बढ्दै डेङ्गु रोगको सङ्क्रमण
दाङमा पछिल्लो समय डेङ्गु रोगको सङ्क्रमण बढ्न थालेको छ। पानी परेसँगै पछिल्लो समय जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो। जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जिल्लामा हालसम्म ९१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार जिल्लामा सबैभन्दा धेरै सङ्क्रमित तुलसीपुर उपमहानगरपालिकामा २९ जना देखिएका छन्। लमही नगरपालिकामा २३, राप्ती गाउँपालिकामा १२, घोराही उपमहानगरपालिकामा १४ र गढवा गाउँपालिकामा १३ जनामा डेङ्गु सङ्क्रमण देखिएको चन्दले बताउनुभयो।
सिँचाइ नहर निर्माण भएपछि कृषक लाभान्वित
कपिलवस्तु बाणगंगा नगरपालिका –९ भर्तापुरका कृषक गोविन्दप्रसाद बन्जाडेले यस वर्ष राम्रोसँग ब्याड राख्न पाउनुभयो । खेतबारीमा पक्की नहर आएपछि खेती गर्न पाउनुभयो ।
सेवा प्रवाहमा सबै तहका कर्मचारीको समान दायित्व हुन्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै तहका कर्मचारीले राज्य सञ्चालनमा समान दायित्व महसुस गरेर सेवा प्रवाहको काम गर्नुपर्ने बताउनुभएको छ ।
आँखा पाक्ने समस्या बढेपछि विद्यालय बन्द
विद्यालयका बालबालिकामा आँखा पाक्ने सङ्क्रमण फैलिएपछि पाल्पास्थित रामपुरका सात वटा विद्यालय बन्द गरिएको छ ।
केरा खेतीमा कृषकको बढ्दो आकर्षण
गुल्मीमा खेरा खेती कृषकको आम्दानीको मुख्य स्रोत बनेको छ । थोरै परिश्रमबाट धेरै आम्दानी लिन सकिने भएपछि यहाँका कृषकहरूको केरा खेतीमा आकर्षण बढेको हो ।
सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सुशासन र भ्रष्टाचारविरुद्ध प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बाँकेमा ९५ प्रतिशत रोपाइँ सम्पन्न
बाँकेमा वर्षा ढिलो सुरु भएपछि रोपाइँ ढिलोगरी सुरु भए पनि साउन सकिन लाग्दा रोपाइँ सम्पन्न हुन थालेको छ । हालसम्म बाँकेमा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।
मुद्दा जितेको उपहार गाउँबाट बहिष्कार
देवदह नगरपालिका–१२ ढोलबजवा बस्नुहुन्छ शिव बिन्दु भुज । उमेरले करिब ६० काट्नुभएका भुजको परिवार अहिले सामाजिक बहिष्करणमा परेको छ । गाउँमै पसल भए पनि उहाँले पसलबाट केही खरिद गर्न पाउनु हुन्न । गाउँमा उर्दी जारी भएको छ “भुजको परिवारलाई केही नदिनु, कोही नबोल्नु ।”
अकुलोप्लाष्टी र कर्नियाको विशिष्टीकृत सेवा सुरु
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उक्त विशिष्टीकृत सेवाको उद्घाटन गर्नुभयो ।
ब्याट्री रिक्सा किन्दै स्वरोजगार बन्दै
तीन वर्ष विदेश बसेर फर्किनुभएका बाँके डुडुवाका सोहराब खानले फेरि विदेश जाने तयारी गरिरहेकै बेला ब्याट्री रिक्सा चलाउन थाल्नुभयो। रिक्सा चलाएर दिनदिनै राम्रो आम्दानी हुन थालेपछि उहाँले विदेश जाने सोच त्याग्नु भयो। राहदानी बनाएर भिसाका लागि दौडधुप गरिरहनुभएका नेपालगन्ज–११, इदगाहरोडका नन्कु साईले पनि केही दिनका लागि मात्र भनेर ब्याट्री रिक्सा चलाउन थाल्नुभयो। दैनिक एक हजार पाँच सय रुपियाँभन्दा बढी आम्दानी हुन थालेपछि उहाँले पनि विदेश जाने सोच त्यागेर राहदानी बाकसमा बन्द गर्नुभयो।
बँदेलबाट मकै बाली जोगाउनै समस्या
दाङमा जङ्गली जनावरका कारण किसानलाई बाली जोगाउनै समस्या भएको छ। जङ्गल नजिक बसोबास गर्ने किसान जङ्गली जनावर बँदेलबाट पीडित बन्दै आएका छन्। भर्खर घोगा लागेको मकैमा बँदेलले क्षति पु-याउन थालेपछि किसान रातभर थाल तथा ढोल बजाएर जाग्राम बस्न थालेका छन्।
शिवराजमा निःशुल्क आँखा शिविर सञ्चालन
कपिलवस्तुको शिवराज नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । पालिकाको वडा ३ मदवामा भएको शिविरमा ३९० जनाले आखाँ परीक्षण गराएका छन् ।छन्दे कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका स्वास्थ्यकर्मीले चेकजाँच गरेका थिए ।
जङ्गली च्याउ खाँदा एकको मृत्यु
दाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको छ ।
