राष्ट्रियता र स्वाधीनताको पक्षमा जनयुद्ध जसरी लडेको छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधीनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताउनुभएको छ ।
गुल्मी अस्पतालमा बालिकाको मृत्युपछि तनाव
गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ ।
गिद्ध वासस्थान संरक्षण गर्दै लुम्बिनी प्रदेश सरकार
लुम्बिनी प्रदेश सरकारले गिद्ध संरक्षणलाई प्राथमिकता दिने भएको छ ।
प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउनुहुने
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल आउँदै हुनुहुन्छ । उहाँ समाजवादी मोर्चाद्वारा आयोजना हुने घोषणसभालाई सम्बोधन गर्न यहाँ आउनलाग्नु भएको हो ।
मदिरा बिक्रीमा रोक लगाउन माग
उपभोक्ता हकहित र अधिकारको पक्षमा वकालत गर्दै आएका अधिकारकर्मीहरूले मदिराजन्य पदार्थको खुला रूपमा भइरहेको बिक्रीवितरणमा रोक लगाउन माग गरेका छन्। मदिराले नेपाली समाजलाई प्रत्यक्ष असर पु-याएको भन्दै खुला बिक्रीवितरणमा रोक लगाउन माग गरेका हुन्। मदिराको विज्ञापनमा समेत रोक लगाउन आग्रह गरेका छन्। उपभोक्ता अधिकारकर्मीहरूले मदिराकै कारण नेपाली समाज विसङ्गतितिर उन्मुख भइरहेको आरोप लगाएका छन्। उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशको आयोजनामा ‘उपभोक्ता हित र संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक एक दिवसीय अन्तर्क्रिया कार्यक्रममा बोल्ने उपभोक्ता अधिकारकर्मीहरूले सो माग गरेका हुन्। सबै उपभोग्य वस्तुको बिक्री खुला हुन नहुने भन्दै त्यसमा पनि मदिराको
विस्थापित किसान पुनः अदुवा खेतीमा
अदुवाको खेतीबाट १० वर्षअघि विस्थापित पाल्पाका किसान पुनः अदुवा खेतीमा लागेका छन्। अदुवा खेतीबाट निकै ठुलो क्षति बेहोरेका तानसेन, रिब्दीकोट र बगनासकालीका किसान पुनः अदुवा खेतीमा फर्किएका हुन्। आर्थिक वर्ष २०६७/६८ देखि अदुवाको खेती गर्न छाडेका यहाँका किसान एक दशकपछि अदुवा खेतीमा फर्किएका हुन्। अदुवाको गाँनो कुहिने, बोट मर्ने समस्या तथा भाउ नपाउने समस्याले विस्थापित बनेका किसान पुनः यसकै खेतीमा आकर्षित भएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो। १० वर्षअघिसम्म पाल्पाको पश्चिम भेगका किसानले अदुवाको व्यावसायिक खेती गरेका थिए तर अदुवा लगाएर लाखौँको क्षति बेहोर्नु परेपछि अदुवा लगाउन छाडेका अध्यक्ष कार्कीले बताउनुभयो।
छाडा चौपायाले सवारी आवागमनमा समस्या
पश्चिम नेपालको ठूलो सहर नेपालगन्जका मुख्य सडक तथा चोकहरूमा घोडा, खच्चड, गाईवस्तुलगायत छाडा चौपायाको समस्या बढेको छ। सडकमा छाडा घोडा, खच्चड र गाईबस्तुका कारण सवारी आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटना हुन थालेका छन्। सडकका छाडा चौपायाको समस्या समाधानप्रति नेपालगन्ज उपमहानगरपालिकाले ध्यान नदिएकै कारण फेरि यो समस्या दोहोरिएको गुनासो स्थानीय नगरवासीको छ। सहरको मुख्य चोकहरू त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, पुष्पलाल चोक र गणेशमान चोकलगायत सुर्खेत रोड र सदरलाइनमा छाडा घोडा, खच्चड र गाईगोरु यत्रतत्र भेटिने गरेका छन्। सो क्षेत्रमा सवारी दुर्घटनाको जोखिमसँगै सर्वसाधारणलाई सडक किनारमा हिँड्न तथा सडकमा सवारी चलाउन निकै समस्या हुने गरेको छ। छाडा चौपायासँग मोटरसाइकल ठोक्किएर प्रदीप थारूको नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार थारू सवार लु. ८२ प ६४६८ नम्बर मोटरसाइकल आइतबार राति सडकमा छाडा गाईसँग ठोक्किएर गम्भीर घाइते हुनुभएको थियो। उहाँको उपचारका क्रममा मृत्यु भएको हो।
