सर्पको टोकाइबाट सुत्केरी महिलाको मृत्यु
रुकुमपश्चिममा सर्पको टोकाइबाट एक सुत्केरी महिलाको ज्यान गएको छ । चौरजहारी नगरपालिका –१३ की २२ बर्षीया विनीता विष्टको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
आज मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस
कपिलवस्तुमा १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवस मनाइएको छ । कृष्णनगर नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मानव बेचबिखन विरुद्ध अभियान चलाउने सङ्घ संस्थाको सहभागितामा सचेतनामूलक र्याली गर्दै दिवस मनाइएको छ ।
खजुरामा रक्तसञ्चार केन्द्र स्थापना
पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पताल बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पहिलो पटक रक्तसञ्चार सेवा केन्द्र स्थापना गरिएको छ ।
गिद्धको बासस्थान लोप हुँदै
प्राकृतिक कुचीकार भनेर चिनिने पन्छी गिद्धको बासस्थान लोप हुँदै गएको छ । जिल्लाको विभिन्न स्थानमा लामो समयदेखि गिद्धले गुँड (बासस्थान) बनाएका ठुला र अग्ला रुख मासिँदा गिद्ध नै लोप हुने हो कि भन्ने चिन्ता बढेको छ ।
आधा लाखलाई राष्ट्रिय परिचयपत्र
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राष्ट्रिय परिचयपत्र वितरण अभियान गरी हालसम्म ५५ हजार तीन सय ४१ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । राष्ट्रिय परिचयपत्रका बारेमा सर्वसाधारणलाई कम जानकारी भएको र सेवा लिन आउनेको सङ्ख्या पनि उत्साहजनक नभएपछि प्रशासनले वडास्तरमै अभियान सञ्चालन गरेको हो ।
एमाले लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी
नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ । वर्तमान अध्यक्ष समेत रहनुभएका कँडेलले एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।
विद्युतीय सवारीप्रति बढ्दै आकर्षण
घोराही निवासी वसन्त जोशी करिब एक वर्षदेखि विद्युतीय गाडी चढ्दै आउनुभएको छ । निजी प्रयोजनका लागि विद्युतीय कार किन्नुभएका जोशीलाई विद्युतीय गाडी किनेपछि तेल सकिएला र मूल्य बढ्ला भन्ने चिन्ता छैन ।
घुम्ती शिविरले ज्येष्ठ नागरिक खुसी
रुपन्देहीको कञ्चन गाउँपालिकाले आयोजना गरेको १० दिने घुम्ती शिविरबाट सहज रूपमा सेवा पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् । घुम्ती शिविरबाट एक हजार १४० ज्येष्ठ नागरिकलाई परिचयपत्र
मातृत्व र पितृत्व ठेगान नभएकालाई नागरिकता
गुल्मीमा मातृत्व र पितृत्व ठेगान नभएका ६३ वर्षीय पुरुषलाई नागरिकता प्रदान गरिएको छ । हालसम्म मातृत्व र पितृत्व ठेगान नभएका रेसुङ्गा नगरपालिका–९ को चारीखोलामा बस्दै आउनुभएका ६३ वर्षीय बलबहादुर नेपालीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता प्रदान गरेको छ ।
वृक्षरोपणमा होडबाजी संरक्षणमा छैन चासो
जब असार लाग्छ, पाल्पामा वृक्षरोपण गर्ने होडबाजी चल्छ । विभिन्न सङ्घसंस्था, समूह तथा सरकारी निकाय असार लागेपछि भदौ महिनासम्म विभिन्न जातका बिरुवा रोप्छन् । यसरी रोपिएका लाखौँ बिरुवाको अवस्थाबारे भने कसैलाई अत्तोपत्तो हुँदैन ।
लुम्बिनी एमालेमा आज मतदान हुँदै
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि आज बिहानबाट मतदान हुने भएको छ । सोमबार रातीसम्मै सहमतिको लागि नेताहरूले गरेको प्रयास सफल हुन नसकेपछि मङ्गलवार बिहानदेखि मतदान हुन लागेको हो ।
ऐतिहासिक भगवती जात्राको तयारी
नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा ऐतिहासिक भगवती माताको रथ यात्रा गर्ने तयारी गरिएको छ । नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली फौजले जितगढी किल्लामा विजय हासिल गरेको सम्झनामा भगवतीको रथयात्रा गर्ने परम्परा छ ।
धार्मिक पर्यटनको सम्भावना बोकेको सनवागढ (फोटो फिचर)
कपिलवस्तुको शिवराज नगरपालिका –३ को भितरीयामा सनवागड मन्दिर छ । यो मन्दिर चन्द्रौटा बजारदेखि करिब ८ किलो मिटर उत्तरतर्फ अवस्थित छ ।
बुटवलमा खुला टेबल टेनिस हुने
रुपन्देहीको बुटवलमा प्रथम कृष्ण जन्माष्टमी जिल्ला स्तरीय स्कुल तथा खुला टेबल टेनिस प्रतियोगिता हुने भएको छ । बुटवल टेबल टेनिस क्लबको आयोजनामा बुटवल ११ ओलीपथ स्थित कभर्डहलमा भदौ १९ र २० गते प्रतियोगिता हुने भएको हो ।
चट्याङ लागेर एकको मृत्यु, चार घाइते
अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । मालारानी गाउँपालिका–९ लादेपोखरी सेपानेबाट गोखुङ्गा देउराली बजार गई फर्किने क्रममा हावाहुरीसहित चट्याङ पर्दा मीलन खनालको मृत्यु भएको हो ।
एमाले लुम्बिनी अधिवेशन: अध्यक्षमा कँडेल र रिजालको उम्मेदवारी, मतदान हुँदै
नेकपा (एमाले) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि हालका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय कमिटी सदस्य हरि रिजालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
कान्जीहाउसमा चौपाया छाडियो
नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रका, छाडा पशुचौपायालाई व्यवस्थापन गर्न कान्जी हाउस लैजान थालेको छ । बजार क्षेत्रमा छाडा छोडिएका ८० भन्दा बढी गाईगोरु र घोडा, खच्चड शनिबार कान्जी हाउसमा लगिएको नगरपालिकाले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका–२१, बिर्तामा कान्जी हाउस रहेको छ ।
चारलेन सडक मर्मत सुरु
घोराहीको कुइरेपानीदेखि तुलसीपुरसम्मको हात्तीखौवासम्मको करिब २३ किलोमिटर चार लेन सडक मर्मतको काम सुरु भएको छ । ठेक्का रद्द भएर अलपत्र परेको चार लेन सडक दुई महिनापछि मर्मतको काम सुरु भएको हो ।
छाडा चौपाया व्यवस्थापन गर्न आदेश
कपिलवस्तु अदालतले छाडा चौपायाको उचित नियन्त्रण र व्यवस्थापन गरी राजमार्गलाई निर्बाध आगमनको व्यवस्था मिलाउन जिल्लाका १० वटै स्थानीय तहलाई आदेश दिएको छ ।
कचहरी नाटक सम्बन्धी तालिम सुरु
नेपालगन्जमा कचहरी नाटक सम्बन्धी ७ दिने तालिम सुरु भएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा सञ्चालित सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोणमार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम अन्तरगत तालिम सुरु भएको हो ।
घरेलु र कर कार्यालय सेवाका लागि शिविर
व्यवसायीलाई घरेलु तथा साना उद्योग कार्यालय र करदाता सेवा कार्यालयले शिविरमार्फत सेवा प्रदान गरेको छ । दुई दिने एकीकृत व्यवसाय दर्ता शिविरमार्फत सेवा दिएको हो ।
वन कार्यालयको ९४ प्रतिशत वित्तीय प्रगति
डिभिजन वन कार्यालय अर्घाखाँचीले राजस्व संङ्कनमा ९४.२९ प्रतिशत वित्तीय प्रगति गरेको छ । गत आर्थिक वर्ष २०७९–८० मा सात करोड २४ लाख १४ हजार २९५ रुपियाँ राजस्व संङ्कननगरी सोचेभन्दा बढी वित्तीय प्रगति गरेको हो ।
व्यवस्थाप्रतिको विश्वास जगाउनु सरकारको प्रमुख उपलब्धि : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रतिको विश्वास जगाउन सक्नु वर्तमान सरकारको प्रमुख उपलब्धि भएको बताउनुभएको छ।
३० किलो चित्तलको मासुसहित एक पक्राउ
बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट प्रहरीले ३० किलो जङ्गली चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ ।