सामुदायिक वनभित्र फलफूल खेती, सदस्यहरूलाई आम्दानी
बाँकेको कोहलपुर नगरपालिका–१२ मा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समूहले फलफूल उत्पादनलाई आम्दानीको स्रोत बनाएको छ ।
पोखरीमा डुबेर दाजुभाइको मृत्यु
कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको छ । यादव दाजुभाइको मृत्युपछि बगही गाउँ शोकमा डुबेको छ । उक्त गाउँका रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो ।
घरबाट हराएका दाजुभाइ मृत फेला
कपिलवस्तुको कृष्ण नगर नगरपालिका ५ बगहीमा खाडलमा डुबेर दाजु भाइको मृत्यु भएको छ । मङ्गलवार देखी हराएका वर्ष ५ का राजन यादव र वर्ष ७ का दाजु साजन यादवको शव घर नजिकैको पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मिन घलेले बताउनु भयो ।
कटान गरेको स्थल उत्खनन हुने
गत साउन १३ गतेको गोरखापत्रमा प्रकाशित ‘नदीको भेलसँगै बग्दै पुरातात्त्विक सम्पदा’ सम्बन्धी समाचारको प्रभाव परेको छ। समाचार प्रकाशित भएसँगै लुम्बिनी विकास कोषद्वारा लुम्बिनी सांस्कृतिक नगरपालिका–१२, निपनियामा दानव नदीले कटान गरेको पुरातात्त्विक स्थलको अनुगमन गरेको हो। उक्त स्थलको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यसहितको टोलीले अनुगमन गरेको छ।
लुम्बिनी सरकारका सय दिन : दुई लाख रोजगारी सिर्जना गरिने
लुम्बिनी प्रदेश सरकार गठन भएको सय दिन बितिसक्दा पनि मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन। सरकारले पूर्णता पाउन बाँकी रहे पनि गठबन्धनमा भागबन्डा मिलाउन दुई मन्त्रालय थप्ने तयारी हुन थालेको छ। प्रदेशका मुख्यमन्त्री डिल्लीप्रसाद चौधरीले भागबन्डा मिलाउन मन्त्रालय थप्ने तयारी गर्नुभएको छ। मुख्यमन्त्रीसहित १० मन्त्रालय रहेको प्रदेशमा थप दुई मन्त्रालय बनाउने तयारी गरिएको हो। दुई मन्त्रालय थप गरेर साउनभित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने गृहमन्त्री तथा सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिनुभयो।
सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै
पाल्पामा पछिल्लो तीन वर्षको अवधिमा सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्या बढ्दै गएको छ। आर्थिक वर्ष २०७९/८० मा ४४३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत पाल्पाले जनाएको छ। गत आवमा अदालतमा कुल दर्ता भएको एक हजार १७ मुद्दामध्ये ४४३ सम्बन्धविच्छेदकै रहेको अदालतका तहसिलदार भेषराज खनालले जानकारी दिनुभयो।
रोल्पा बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो
रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । शहीदमार्ग अन्तर्गत परिवर्तन गाउँपालिकाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँस्थीत रिचीमा दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको हो ।
बाँध र निकास नहुँदा डुबानको समस्या
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुरका भुलई धुनियाको घर खोला तटबाट एकसय मिटरभित्र छ । बर्खाको समयमा दानव खोलाको बाढीले बर्सेनि घर डुबानमा पर्ने हुनाले उहाँलाई गाउँमा रहेको आश्रयस्थलमा बिताउनुपर्ने बाध्यता छ ।
लुम्बिनीमा कुषाणकालीन इनारको उद्धार उत्खनन् गरिने
बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनिया दानव नदी किनारमा देखिएको कुषाणकालीन माटोद्वारा निर्मित इनारको उद्धार उत्खनन् हुने भएको छ ।
कृष्ण नगरपालिकाका कर्मचारी साकिरविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौँ तहका कर्मचारी साकिहर अहमदविरुद्ध एक करोड ५५ लाख ७९ हजार ६९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