तम्घासमा गोहत्याविरुद्ध प्रदर्शन
विश्व हिन्दु महासंघ गुल्मीसहितका संघ संस्थाहरुले गोहत्या विरुद्ध विरोध यहाँ प्रदर्शन गरेका छन् । सोमबार जिल्लाको सदरमुकाम तम्घासमा जिल्ला प्रशासन कार्यालय अगाडि गोहत्या तथा धर्म परिवर्तनजस्ता अवाञ्छित क्रियाकलाप तत्काल बन्द गराउन माग गर्दै विश्व हिन्दु महासंघसँगै रेसुंगा संरक्षण समिति, सत्यशाही केन्द्र, राधा माधव समिति, बह्मकुमारी राजयोग केन्द्र तथा सनातन हिन्दू धर्ममा आस्था राख्ने संघसंस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् ।
‘काँग्रेसलाई मिसन चौरासीभन्दा कामको चिन्ता छ’
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसलाई मिसन चौरासीभन्दा कामको चिन्ता रहेको बताउनुभएको छ । नयाँ तथा पुराना दलका शिर्ष नेताहरुबाटै मिसन चौरासीको कुरा ल्याइरहेको सन्दर्भमा शर्माले सो कुरा बताउनुभएको हो ।
शौचालय नभएको जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधा रोक्का
कपिलवस्तुको विजयनगर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले शौचालय नबनाएपछि गाउँपालिकाले सेवा सुविधा रोक्का गरेको छ ।
बाटो बनाउन स्थानीयद्वारा जनश्रमदान
नौबहिनी गाउँपालिका –४ खवाङका स्थानीयले शनिबार जनश्रमदान गरी स्थानीय बाटो मर्मत गरेका छन् । स्कुलधारा–मधारा–देउराली सडक खण्डमा वर्षाले बिग्रिएको बाटो स्थानीयले श्रमदान गरी मर्मत गरेका हुन् ।
सङ्घीयतालाई बलियो बनाउनुपर्छ : एमाले सचिव अर्याल
नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनातका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताउनुभएको छ ।
पाल्पा अस्पतालमा बिरामी बढ्दै
अस्पतालको सेवा तथा व्यवस्थापन सुधार हुँदै गएपछि पाल्पा अस्पतालमा सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
पाल्पामा दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते
पाल्पाको तानसेन नगरपालिका –१४ अर्गेलीमा मोटरसाइकल दुर्घटना हुँदा सोमबार चालकको मृत्यु भएको छ । साथै सोही दुर्घटनामा परी एक जना घाइते भएका छन् ।
लिलाम नहुँदा राजस्व गुम्दै
कपिलवस्तुलगायत देशभरका सरकारी र प्रहरी कार्यालयमा थन्किएका करोडौँ मूल्य बराबरका गाडी समयमै लिलाम बिक्री नहुँदा कवाडी अवस्थामा पुगेका छन्। चोरी तस्करीबाट बरामद गरिएका ती गाडीमध्ये अधिकांश मोटरसाइकल र केही जिप छन्। भारतसँगको खुला सीमाका कारण कपिलवस्तुमा मोटरसाइकल, ट्याक्टर, जिप, कारजस्ता यातायातका साधनको चोरी तस्करी हुने गर्दछ। प्रहरी कार्यालयमा रहेका गाडीमध्ये अधिकांश मोटरसाइकल चोरी तस्करीबाट बरामद गरिएका छन्। कार्यविधि अनुसार समयमै लिलाम बिक्री नहुँदा करोडौँ मूल्यका साधन अलपत्र छन्।
गुल्मी दरबारमा सात सय नब्बे जना दीर्घरोगी
गुल्मीको दरबार गाउँपालिकामा ७९० जना दीर्घरोगी पाइएको छ। स्वास्थ्य संस्थाको गत आर्थिक वर्षको समीक्षा कार्यक्रममा ७९० जना दीर्घरोगी रहेको तथ्याङ्क सार्वजनिक भएको छ। पालिकाभित्रका सातवटै वडामा ५६७ जनामा उच्च रक्तचाप, १३४ जनामा सुगर र ९९ जना दमका रोगी गरी ७९० जना दीर्घरोगी रहेको स्वास्थ्य शाखाका प्रमुख नारायण अर्यालले जानकारी दिनुभयो।
भारतबाट अवैध रूपमा दुध भित्रिँदै
