभण्डार भत्किँदा करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । आर्थिक वर्ष २०७६/७७ मा बङ्गलाचुली गाउँपालिकाको करिब ६० लाख, साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिजम) को ५३ लाख र लोहारपानी कृषि सहकारी संस्थाको १३ लाख १५ हजार गरी एक करोड २७ लाख रुपियाँ खर्च गरेर सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरिएको थियो ।
छ हजार पशु सङक्रमित
‘लम्पी स्किन’ (काप्रिपक्स भाइरस) बाट अर्घाखाँचीमा छ हजार २८० गाईभैँसी सङ्क्रमित भएका छन्। यीमध्ये हालसम्म १९२ वटा गाईभैँसी मरेका छन्। जिल्लामा गत वैशाखदेखि गाईभैँसीमा ‘लम्पी स्किन’ सङ्क्रमण देखिएको थियो। यसबाट उन्नत जातका चौपाया बढी मात्रामा सङ्क्रमित भएका छन्।
फोहोर व्यवस्थापन गर्न ‘डोको डस्टबिन’
फोहोर व्यवस्थापन गर्न प्रायः प्लास्टिकका सामग्री प्रयोग गरिन्छ। केही ठाउँमा यस्तो अभ्यास पनि भइरहेको छ। यसले वातावरण सुन्दर राख्नुका साथै मानिसलाई कामकाजी बनाउँदै आर्थिक उपार्जनमा टेवा पु¥याइरहेको छ। त्यस्तैमध्ये एउटा काम हो, ‘डोको डस्टबिन’ । उद्योग वाणिज्य सङ्घ रुकुमपूर्वले बजार क्षेत्रमा फोहोर सङ्कलनका लागि निगालोबाट बुनिएका ‘डोको डस्टबिन’ उपलब्ध गराएको छ। समुदायलाई स्थानीय स्रोतसाधनको उपयोग र वातावरणमैत्री क्रियाकलापमा अभ्यस्त बनाउन निगालोबाट निर्मित ‘डोको डस्टबिन’ उद्योग वाणिज्य सङ्घले निःशुल्क उपलब्ध गराएको उद्योग वाणिज्य सङ्घ, रुकुमपूर्वका अध्यक्ष केबेन्द्र गौतमले बताउनुभयो।
नेपालगन्ज नाकाबाट ६५ अर्बको व्यापार घाटा
सरकारले पटक पटक निर्यातलाई वृद्धि गरेर आयातलाई घटाउने जनाउँदै आए पनि पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट व्यापार घाटा धेरै बढी भएको पाइएको छ । यहाँस्थित जमुनाहा नाकाबाट आयातको तुलनामा अतिनै न्यून परिमाणमा निर्यात भएकाले यो नाकाबाट ६५ अर्बभन्दा बढी व्यापार घाटा भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
बुटवलका पूर्व उपप्रमुख खनालको निधन
बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आज बिहान साढे २ बजे निधन भएको हो ।