साक्षरता दिवसमा विद्यार्थीलाई सम्मान
५७ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
बङ्गुरको नश्ल सुधार गर्दै शिवराज नगरपालिका
कपिलवस्तुको शिवराज नगरपालिकाले बङ्गुरको नश्ल सुधार गर्ने भएको छ । पालिकाका बङ्गुरपालक कृषकको उत्पादन वृद्धि गर्न पशु विकास शाखाले उन्नत जातको पाठापाठी वितरण गरेको छ ।
कर वृद्धिको विरोधमा राजापुर नगरपालिकामा तालाबन्दी
एकीकृत सम्पत्ति कर एवं अन्य करको विरोध गर्दै राजापुर नगरपालिकामा तालाबन्दी भएको छ। कर वृद्धिको विरोधमा विभिन्न राजनीतिक दलले शुक्रबार नगरपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै राजापुर बजारसमेत बन्द गराएका छन्।
‘गरिबसँग स्थानीय सरकार’ कार्यक्रम गरिंदै
नेपालगन्ज उपमहानगरपालिकाले ‘गरिबसँग स्थानीय सरकार’ कार्यक्रम सञ्चालन गर्नेभएको छ । कार्यक्रम सञ्चालन गर्नका लागि ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ मस्यौदा तयार गरिएको छ ।
७३ जनाद्वारा सम्बन्ध विच्छेदको मुद्दा दर्ता
गुल्मी अदालतमा गत आर्थिक वर्षमा ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरिपाउँ भनी मुद्दा दर्ता गराएका छन् ।गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदसम्बन्धी परेका कुल ३८२ थान मुद्दामध्ये ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरिपाउँ भनी मुद्दा दर्ता गरेको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिनुभयो ।
नदी कटानले निम्त्याएको समस्या
पालिकामा चिराई, विशवा र अर्रा नदीले खेतीयोग्य भूमि कटान गरेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो ।
धानबालीमा गबारो कीराको प्रकोप
गबारोे कीराका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन्।
‘लुम्बिनी गुरुयोजनाको काम पूरा हुन्छ’
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनी आउने पर्यटकको बसाइ लम्ब्याउन देवदह, तिलौराकोट, रामग्राम र कुदानमा विहार बनाउने बताउनुभएको छ ।
केरुङ्गेखोलामा पुल निर्माण अलपत्र
नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोतीस्थित केरुङ्गेखोलामा पुल निर्माण अलपत्र परेको छ । तीन वर्षदेखि उक्त पुलको काम अलपत्र अवस्थामा छ । कावासोती नगरपालिका–३ र ४ लाई जोड्ने गरी केरुङ्गेखोलामा निर्माणाधीन पुल अलपत्र परेको हो ।
रेबिजविरुद्धको भ्याक्सिन अभाव
रुपन्देहीको भैरहवास्थित जिल्ला भीम अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ । कुकुरले टोकेर उपचारका लागि दैनिक ३० देखि ४० जनासम्म बिरामी आउने गरेको भीम अस्पतालमा भ्याक्सिन उपलब्ध छैन । सरकारीस्तरबाट निःशुल्क उपलब्ध गराइने उक्त भ्याक्सिन अस्पतालमा एक हप्तादेखि सकिएको हो । भ्याक्सिन नपाउँदा विपन्न वर्गका बिरामीलाई समस्या भएको छ ।
लुम्बिनी विकास कोषमा आर्थिक पारदर्शिता छैन : उपाध्यक्ष डा. लामा
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको बताउनुभएको छ ।
अल्मुनियम कन्टेनरले नेपाल फर्किएका आचार्य
कपिलवस्तु शिवराज नगरपालिका–११ जालिमवगियाका जीवन आचार्य २०७४ सालमा वैदेशिक रोजगारीको लागि कतार पुग्नुभएको थियो ।
लाखौँ मूल्य पर्ने चोरीको समान बरामद
