बाँकेमा रगत अभाव : रक्तदानका लागि रक्तसञ्चार केन्द्रको अपिल
पश्चिम नेपालका तीन वटा प्रदेशका गम्भीर अवस्थाका बिरामीको उपचार हुँदै आएको नेपालगन्जमा फेरि रगत अभाव हुन थालेको छ ।
शुद्धोधनको बजेट ५६ करोड ४८ लाख
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ५६ करोड ४८ लाख आठ हजार २३ रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
स्थानीय तहका न्यायिक समितिमा उजुरीको चाङ
दाङका १० स्थानीय तहका न्यायिक समितिमा एक वर्षको अवधिमा करिब सात सय उजुरी परेका छन् । स्थानीय तहका वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार आर्थिक वर्ष २०७९/८० मा जिल्लाका १० वटै तहका न्यायिक समितिमा ६८४ वटा उजुरी परेका हुन् । न्यायिक समितिमा परेका ६८४ वटा उजुरीमध्ये ४७३ वटा उजुरीमा मिलापत्र गरिएको छ। गत आव जिल्लामा सबैभन्दा बढी उजुरी तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा १३४ वटा उजुरी परेका छन् भने सबैभन्दा कम उजुरी राजपुर गाउँपालिकामा १६ वटा मात्रै उजुरी परेका छन् ।
कपिलवस्तुको खानेपानी समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता
खानेपानी मन्त्री महिन्द्राराय यादवले कपिलवस्तुमा भएको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी
कपिलबस्तुमा विषालु च्याउ खाँदा एकै घरका सात जना बिरामी भएका छन् ।
करेन्ट लाग्दा नातिनीको मृत्यु, हजुरआमा घाइते
कपिलवस्तुको विजयनगर गाउँपालिका–२ जर्लैयामा करेन्ट लागेर छ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँदअली भाँटको छोरी साहिना खातुन रहेको प्रहरीले जनाएको छ ।
घरधनीलाई कुटपिट गरी लुटपाट, तीन पक्राउ
दाङमा बिहीबार राति घरधनीलाई कुटपिट गरेर लुटपाट भएको छ । घोराही उपमहानगरपालिका– १२ रामकोटका स्थायी ४छ वर्षीय मानबहादुर बस्नेतको घरमा बिहीबार राति लुटपाट भएको हो ।
ललिता निवास प्रकरणको छानबिनका लागि सहयोग गर्न तयार छु : भट्टराई
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
पुल बनेसँगै घट्यो दूरी
गोकर्ण पौडेल तुलसीपुर, साउन २६ गते । तुलसीपुर– १ को ठाँटीगाउँदेखि बजारसम्म आउनका लागि करिब १२ किलोमिटर यात्रा गर्नुपर्थ्याे । तर वडा नम्बर १ र ३ जोड्ने भमके खोलामा पुल बनेपछि दूरी घटेको छ । पुल बनेपछि ठाँटीगाउँबाट वडा नम्बर १ र वडा नम्बर ३ को भट्टे हुँदै तुलसीपुर बजारसम्म आउन सहज हुने भएको छ । सल्यान जिल्लाको लुहाम पुग्नका लागि अब दूरी घट्ने भएको छ । तुलसीपुरको अश्वार हुँदै भट्टे, कालीमारे, मखनटाकुरी हुँदै सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका लुहाम जोड्ने सडकखण्ड अन्तर्गत भमके खोलामा पुल नहुँदा वर्षायाममा यात्रा गर्नका लागि सहज भएको छ । तुलसीपुर उपमहानगरपालिका – ३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माका