लैङ्गिक संवेदनशीलता र भाषासम्बन्धी गोष्ठी
लैङ्गिक संवेदनशीलता कथा लेखन र भाषाका विषयमा नेपालगन्जमा दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ । बिहीवारदेखि सञ्चालनमा आएको सो कार्यशाला आज सम्पन्न हुनेछ । अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवाललाई सञ्चारमाध्यममा कसरी उठान गर्ने भन्ने विषयमा क्षमता अभिवृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो ।
रोपाइँ सकिएलगत्तै थारु समुदायमा सावनी पूजा
रुपन्देहीका थारु समुदायले रोपाइँ सकेपछि गरिने सावनी पूजा सम्पन्न गरेका छन् । रोपाइ गर्ने क्रममा हलो र कोदालोले खनजोत गर्दा अनेकौं किरा फट्याङ्ग्रा र विभिन्न जीवजन्तु समेत मर्ने भएकाले त्यसको दोष नलागोस् भनेर प्रत्येक बर्ष तराईमा रोपाइ सकेपछि सावनी पूजा गर्ने परम्परा रहिआएको छ ।
जङ्गली जनावरको आक्रमणबाट एक वर्षमा एकको मृत्यु
बाँके राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०७९-०८० मा जङ्गली जनावरका कारण एक जनाको मृत्यु भएको छ भने चार सय बढी घटना घटेको तथ्याङ्क छ।
सामुदायिक ‘होमस्टे’मा जीन बैंक
बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीस्थित सामुदायिक होमस्टेमा गाभर भ्याली सामुदायिक जीन बैंक निमार्ण गरिएको छ ।
डेङ्गु फैलाउने लाम्खुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु
डेङ्गुको सङ्क्रमणबाट हुनसक्ने महामारी रोकथाम र नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय इलाम र इलाम नगरपालिकाले बजार क्षेत्रमा लार्भा नस्ट गर्ने अभियान चलाएको छ ।
बाँकेका नाकाबाट २८८ महिला, किशोरी र बालबालिकाको उद्धार
महिला बेचबिखनविरुद्ध सक्रिय रहेको एक संस्थाले एक वर्षमा बाँकेका विभिन्न नाकाबाट २८८ जना महिला, किशोरी तथा बालबालिकाहरुको उद्धार गरेको छ ।
विद्यार्थीलाई कानुन सिकाउँदै प्रहरी
प्रहरीले बिहीबार नेपालगञ्जस्थित मंगल प्रसाद नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई कानुन सम्बन्धि जनचेतनामूलक प्रक्षिक्षण प्रदान गरेको जनाएको छ ।
फूलखेतीबाट राम्रो आम्दानी गर्दै लोकेन्द्र
घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेतीमा हुनुहुन्छ । वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उहाँको योजना फूलखेतीबाट पूरा भएको छ ।
सर्पदंशको जोखिम उच्च : पच्चीस जनाको ज्यान गयो
रुपन्देहीको तिलोत्तमा नगरपालिका–९, दक्षिणटोला निवासी ४० वर्षीय अम्बिका भुसाललाई साउन १ गते घरभित्र पसेर सर्पले टोक्यो। त्यसको एक हप्तापछि उहाँकी छोरी १४ वर्षीय पूजा भुसाललाई पनि सर्पले टोक्यो। उहाँलाई तत्कालै अस्पताल पु-याएकाले ज्यान जोगियो। रुपन्देहीको तिलोत्तमामा जस्तै तराईका जिल्लामा सर्पको टोकाइ (सर्पदंश) का घटना धेरै छन्। लुम्बिनी प्रदेशका १२ जिल्लामा गत आर्थिक वर्षको साउन महिनादेखि जेठ मसान्तसम्म ३१७ जनालाई सर्पले टोकेकोमा २५ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी, कपिलवस्तु, बर्दिया र बाँके जिल्लामा सर्पको टोकाइ उच्च छ।
नदीजन्य पदार्थको राजस्व लक्ष्यभन्दा निकै कम
दाङमा नदीजन्य पदार्थको राजस्व चुहावट हुँदा लक्ष्यभन्दा निकै कम राजस्व सङ्कलन भएको छ। जिल्लाका १० पालिकाले गत आर्थिक वर्ष २०७९/८० मा नदीजन्य पदार्थ तथा खानीजन्य वस्तु बिक्री गरेर ६६ करोड ४९ लाख दुई हजार राजस्व उठाउने लक्ष्य राखे पनि जम्मा सात करोड २० लाख ६६ हजार रुपियाँ सङ्कलन भएको छ।
छोटी भन्सार नहुँदा समस्या
बाँकेस्थित नेपाल–भारत मुख्य नाकामा रहेको नेपालगन्ज भन्सार कार्यालयले गत केही वर्षयता राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन सकेको छैन । नेपालगन्ज भन्सार कार्यालयका अनुसार केही वर्षयता हरेक वर्ष निर्धारण गरिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भइरहेको छ । भन्सारका एक अधिकृतका अनुसार राजस्व सङ्कलन घट्नुको एक प्रमुख कारण सशस्त्र द्वन्द्वका बेला बन्द गरिएका बाँके जिल्लाका छोटी भन्सार कार्यालयहरू अझै पुनस्र्थापना नहुनु पनि हो ।
पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध
अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो ।
रक्तदाता कर्माचार्यद्वारा १७५ पटक रक्तदान
नेपालको सर्वाधिक रक्तदाताको पहिचान बनाउनुभएका प्रेमसागर कर्माचार्यले १७५ औँ पटक रक्तदान गर्नुभएको छ ।
जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पाको तानसेनमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका–८, पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराई रहेका छन् ।
७० वर्षीय पुरुष मृत फेला
गुल्मीमा एक पुरुष मृत फेला पर्नुभएको छ । बिहीबार जिल्लाको मालिका गाउँपालिका –३, ह्वाङ्दीका ७० वर्षीय नन्दे विक मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
स्वर्गद्वारीमा भारतीय तीर्थालुकाे भीड
जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा भारतीय तीर्थालु बढेका छन् । साउन महिना सुरु भएसँगै भारतबाट आउने तीर्थयात्री बढेको आश्रमले जनाएको छ ।
गर्जेनीको पहिरोले प्युठान यात्रा सकस
प्युठान–भालुबाङ–प्युठान सडक खण्डको गर्जेनीमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । अप्ठ्यारो ठाउँ भएकाले पैदल हिँड्नसमेत मुस्किल परेको छ ।
बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी पालिकाको सुविधाबाट वञ्चित
कोहलपुर नगरपालिकाले सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिर्ने र बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीहरूलाई पालिकाबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गरिने भएको छ ।
व्यावसायिक कागती खेतीबाट मनग्गे आम्दानी
सरकारी जागिरको अवधि सकिएपछि दाङमा एकजना व्यक्ति व्यावसायिक कागती खेतीमा लाग्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका –३ भट्टे निवासी कर्णबहादुर वली विगत चार बर्षदेखि व्यावसायिक कागती खेतीमा लाग्नुभएको हो ।
नेपालगञ्ज नाकाबाट वर्षेनी एक अर्बको आलु आयात
नेपालगञ्ज नाकाबाट मात्रै वर्षमा एक अर्ब हाराहारीको आलु भारतबाट आयात हुने गरेको पाइएको छ ।
घोराही उपमहानगरले आँखाको निःशुल्क शल्यक्रिया गर्ने
दाङको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ मा आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ ।
ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार
बुढ्यौलीमा लौरो टेकेर हसिलो मुद्रामा आफ्ना साथीहरु, छिमेकीसँग मनका दुःख सुख पोख्दै अहिलेका परिवर्तनका कुराहरु साटासाट गर्नुहुन्छ । रामपुर नगरपालिका–२ अत्रवासका विक सामाजिक सुरक्षा भक्ता, परिचयपत्र नवीकरण, स्वास्थ्य परीक्षण तथा औषद्योपचार सेवा पाएपछि उहाँलाई स्थानीय सरकार नै जनताको सरकार भएको बताउनुहुन्छ ।
सामुदायिक वनमै कुहिए काठ
१३ वटा सामुदायिक वनको काठ काटेर घाटगद्दी (चाङ) लगाएर राखेको लामो समय बितिसक्दा पनि उठ्न सकेको छैन। जसले गर्दा बर्सात्को समयमा काठ भिजेर कुहिने जोखिम बढेको छ। २०७२ देखि २०७६ सालसम्म कटान भएका २० हजार ८८० क्युफिट काठ र ४२ चट्टा दाउरा सामुदायिक वनमा घाटगद्दीमै रहेको छ। लमही नगरपालिका–९ स्थित अमिलिया सामुदायिक वनमा ४२.८ क्युफिट काठ र १.५ चट्टा दाउरा, आमखोली सामुदायिक वनको १६३.४० क्युफिट काठ रहेको छ।
पाँच महिनाअघि खान अयोग्य, अहिले योग्य
नेपालगन्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले साढे पाँच महिनाको अवधिमा एउटै चामलको परीक्षण गर्दा पहिलो पटक एउटा र दोस्रो पटक अर्को प्रतिवेदन पठाएको पाइएको छ। सो कार्यालयले गत माघ १८ गते गरेको परीक्षणबाट विश्व खाद्य कार्यक्रमले ल्याएको चामललाई भिजेको, गन्ध आएको र खान अयोग्य रहेको भनेर प्रतिवेदन दिएको थियो भने सोही चामलको पुनः साउन ३ गते परीक्षण गर्दा खानयोग्य र गुणस्तरीय भनेर प्रतिवेदन दिएको छ।