भेरी अस्पताल निर्माणमा ढिलाइ
तीन पटक म्याद थपिँदासमेत भेरी अस्पताल नेपालगन्जको नयाँ तथा अत्याधुनिक भवन निर्माणको काम पूरा हुन सकेको छैन। २५० शय्याको सो अस्पताल भवनको निर्माण पूरा गरेर हस्तान्तरण कार्यमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष प्रभाव बिरामीलाई परेको छ। भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले अस्पताल भवन जस्तो संवेदनशील संरचनाको निर्माणमा समेत ढिलाइ गरिनु निकै दुःखद भएको बताउनुभयो। तीन तीन पटकसम्म म्याद थप गरिँदासमेत अझै भवन निर्माण पूरा गर्नेतर्फ निर्माण कम्पनीले ध्यान नदिएको गुनासो उहाँको छ। भवन नहुँदाको प्रत्यक्ष असर उपचारका लागि आउने बिरामीलाई परिरहेको उहाँले बताउनुभयो।
कपास विकास समितिलाई अलपत्र पारेको आरोप
बाँकेको खजुरामा रहेको कपास विकास समितिलाई खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सर्वदलीय बैठकले सरकारसँग माग गरेको छ । खजुरास्थित कपास विकास समितिमा आयोजना गरिएको सर्वदलीय बैठकमा सहभागी सबै दलका स्थानीय नेताले समितिलाई खारेज गर्ने निर्णयले सयौँ किसान र व्यवसायी मर्कामा परेको ठहर गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेको हो ।
मिटर रिडर सङ्घर्ष समितिद्वारा प्राधिकरणमा धर्ना
नेपाल विद्युत प्राधिकरण गोटागन्ती मिटर रिडर सङ्घर्ष समिति लुम्बिनीले प्राधिकरणको प्रादेशिक कार्यालय बुटवलमा धर्ना जारी राखेको छ ।
छ सन्तानकी आमा पढ्दै कक्षा ६ मा
भनिन्छ ‘पढ्ने र सिक्ने कुनै उमेर हुँदैन’, पढाइ र सिकाइको महत्वबारे ज्ञान हुनेवित्तिकै इच्छा शक्ति हुने हो भने उमेरले पढ्न सिक्न छेक्दैन । भनाइलाई सार्थक बनाउनुभएको छ कोहलपुर–५ कि ६१ वर्षीया प्रेमकुमारी गिरीले ।
संस्कृत विश्वविद्यालयमा पुनः तालाबन्दी
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी र सेवा आयोग कार्यालय दाङमा पुनः तालाबन्दी भएको छ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय पदाधिकारी एवं कर्मचारीले सहमतिका नाममा संस्थाको गरिमालाई आँच पुग्नेगरी सहमति गरिएको भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो ।
बगनासकालिका बोटे समुदायद्वारा न्याय माग
बगनासकाली गाउँपालिका–६ का बोटे समुदायले अन्याय भएको भन्दै बगनासकाली गाउँपालिका कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।
विपन्न परिवारलाई कुखुरापालन सामग्री वितरण
बाँके युनेस्को क्लबसँगको साझेदारीमा च्यारेटीले जिल्लाका खजुरा र राप्तीसोनारी गाउँपालिकाका अति विपन्न २१ परिवारलाई आयआर्जनका लागि चल्ला, दाना, भाडा वर्तन, खोर निर्माणका लागि जस्तापाता लगायतको सहयोग प्रदान गरेको हो ।
प्रधानमन्त्री प्रचण्डसँग नरैनापुरका अध्यक्ष शाहको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेर बाँकेको पिछडिएको गाउँपालिका नरैनापुरका अध्यक्ष इश्तियाक अहमद शाहले शिक्षा र स्वास्थ्यका लागि विशेष बजेट माग गर्नुभएको छ ।
सिक्दै कमाउँदै विद्यार्थी
घोराही उपमहानगरपालिका–१०, नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयमा बाली विज्ञान विषयमा अध्ययरत रेणु डिसी एग्रिकल्चर (आइएस्सी) तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। दङ्गीशरण गाउँपालिका निवासी डिसी बिहानीको समयमा पढाइ र दिउँसोको समयमा भने विद्यालयको खैरास्थित जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ। विद्यालयले उपलब्ध गराएको जग्गामा उहाँ तरकारी रोप्ने, गोडमेल गर्ने, पाकेको तरकारी टिप्नेदेखि बिक्रीमा व्यस्त हुन्छन्।
पाँच वर्ष बित्दा पनि बनेन सडक र नाला