अनुसार त्यस सडकखण्डमा पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहज भएको छ । तुलसीपुरबाट सल्यान जिल्लामा पुग्नका लागि तीन वटा सडक छन् । वडाध्यक्ष विश्वकर्माले राप्ती राजमार्गअन्तर्गत तुलसीपुर कपुरकोट सडकखण्ड पहिरोका कारण निकै जोखिममा रहेकाले यस सडकखण्ड सल्यानका पुग्नका लागि छोटो र वैकल्पिक मार्गका रूपमा प्रयोगमा सकिने बताउनुभयो । उहाँले पुल निर्माण भएपछि सल्यान जिल्लामा पुग्ने यात्रुका लागि अब वर्षायाममा समेत यात्रा गर्न सहज भएको जानकारी दिनुभयो । वडा नम्बर १ का वडाध्यक्ष हुमकान्त सापकोटाले पुल निर्माण भई सञ्चालनमा आएपछि वर्षायाममा आवतजावत गर्न हुने कठिनाइ समाधान भएको बताउनुभयो । त्यस्तै, तुलसीपुरको वडा नम्बर ९ दोघर्रे, प्रतापकोट हुँदै सल्यानको फलावाङसम्म पुग्नका लागि सडक छ । सल्यान जिल्लामा तुलसीपुरबाट पुग्नका लागि दूरीका दृष्टिकोणले सबैभन्दा कम दूरीको सडकखण्ड दोघर्रे प्रतापकोट सडक खण्ड छ । उक्त सडकबाट सल्यान, रुकुम र जाजरकोटसम्म पुग्न सकिन्छ । तुलसीपुर उपमहानगरपालिकाको दुई करोड ६४ लाख ५८ हजार ९६८ रुपियाँको लागतमा भैरव निर्माण जेभीले पुलको निर्माण गरेको हो ।
मोटरसाइकल र स्कुटी चोरीमा संलग्न छ जना पक्राउ
विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने छ जनालाई पक्राउ गरी तुलसीपुर इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।
तुलसीपुरमा ऐलानी जग्गा उपायोग ‘कार्ड’ वितरण
सुकुम्बासीलाई लालपुर्जा दिने कार्यक्रमअन्तर्गत उक्त कार्ड वितरण गर्न लागिएको उपमहानगरपालिकाको सामाजिक विकास समिति संयोजक मानबहादुर रावतले बताउनुभयो । “वडा नं ११ मा हामीले सुरु गरेका छौँ, अन्य वडामा पनि सुरु भइरहेको छ”, उहाँले भन्नुभयो, “यो अभियान तीव्रताका साथ अघि बढाएका छौँ ।”
कालीगण्डकी करिडोर अवरुद्ध
कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरदेखि अर्वेनी सडक खण्डको ठूलाखोलामा सडक माथिबाट ठूलो पहिरो खसेका कारण बिहीबार दिउँसोदेखि सडक अवरुद्ध भएको हो ।
गुल्मीका बेपत्ता डिल्लीराज मृत फेला
गुल्मीमा साउन ९ गते देखी हराएका एक पुरुष मृत फेला परेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्वर ३ सिर्सेनीका ३२ वर्षीय डिल्लीराज अर्याल सिम्लेको खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पुन माथि खुकुरी प्रहार गर्ने छ जना पक्राउ
दाङको घोराहीमा धारिलो हतियार प्रहार गरि फरार रहेका ६ जनालाई प्रहरीले १४ दिनपछि पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१८ शङ्खे पिपल नजिक साउनको १० गते राती १२ बजे अपरिचित व्यक्तिको खुकुरी प्रहार गर्दा घोराही उपमहानगरपालिका–१३ लाहुरे डाँडा बस्ने १८ वर्षीय तीर्थबहादुर पुन गम्भीर घाइते हुनु भएको थियो ।
सामुदायिक वनमा फोहोर फाल्दा...
