तीन किलोमिटर कालोपत्रे आठ वर्षसम्म पनि अधुरै
एउटा सडक निर्माणका लागि सम्झौता गरेको ठेकेदारसँग सात पटकसम्म म्याद थप गर्दासमेत सडकको काम अझै सम्पन्न हुन सकेको छैन । जिल्लाको सदरमुकाम तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी– सूर्यटारी सडकको झन्डै तीन किलोमिटर सडक कालोपत्रे गर्ने कार्य आठ वर्षदेखि अलपत्र हुँदै आएको छ । निर्माणको जिम्मा लगेको ठेकेदारको चरम लापरबाहीका कारण पटक पटक काम सम्पन्न गर्न म्याद थप्ने तर पूरा नगर्दा न त सडकको काम पूरा हुन सकेको न त ठेकेदार कम्पनीलाई जिम्मेवार बनाउन सकिएको छ । जसका कारणले यहाँका स्थानीय बासिन्दाले आठ वर्षयता सास्ती भोग्दै आएका छन् ।
मानव बेचबिखन नियन्त्रणमा ऐक्यबद्धता
मानव बेचबिखन नियन्त्रणका लागि बाँकेका सरोकारवालाले ऐक्यबद्धता जनाएका छन् । नेपालगन्जमा आइतबार मनाइएको मानव बेचबिखन तथा ओसार पसारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसमा सरोकारवालाले सो ऐक्यबद्धता जनाएका हुन् ।
कालोपत्रे भएपछि चिटिक्क तम्घासबजार
गुल्मीको तम्घासबजारको सडक अहिले पुनः कालोपत्रे गरिएसँगै चिटिक्क देखिएको छ । सडक मिचेर बनाइएका पेटीलाई भत्काएर पुनः कालोपत्रे गरिएसँगै अहिले यहाँको बजारको सुन्दरता बढेको छ ।
मोटरसाइकल ठक्करले बालकको मृत्यु
बाँकेको राप्ती सोनारी गाउँपालिका–६ मा नम्बर नखुलेको एक मोटरसाइकलले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ ।
महिला तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधार गर्न अघि बढेका छौँ : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकार प्रदेशका महिला तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण कार्यक्रमका साथ अघि बढेको बताउनुभएको छ ।
सडक र फुटपाथको अतिक्रमण हटाउँदै कृष्णनगर नगरपालिका
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बजार क्षेत्रको अतिक्रमण हटाउने भएको छ । सडक र फुटपाथ कब्जा गरी सामग्री राख्ने, व्यापार गर्ने काम पालिकाले हटाउने तयारी गरेको हो ।
नेपाली कुस्ती टोली नेपालगन्जमा
चीनको हाङझाउमा आयोजना गरिने १९ औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली राष्ट्रिय कुस्ती टोली नेपालगन्ज पुगेर प्रशिक्षण गरिरहेको छ। दुई महिने प्रशिक्षणका लागि भारतको उत्तरप्रदेश जाने क्रममा नेपालगन्ज पुगेको कुस्ती टोलीले एक सातादेखि यहाँ प्रशिक्षण गरिरहेको छ।
एमाले लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
नेकपा (एमाले) लुम्बिनी प्रदेश सङ्गठन कमिटीको आयोजनामा भएको लुम्बिनी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम आइतबार समापन भएको छ । भेलाले पन्ध्रबुँदे घोषणापत्र जारी गरेको छ ।
ग्वार खोला जलाशय प्रदेशकै प्राथमिकता : मन्त्री मास्की
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले ग्वार खोलामा जलाशय निर्माण प्रदेशकै प्राथमिकतामा राखिएको बताउनुभएको छ ।
‘सुन तस्करीको फाइल रोकिए गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुन काण्डको गहिराइमा पुगेर अनुसन्धान गर्न आग्रह गर्नुभएको छ । फाइल बीचैमा रोकिए गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ उहाँले भन्नुभयो ।
बसेरीमा एक व्यक्ति मृत फेला
गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–७, बसेरीमा बागलुङको गल्कोट नगरपालिका वडा–२ का ४९ वर्षीय प्रेमलाल दर्जी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
प्रतिबन्धित कुखुरा र चल्लाको अवैध आयात रोकिएन
वर्डफ्लु भित्रिने आशङ्कामा भारतमा उत्पादित चल्ला, कुखुरा र अण्डाको आयातमा प्रतिबन्ध लगाइए पनि भारतबाट अवैध रूपमा ल्याउने क्रम रोकिएको छैन ।
बाँकेमा 'कन्जक्टिभाइटिस एनिडो भाइरस'को सङ्क्रमण
उम्सो गर्मीका कारण ज्वरो, निमोनिया र पखालाका बिरामी बढी रहेकै बेला बाँकेमा पछिल्लो समयमा आँखा पाक्ने रोगका धेरै बिरामी अस्पताल आउन थालेको आँखा अस्पतालले जनाएका छन् ।
टिमुर खेतीबाट मनग्य आम्दानी
बारीको छेउ, ढिक, खोरिया तथा वनमा लगाएको टिमुर खेतीले पाल्पाका दुई हजार किसानलाई फाइदा पुगेको हो ।
निर्माण व्यवसायीले ३२ करोडभन्दा बढी रकम भुक्तानी पाएनन्
जिल्लाका निर्माण व्यवसायीले काम गरेबापतको रकम भुक्तानी पाउन सकेका छैनन् ।
म्यानेजमेन्ट पढेर बिरुवा उमार्दै अर्याल दम्पती
कपिलवस्तु नगरपालिका –६ तिलौरीका अर्याल दम्पतीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । वर्षायाम सुरु भएसँगै फुल र फलफुलका विरुवा लगाउने समय भएपछि माग बढेको छ ।
आठ हजार बढी राष्ट्रिय परिचयपत्र प्रशासनको खातमा
जिल्ला प्रशासन कार्यालय गुल्मीमा आठ हजार ७४ राष्ट्रिय परिचयपत्र बनेर आएपनि परिचयपत्र लिन आउनेको सङ्ख्या भने न्यून रहेको पाइएको छ ।
अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा
गत रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । वर्षात्का कारण तिनाउ –३, रामापिथेकस नजिकै सुरुङ् मार्गमाथिबाट खसेको पहिरोले पुरिएर अबरुद्ध सडक एकतर्फी खुलाइएको हो ।
मुहर्रमः हुसैनको त्याग र बलिदानको सम्झना
इस्लामिक क्यालेन्डर अनुसार मुहर्रम इस्लाम धर्मको पहिलो महिना हो । यसलाई ‘हुरमतको महिना’, ‘गम र मातम’को महिना पनि भनिन्छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि यो महिना पैगम्बर मुहम्मदका नाति इमाम हुसेन ‘सहिद’को सम्झनामा धूमधामका साथ मनाइँदैछ ।
नागरिकताभन्दा राहदानी बनाउने धेरै
बाँकेमा नागरिकताको प्रमाणपत्र बनाउनेभन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा १२ हजार ८६ जनाले राहदानी बनाएका छन् ।
बाँकेमा तीन लाख ५२ हजार क्यु फिट काठ उत्पादन
बाँके जिल्लामा गत आर्थिक वर्ष २०७९–०८० मा साढे तीन लाख क्यु फिटभन्दा बढी काठ उत्पादन भएको छ ।
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । तिनाउ–३, रामापिथेकस पार्क नजिकै सुरुङ मार्गको उत्तरतर्फको ढोकामा पहिरो खसेपछि राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
स्वास्थ्य र शिक्षामा विशेष जोड दिएका छौँ
कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा मधेशी मूलका नागरिकको बाहुल्यत रहेको छ। यद्यपि यहाँ विभिन्न जातजाति तथा धर्म संस्कृति मान्ने समुदायको बसोबास हुँदै आएको छ। पछिल्लो समय महाराजगन्ज नगरपालिकामा भइरहेको पूर्वाधार विकास, आर्थिक तथा सामाजिक गतिविधिलगायतका विषयमा नगर प्रमुख अब्दुल कलाम खाँसँग गोरखापत्रका तौलिहवा समाचारदाता नारद कोहारले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :
गुल्मीमा कुलो खन्दा तीन जना घाइते
गुल्मीमा कुलो खन्दा तीन जना घाइते भएका छन् ।