कपिलवस्तु नगरपालिका–६, थुम्हवा गाउँमा सडक तथा नालाको काम अलपत्र पर्दा स्थानीयले निकै सास्ती भोग्न बाध्य भएका छन्। ठेकेदार कम्पनीले निगालीकोट–थुम्हवा निर्माणाधीन सडक तथा नालाको काम पाँच वर्षदेखि अलपत्र परेपछि स्थानीयवासी हिँडडुल गर्न तथा वारपार गर्न सास्ती खेप्न बाध्य भएका हुन्। पाँच वर्षपहिला नाला निर्माणका लागि खाडल खनेर सुरु गरिएको सडक निर्माण कार्य ठेकेदारले अलपत्र पारेको ७३ वर्षीय अयोध्या अहिरले बताउनुभयो।
नरैनापुरमा क्याम्पस निर्माणको पहल
बाँकेको नरैनापुरमा बहुमुखी क्याम्पस स्थापनाको पहल अघि बढेको छ। स्थानीय युवाको अग्रसरतामा भएको एक बृहत् भेलाले क्याम्पस स्थापनाका लागि पहल अघि बढाउने निर्णय गरेको हो। स्थानीय अगुवा विनय दीक्षितका अनुसार, उक्त भेलामा सहभागी तिनै तहका जनप्रतिनिधिले क्याम्पस स्थापना अनिवार्य रहेको बताउनुभएको छ। प्रतिनिधि सभा सदस्य सूर्य ढकालले सडकलगायतका अन्य भौतिक पूर्वाधार निर्माणको कार्यसँगै पालिकाभित्र कम्तीमा एउटा क्याम्पस अपरिहार्य रहेको बताउनुभयो।
नब्बे वर्षीय डाँगीलाई विद्यालय जान उमेरले छेकेन
तुलसीपुर (दाङ), भदौ ५ गते । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन र अहिले उहाँ दैनिक विद्यालय जानुहुन्छ । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ । उहाँले पनातिसमेत देखिसक्नुभएको छ, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उहाँ कक्षा १ मा पढ्न थाल्नुभएको छ । चालु शैक्षिकसत्रदेखि उहाँले कक्षा १ को पढाइ सुरु गर्नुभएको हो । सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उहाँ पढ्न थाल्नुभएको छ । उहाँ पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्नुहुन्छ । “सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्”, उहाँले भन्नुभयो, “बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।”घरमा पनि उहाँ नातिहरूसँग बस्दै आउनुभएको छ । उहाँकी श्रीमतीको विसं २०३२ मा निधन भयो । त्यसपछि उहाँ एकलरूपमा घरमा बस्दै आउनुभएको थियो । उहाँको जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आउनुभएको छ । नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उहाँको भनाइ छ । उहाँले आफू बाँच्दासम्म पढिरहने बताउनुभयो । “सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो”, उहाँले भन्नुभयो, “जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।”उहाँ पढ्नमा पनि त्यति कमजोर हुनुहुन्न । कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताउनुभयो । “परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ”, उहाँले भन्नुभयो, “त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ ।” अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उहाँले राम्रोसँग पढ्न सकेको बताउनुभयो । उहाँजस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताउनुभयो । “उहाँ सुरुमा आउँदा अच्चम्म पनि लागेको थियो, तै पनि कक्षा १ मा भर्ना गर्यौँ”, उहाँले भन्नुभयो, “अहिले उहाँ आउँदा मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ ।”विद्यालयले उहाँलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताउनुभयो । उहाँ विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोशाक लगाउनुपर्ने भएकाले विद्यालय पोशाक पनि किनिदिने योजना बनाएको बताउनुभयो । रासस
हाइकुसङ्ग्रह ‘वाटिका’ विमोचन
कोहलपुरमा हाइजिन छविलाल खड्काको हाइकुसङ्ग्रह ‘वाटिका’ विमोचन गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर र ग्रिनपिस माविको समन्वयमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राज्ञ महानन्द ढकालले पुस्तक विमोचन गर्नुभयो । सो अवसरमा उहाँले २०४९ सालमा पहिलो कृति निकालेका कृतिकार खड्काले पछिल्लो समय साहित्यमा सक्रियता बढाउँदै साहित्यका विभिन्न विधामा कलम चलाएर कोहलपुरलाई चिनाएको बताउनुभयो ।