ङको लमहीमा पूर्व पश्चिम राजमार्गदेखि पाँच सय मिटर उत्तरतर्फ फोहोर फाल्ने गरिन्छ। धेरै फोहोर जम्मा भयो भने फोहोरमै आगो लगाइन्छ। जब फोहोरमा आगो लगाइन्छ, आगोको धुवाँले लमही बजार धपक्कै ढाकेको हुन्छ। फोहोरमा लागेको आगोको धुवाँले निसासिने, आँखा पिरो हुने, आँखा चिलाउने जस्ता समस्या हुने गरेका छन्। यो समस्या लमहीका स्थानीयले लामो समयदेखि भोग्दै आइरहेका छन्।
पाण्डवेश्वरमा ‘गङ्गा आरती’ उत्साह
घोराहीको धारापानीस्थित प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिरमा गङ्गा आरती लगाउन थालिएको छ। उक्त आरती हेर्न भक्तजन तथा दर्शनार्थीको बाक्लै भिड लाग्ने गरेको छ। यस मन्दिरमा बृहत् पुरुषोत्तम माहात्म्य प्रवचन एवं शृङ्गारिक महाआरती बोलबम महोत्सव आयोजना गरिएको छ। साउन महिनामा हुने मलमासको समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव पाण्डवेश्वर महादेव मन्दिरमा पहिलो पटक सञ्चालन भएको हो । साउन २ गतेदेखि मन्दिरमा साँझ नियमित रूपमा शृङ्गारिक गङ्गा आरती, मण्डव पूजा तथा हवन सञ्चालन, पुरुषोत्तम माहात्म्य पाठलगायतका कार्य भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महामहोत्सव मूल व्यवस्थापन समितिका संयोजक गणेशकुमार अधिकारीले बताउनुभयो।
मासिक दुई लाख रुपियाँभन्दा बढी कमाइ
रोजगारीको सिलसिलामा दक्षिण कोरियामा पाँच वर्ष बसेर फर्किएका एक युवाले रुपन्देहीमा लोभलाग्दो बङ्गुरपालन गरेका छन् । रुपन्देहीको तिलोत्तमा–१५ का रोहितसिंह आलेले यसअघि कम्प्युटर इन्जिनियर भए पनि कोरिया पुगेर सिकेको सिपलाई स्वदेश फर्केपछि उद्यममा उतार्नुभएको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाद्वारा पदभार ग्रहण
लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले पदभार ग्रहण गर्नुभएको छ ।
भन्सार छलेर ल्याइएका कपडा बरामद
सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्का ज्वालामाई गण भालुवाङले भन्सार छलेर ल्याइएका कपडा बरामद गरेको छ ।
पौडी खेल्ने क्रममा डुबेर सुनार बेपत्ता
पौडी खेल्ने क्रममा खजुरा गाउँपालिका वडा नम्बर ७ स्थित जेठीनालामा डुबेर बेपत्ता भएका खजुरा ६ शान्तिनगरका १५ वर्षिय विकास सुनार अझै फेला परेका छैनन् ।
सर्लाहीमा पुलमुनि युवकको टाउको भेटियो
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी पुल मुनी अज्ञात युवकको टाउको मात्रै फेला परेको छ ।
सरकारी जग्गा ओगट्ने तर प्रयोग नगर्ने बढे
दाङको लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पस भवन लमही नगर विकास समितिको जग्गामा छ। उक्त क्याम्पसमा हाल दुई हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्छन्। यस्तै लमही आँखा अस्पतालको भवन पनि नगर विकास समितिले उपलब्ध गराएको जग्गामा छ। उक्त अस्पतालमा दाङ देउखुरीसहित छिमेकी जिल्ला र भारतबाट समेत दैनिक दुई सयको हाराहारीमा उपचारका लागि आउने गर्छन्। यी संस्थाका लागि थप जग्गाको आवश्यकता छ। जनसेवामा लागेका यी र यस्ता संस्थाको आफ्नै नाममा लालपुर्जा नहुँदा स्वदेशी तथा विदेशी दाताले उपलब्ध गराउने रकम पाएका छैनन्।
अस्पताल भवन निर्माण अलपत्र
निर्माण कम्पनीको लापरबाहीका कारण अर्घाखाँचीको शीतगङ्गा नगरपालिकास्थित ठाडा प्राथमिक अस्पतालको भवन निर्माण कार्य अलपत्र परेको छ। २०७७ साल चैतमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि तीन वर्ष ढिलो भइसक्दा पनि निर्माण कार्य ठप्प छ। अस्पतालको भवन पूर्ण रूपमा निर्माण भएको छैन। निर्माण भएका संरचना पनि अस्तव्यस्त छन्। स्काई भुसाल जेभी अर्खाखाँचीले २०७६ साल असारमा पाँच करोड ६५ लाख नौ हजार ५७२ रुपियाँमा ठेक्का पाएको थियो।
जग्गाको पुर्जा माग गर्दै ज्ञापन
कपिलवस्तुमा तौलिहवाको मुख्य बजारसहितका अन्य क्षेत्रका बाल बटोरी जग्गाको लालपुर्जा माग गर्दै स्थानीयले ज्ञापनपत्र बुझाएका छन् ।