रोल्पा बस दुर्घटना अपडेट : चार जनाको मृत्यु, १५ घाइते
शहीदमार्ग अन्तर्गत परिवर्तन गाउँपालिकाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गैरीगाउँस्थीत रिचीमा दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको हो।
गुल्मीमा शनिबारदेखि हराएका दुई किशोरी भेटिए
गुल्मीमा शनिबार रातिदेखि हराएका दुई किशोरी जिल्लाको सदरमुकाम तम्घासमा फेला परेका छन्।जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ का १४ र १५ वर्षीया दुई किशोरी हराएका थिए।
पूर्व पश्चिम राजमार्ग : एउटै बसको ठक्करले १० गाई र गोरु मरे
कपिलवस्तुको पूर्व पश्चिम राजमार्गको खारखानीमा बसको ठक्करबाट १० छाडा चौपया मरेका छन्।
रोल्पामा बस दुर्घटना
रोल्पामा यात्रवाहक बस दुर्घटनामा परेको छ । शहीदमार्ग अन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस परिवर्तन गाउँपालिकाको वडा नं. ७ ऋचि भन्ने ठाउँकाे घुम्तीमा दुर्घटनामा परेको हो ।
नेपालगञ्ज र खजुराका विद्यालय चार दिन बन्द
बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि नेपालगञ्ज र खजुराका सबै विद्यालय चार दिनका लागि बन्द गरिएको छ।
पहिरो खसेपछि घोराही–लमही सडक अवरुद्ध
घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सामुदायिक वनमा कागती खेती
बाँकेको एक सामुदायिक वनले कागती खेती गर्न सुरु गरेपछि त्यसबाट सो वनका उपभोक्तालाई राम्रो आम्दानी हुन थालेको छ । जिल्लाको कोहलपुर नगरपालिका–१२ मा रहेको सिर्जना सामुदायिक वनले गरेको सामूहिक कागती खेतीबाट समूहले मनग्गे आम्दानी गरिरहेको सामुदायिक वनका उपभोक्ताले जनाएका छन् ।
क्रिकेट सङ्घ दाङको अध्यक्षमा मजगैयाँ निर्वाचित
जिल्ला क्रिकेट सङ्घ दाङको अध्यक्षमा पुनः प्रदीप मजगैयाँ निर्वाचित हुनुभएको छ ।
विद्यालयमा आँखा पाक्ने रोगको औषधि वितरण
बाँकेका विभिन्न पालिकाका बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि विद्यालयमै पुगेर औषधि वितरण सुरु गरिएको छ ।
डेंगु सङ्क्रमणका कारण महिलाको मृत्यु
पाल्पामा डेंगु सङ्क्रमित महिलाको मृत्यु भएको छ । तानसेन–६, बर्तुङ्की ६९ वर्षीया महिलाको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा साउन २१ गते साँझ मृत्यु भएको हो ।
पाल्पामा आँखा पाक्ने रोगको बढ्दो सङ्क्रमण
दुई हप्तादेखि पाल्पामा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दैगएको छ । नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत रहेको पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेन र कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरमा आँखा पाक्ने समस्या लिएर आउने बिरामी बढ्दैगएको जनाएको छ ।
लम्पी स्किनविरुद्धको खोप लगाउन सुरु
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पशुमा महामारीको रुपमा फैलिएको लम्पी स्किनविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
अस्पतालमा डेंगु सङ्क्रमित बिरामी बढ्दै
पाल्पामा डेंगुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या बढेको छ । जिल्लाका विभिन्न स्थानका अस्पतालहरूमा डेंगुबाट सङ्क्रमित बिरामीको सङ्ख्या बढेको हो । साउन महिनायता डेंगुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
धान जोगाउन ‘हरेली पूजा’ (फोटो फिचर)
जिल्लाको भूमे गाउँपालिका–३ सीमावासीले ‘हरेली पूजा’ गरेका छन् । सीमावासीले हरेक वर्ष धानबाली जोगाउन ‘हरेली पूजा’ गर्ने गरेका छन् ।