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते
जिल्लाको माथागढी–२, सपाङ्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।
नेपाली गोलभेँडा भारत निर्यात
भारत सरकारले नेपाली टमाटरको आयातमा अनुमति दिएसँगै भैरहवा भन्सार हुँदै नेपालको गोलभेँडा भारतीय बजारमा पुग्न थालेको छ । भैरहवा नाकाबाट नेपाली गोलभेँडा आधिकारिक रूपमा भारत निकासी भएको यो नै पहिलो पटक हो । डायमन्ड इन्टरनेसनल सिद्धार्थनगरले नेपाली गोलभेँडा भारत उत्तर प्रदेशको त्रिसागर फर्मर प्रोड्युसर कम्पनी लिमिटेडलाई उपलब्ध गराई निर्यातको सुरुवात गरेको हो । नेपाली टमाटर भारत निकासी हुँदा सीमावर्ती भारतको भन्सारमा बिनामहसुल निकासी हुने गरेको छ । नेपाली भन्सारमा पनि यसको निकासीमा कुनै शुल्क लाग्दैन ।
कपिलवस्तुमा नाग पञ्चमी मनाइयो
प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व परम्परा अनुसार कपिलवस्तुमा पनि नागको पूजा गरी मनाइएको छ ।
भत्काइएको दरबार परिसर व्यवस्थित गरिँदै
तानसेन नगरपालिकाले घर टहरा भत्काएको दरबार परिसर व्यवस्थित गर्ने काम सुरु गरेको छ । नगरपालिकाले घर टहरा भत्काएको क्षेत्रमा ढुङ्गा छाप्ने काम गर्न लागेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो ।
दाङमा थारु बालबालिकाको पर्व गुरही मनाइँदै
दाङ–देउखुरीको खिमबहादुर शाह माध्यमिक विद्यालय लमही कोलहीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी शिला चौधरी मध्यान्तरपछि घर फर्कनुभयो । गुरही पर्व मनाउन र भाइबहीनीलाई सजाउनकै लागि उहाँ छिटो घर फर्कनुभयो ।
एक वर्षमा साढे चार किलोमिटर नदीमा तटबन्धन
दाङ र बाँके गरी दुई जिल्लामा एक वर्षमा करिब साढे चार किलोमिटर नदीमा तटबन्धन गर्दा १० हेक्टर बढी जग्गा उकासिएको छ ।
अविरल वर्षापछि कोेहलपुरका अधिकांश भाग डुबानमा
सोमवार बिहानबाट परेको अविरल वर्षाका कारण बाँकेको कोहलपुर नगरपालिकाको अधिकांश भागमा पानी भरिएर डुबान भएकोछ । पानी भरिएर नगरपालिकाको वडा ११ गोलपार्क क्षेत्रलगायत वडा १, २, १४, ८, ९ र १० मा डुवान भएको नगरपालिकाले जनाएको छ ।
नेपाली टमाटर भारत निर्यात
भारत सरकारले नेपाली टमाटरको आयातमा अनुमति दिएसँगै भैरहवा भन्सार हुँदै नेपालको टमाटार भारतीय बजारमा पुग्न थालेको छ ।
लुम्बिनीमा पर्यटक बढे
बुद्ध जन्मस्थल लुम्बिनी घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको छ । गत वर्षको तुलनामा पर्यटक आगमनमा सुधार देखिएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित छन् ।
निर्माण कम्पनीलाई जरिबाना
रुपन्देहीको कञ्चन गाउँपालिकाले समयमै काम पूरा नगर्ने निर्माण कम्पनीलाई जरिबाना गरेको छ। निर्माण व्यवसायीले कुनै पनि आयोजना समयमै सम्पन्न नगर्ने, काम पर धकेल्ने र योजनाको लागत बढाउने गरेको गुनासो बढिरहेको बेला समयमा काम सम्पन्न नगर्ने कम्पनीलाई जरिबाना गरिएको छ।
विदेशबाट फर्किएर व्यावसायिक भैँसीपालन
तिनाउ–५, बिस्कुनडाँडाका ४४ वर्षीय चन्द्रबहादुर ठाडा पाँच वर्षअघि रोजगारीका लागि मलेसिया पस्नुभयो। घरपरिवारको चाहना पूरा गर्ने र राम्रो आम्दानी गर्ने चाहनाले मलेसिया जानुभएका ठाडा विदेश त पुग्नुभयो तर कमाउने चाहना भने पूरा भएन। मलेसिया जानुभएका ठाडा दुई वर्ष नपुग्दै गम्भीर बिरामी पर्नुभयो। अर्काको देशमा बाँच्ने हो कि मर्ने हो, टुङ्गो लागेन। अन्ततः उहाँ स्वदेश फर्कनुभयो। स्वदेश फर्कनासाथ निको भएका ठाडाले स्वदेशमै केही गर्ने निधो गर्नुभयो।