बाँके जिल्लामा हाल आएर फेरि चोरी पैठारी गर्ने क्रम बढेको छ। भारतबाट भन्सार राजस्व छलेर अवैध रूपमा विभिन्न बाटोको प्रयोग गरेर चोरी गर्ने सक्रिय भएका छन्।
परस्पुर–गौघाट सडक निर्माणमा ढिलाइ
नेपालगञ्ज उपमहानगरपालिकाको परस्पुरदेखि जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका –२ सीतापुर जोड्ने सडक निर्माणमा ढिलाइ भएको छ ।
मानव बेचविखनविरुद्धको दिवसमा प्रभातफेरी
मानव बेचविखनविरुद्धको १७ औं राष्ट्रिय दिवस कपिलबस्तुमा पनि मनाइएको छ । ‘सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मुलन’ नाराका साथ सो दिवस मनाउँदै आज प्रभातफेरी गरिएको छ ।
सम्झौता समय सकियो, प्रगति ४२ प्रतिशत मात्रै
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम ठप्प भएपछि पर्वतबाट प्रतिनिधि सभाका सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सडकको अनुगमन गर्नुभएको छ ।
फलफूलका विरुवा हुर्काउँदै सामुदायिक वन
कपिलवस्तुको बाणगंगा नगरपालिका –९ मा रहेको खोजीपुर सामुदायिक वनले फलफूल खेतीलाई प्राथमिकता दिएको छ । सामुदायिक वनले विपन्न समुदायको आर्थिक विकासमा टेवा पुगाउन पहिलो पटक फलफूलका बोट बिरुवा लगाइएको उपभोक्ता समितिका अध्यक्ष दिपककुमार थापाले बताउनुभयो ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातक तहको भर्ना सुरु
नेपालगन्जमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलो पटक स्नातक तहमा आइटी विषय अध्ययनका लागि भर्ना सुरु गरेको छ ।
तीज गीत प्रतियोगिता हुने
गुल्मीको एक सहकारीले महिलाहरूलाई सहकारी जागरण सिर्जना गर्ने उद्देश्यले तीज गीत प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
शिक्षाको गुणस्तर बढाउन व्यावहारिक ज्ञान आवश्यक
शिक्षा क्षेत्रको गुणस्तर विकासका लागि शिक्षकको व्यवस्थापनमा लगानी गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
३४ हजारभन्दा बढी बिरुवा रोपियो
गुल्मीका विभिन्न स्थानमा ३४ हजारभन्दा बढी बिरुवा रोपिएको छ । गत असार १५ गतेदेखि हालसम्म जिल्लाका सामुदायिक वन क्षेत्र तथा राष्ट्रिय वन क्षेत्रमा विभिन्न कार्यक्रम अन्तर्गत ३४ हजार ९०९ बिरुवा रोपिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले जानकारी दिनुभयो ।
तीन पाङ्ग्रे हाते साइकल पाएपछि खुसी मनकुमारी
नेपालगन्ज २० गायत्रीनगरकी ३८ वर्षीया मनकुमारी नेपालीको जन्मेदेखि नै दुवै खुट्टा कमजोर, सानो र नचल्ने हुँदा हिँडडुल गर्न सक्नु भएको छैन ।
संरक्षित क्षेत्रमा वृद्धि हुँदै प्रकृतिका कुचीकार गिद्ध
शान्तिनगर –२ सिमसुन्दरपुरका ८० वर्षीय टोपबहादुर खत्रीले नजिकैको वन क्षेत्रमा सयौँको सङ्ख्यामा गिद्ध देख्नुहुन्थ्यो । तर अहिले ती गिद्ध देखिँदैनन् । प्रकृतिको कुचीकारका रूपमा रहेका गिद्धलाई गुलेली, ढुंगाले हान्ने मात्र नभई भ्याक्सिन लगाएका सिनो खाएर गिद्ध मरिरहेका छन् ।
स्वास्थ्यजन्य फोहोरमाथि उपमहानगरपालिकाको निगरानी
नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेका विभिन्न अस्पताल र निजि क्लििनिकहरुले स्वास्थ्यजन्य फोहोरको उचित व्यवस्थापन नगर्ने र जहाँ पायो त्यहि फाल्ने गरेका छन् ।