भारतबाट परीक्षणबिनै अवैध रूपले दैनिक आठ हजार लिटर दुध बाँकेमा भित्रिने गरेको पाइएको छ । जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेले गरेको अनुगमनका क्रममा सो पाइएको सङ्घले जनाएको छ । जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले दुधको गुणस्तरीयता जाँच र भन्सार नगरी भारतबाट दैनिक आठ हजार लिटरभन्दा बढी दुध अवैध रूपमा आयात भइरहेकाले जिल्लाका किसानको दुध बिक्री हुन नसकेको बताउनुभयो ।
कार्यविधि नबन्दा सम्मेलन केन्द्र अलपत्र
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन भएको एक वर्ष पुग्दासमेत कार्यविधि नबन्दा सञ्चालनमा आएको छैन। आठ वर्ष लगाएर निर्माण भएको सम्मेलन केन्द्र प्रयोगमा नआउँदा आर्थिक घाटासमेत प्रदेशले बेहोर्दै आएको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आयोजना कार्यालय प्रमुख धर्मेन्द्र पन्थीले कार्यविधि नबन्दा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थित रूपमा सञ्चालनमा आउन नसकेको बताउनुभयो। एउटा मुख्य सभा हल र अरू आठ वटा साना सभा हल निर्माणमा एक अर्ब ११ करोड रुपियाँ खर्च भएको थियो। सम्मेलन केन्द्र उद्घाटन भएको एक वर्ष हुँदा पनि सञ्चालनमा आउन नसक्दा सम्मेलन केन्द्र व्यवस्थापन खर्चसमेत उठ्न सकेको छैन। सम्मेलन केन्द्रमा अहिले १५ जना कर्मचारी कार्यरत रहेका छन्।
स्मार्टसिटि अन्तर्गत १० किलोमिटर सडक स्तरोन्नति
तुलसीपुर उपमहानगरपालिकाको बजार क्षेत्रभित्र स्मार्टसिटिअन्तर्गत १० किलोमिटर सडकको स्तरोन्नति गरिने भएको छ । स्मार्टसिटिअन्तर्गत बजार क्षेत्रभित्र वडा ५, ६ र १२ का सात वटा क्षेत्रको दश किलोमिटर सडकको स्तरोन्नति गरिने भएको हो ।
प्रभावकारी बन्दै निःशुल्क एम्बुलेन्स सेवा
नेपालगन्ज उपमहानगरपालिकाले गत साउन १ गतेदेखि सुरु गरेको निःशुल्क एम्बुलेन्स सेवा यहाँ प्रभावकारी बन्दै गएको छ । सो सेवाबाट लाभ लिने विपन्न र गरिबहरू दिनदिनै बढ्दै गएका छन् ।
'समाजवादी मोर्चा' काे घोषणा सभा हुने
लुम्बिनी प्रदेशमा 'समाजवादी मोर्चा' काे घोषणा सभा हुने भएको छ ।
मध्यपहाडी लोकमार्ग क्षतविक्षत ठेकेदार बेखबर
वर्षा सुरु भएदेखि राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग रुकुमपूर्व खण्डमा पहिरोले ठाउँ ठाउँमा क्षति नै क्षति पुर्याइरहेको छ । दिनैपिच्छे साना–ठुला पहिरोले मध्य पहाडी लोक मार्गको रुकुमपूर्व सडक खण्डमा ओहोरदोहोर गर्ने यात्रु सास्ती भोग्न बाध्य छन् ।
पहिरोले मध्यपहाडी लोकमार्गमा क्षति
वर्षा सुरु भएदेखि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग रुकुमपूर्व खण्डमा पहिरोले ठाउँ ठाउँमा क्षति पु-याइरहेको छ। दिनैपिच्छे साना–ठुला पहिरोले मध्यपहाडी लोकमार्गको रुकुमपूर्व सडकखण्डमा ओहोरदोहोर गर्ने यात्रु सास्ती भोग्न बाध्य छन्। वर्षा हुने बित्तिकै ठाउँ ठाउँमा पहिरो झर्ने गरेकाले सडक अवरुद्ध हुँदा यात्रुले दुःख झेल्नु परेको हो।
महिला बन्दी गृह निर्माण
दाङको तुलसीपुरमा सुविधासम्पन्न महिला बन्दी गृह निर्माण भएको छ। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयबाट विनियोजित तीन करोड ८८ लाख सात हजार रुपियाँको लागतमा महिला बन्दी गृह निर्माण भएको हो। नयाँ भवनमा रहेका १८ कोठामा ८० जनासम्म कैदीबन्दीलाई राख्न सकिने तुलसीपुर कारागार प्रशासनका प्रमुख जेलर चिन्तामणि रेग्मीले जानकारी दिनुभयो। यसअघि पुरानो बन्दी गृहका तीन वटा कोठामा ४९ जना महिला कैदीबन्दीसहित तीन जना आश्रित बालबालिका गरेर ५२ जना बस्दै आएका थिए। २५ जना राख्न मिल्ने क्षमताको बन्दी गृह भए पनि क्षमताभन्दा बढी राख्नुपर्ने बाध्यता रहेको थियो।