संस्कृत विश्वविद्यालयको ताला खुल्यो
नेपाल संस्कृत विश्वविद्यालयमा विभिन्न विद्यार्थी सङ्घ सङ्गठनले लगाएका ताला खुलेको छ । स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घले विभिन्न मागहरू राख्दै तालाबन्दी गरेका थिए ।
एक वर्षमा बैङ्किङ कसुरका ३०५ मुद्दा
बाँके प्रहरी एकाइमा पछिल्लो समय बैङ्किङ कसुरका उजुरीहरु बढ्दो क्रममा छ । विभिन्न बैङ्कको चेक दिए पनि निर्धारित समयमा नसाटिएको दावीसहित उजुरी पर्नेक्रम बढिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाङ्गीले जानकारी दिनुभयो ।
भ्रष्टाचारमा ‘हाइ प्रोफाइल कल्चर’ अन्त्य भएको छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले भ्रष्टाचारविरुद्धको अभियानले ‘हाइ प्रोफाइल’ कल्चर अन्त्य भएको बताउनुभएको छ । दाङको लमहीमा अजम्बरी सामुदयिक वनले आयोजना गरेको भेटघाट कर्यक्रममा मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
बस्ती बगाउने चिन्तामा खोरियावासी
कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ८ खोरियाबासीहरु पानी पर्ने बित्तिकै चिन्तित हुन्छन् । बाणगङ्गा नदीको कटानका कारण खोरिया गाउँवासी राती नदी गाउँ पस्छ की भन्ने त्रासमा रातभर जागाराम बस्छन् ।
हत्याको आशङ्का गर्दै छानविनको माग
रुपन्देहीको तिलोत्तमा नगरपालिका –४ ड्राइभरटोल निवासी ३६ वर्षीया पुष्पा टण्डन (कार्की) को रुपन्देहीको रुद्रपुर जंगलमा रुखमा झुण्डिएको अवस्थामा शव भेटिएपछि परिवारका सदस्यले हत्याको आशंका गर्दै छानविनको माग गरेका छन् ।
गाउँपालिकाद्वारा प्रहरीलाई दिने सेवामा कटौती
सवारी चेकजाँचमा कडाइ गरेपछि कपिलवस्तुमा गाउँपालिका र प्रहरीवीच विवाद चुलिएको छ । साउन २६ गते आइतवार जनप्रतिनिधि निकटका सवारी चालकलाई कारवाही गरी जरिवाना तिराएपछि गाउँपालिका आक्रोशित भएको छ ।
भेरी अस्पतालमा मिर्गौला रोगसम्बन्धी विशिष्टीकृत उपचार सेवा सुरु
पछिल्लो समयमा आएर स्वास्थ्य उपचारका लागि पश्चिम नेपालकै मुख्य हब बन्दै गएको नेपालगन्जमा उपचारका नयाँ नयाँ सेवा सुरु हुन थालेका छन् ।
सुशासन र भ्रष्टाचारविरुद्ध सरकारको मुख्य ध्यान: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासन र भ्रष्टाचार अन्त्यमा सरकारको मुख्य ध्यान रहेको बताउनुभएको छ । प्रेस सेन्टर दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले भ्रष्टाचारको अन्त्य गर्दै देशमा सुशासन कायम र सेवा प्रवाहलाई सहजता बनाउँदै लैजाने कार्यमा सरकारको ध्यान केन्द्रित रहेको बताउनुभएको हो ।
अनुसन्धानमा सघाउन तयार छु’
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी घटनाको सत्यतथ्य छानबिन तथा अनुसन्धानमा सघाउन आफू तयार रहेको बताउनुभएको छ। तस्करी प्रकरणमा आफूलाई अनावश्यक रूपमा जोडेर प्रचार गर्ने काम भएको गुनासो पोख्दै उहाँले दाङको घोराहीमा पत्रकारसँग भन्नुभयो, “सत्यतथ्य छानबिनका लागि सरकारसँग माग गर्दछु।”
‘विपत् व्यवस्थापन गर्न प्रदेश सरकार गम्भीर’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विपत् व्यवस्थापनका लागि प्रदेश सरकार गम्भीर भएर लागेको बताउनुभएको छ। नेपाली कांग्रेस बाँकेले नेपालगन्जस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले बाढी र डुबानबाट जनतालाई जोगाउन राप्ती नदीमा तटबन्ध बनाउनेलगायत विपत् व्यवस्थापनका लागि प्रदेश सरकार गम्भीर भएर लागेको बताउनुभयो।
लुम्बिनी प्रदेश सभा सचिवमा पुन
लुम्बिनी प्रदेश सभाको सचिवमा पुनः दुर्लभकुमार पुन नियुक्त हुनुभएको छ। सभामुख तुलाराम घर्तीमगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले पुनलाई आइतबार नियुक्त गर्नुभएको हो। बुटवलमा आयोजित एक कार्यक्रमबिच उहाँलाई प्रदेश प्रमुख शेरचनले जिम्मेवारी सुम्पनुभएको छ। यसअघि पुनले पाँच वर्षसम्म प्रदेश सभा सचिवालयको जिम्मेवारी सम्हालिसक्नु भएको छ।