रेसुङ्गामा तीन महिना पछि जहाज पुग्यो
गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिना पछि शुक्रबार जहाज आएको छ । पटक पटक मौसम खराबीको कारण भन्दै उडान स्थगित गरेको नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरेको तीन महिनापछि शुक्रबार उडान भरेको छ ।
नयाँ मुद्दा उठाउन आग्रह
तिज पर्व मनाउँदा सँगसँगै महिलाका नयाँ मुद्दा उठाउनुपर्नेमा जोड दिइएको छ । चाडपर्व मनाउँदा हक अधिकारलाई अझ बढी मुखरित गर्नुपर्नेमा जोड दिइएको हो । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ तथा तिज मिलन कार्यक्रममा बोल्ने वक्ताले समय अनुसार महिलाका नयाँ मुद्दा उठाउनुपर्नेमा जोड दिएका हुन् ।
कानुन निर्माणमा प्रदेश सभा सफल
लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशन कानुन निर्माणको हिसाबले सफल देखिएको छ । पहिलो कार्यकालमा समेत बन्न नसकेका विधेयक दोस्रो कार्यकालको दोस्रो अधिवेशनमा पारित भएकाले कानुन निर्माणका हिसाबले सफल भएको प्रदेश सभा सदस्यको दाबी छ । लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारूले दोस्रो अधिवेशनमा कानुन निर्माण गर्नेदेखि कानुन निर्माणका विषयमा धेरै मन्थन भएका कारण पनि सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी प्रदेश सभा सदस्यको मुख्य काम भनेकै कानुन निर्माण हो, यसमा अघिल्लो कार्यकालमा भन्दा सुधार देखिएको छ । अबको ध्यान कानुन निर्माणसँगै त्यी कानुनको कार्यान्वयन पक्षलाई पनि ख्याल गनुपर्ने छ ।” लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनबाट चार वटा विधेयक पारित भएका छन् । पहिलो अधिवेशनको तुलनामा दोस्रो अधिवेशन कानुन निर्माणमा सफल मानिएको हो ।
तीन जिल्लामा थारू अट्वारी पर्वको विदा
लुम्बिनी प्रदेश सरकारले थारु समुदायको पर्व अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दिया जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सर्पले डसेको थाहा नपाउँदा युवकको मृत्यु
कपिलवस्तुको विजयनगर गाउँपालिकामा सर्पले डसेको थाहा नपाउँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका–३ पत्थरदेइयाका बैजनाथ भुज रहेका छन् ।
बेच्न लैजाँदै गरेको खसीबोका पक्राउ
कपिलवस्तुको कृष्णनगर नगरपालिका –१० सौनहवामा साइकल मर्मत गर्ने जमिल मियाँ (जमिर) को बिरामी वृद्ध आमाको खसी बेचेर उपचार गर्ने सोच बनाउनुभयो । मंगलबार आफू र दाजु रियाजले पालेका ९ ओटा खसी चन्दौटामा बिक्री गर्न लग्नुभयो ।
दरबन्दीबिना चलेको विशिष्टीकृत क्यान्सर अस्पताल
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आठ वर्षअघि सरकारलाई हस्तान्तरण गरिएको भएपनि हालसम्म दरबन्दी कायम हुन सकेको छैन ।
सर्पले डसेर दुई महिनामा छ जनाको मृत्यु
दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए ।
स्वास्थ्य बजेट खर्च गर्न बन्यो मार्गदर्शन
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन हुने स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनका लागि मार्गदर्शन तयार गरेको छ।
माओवादी रूपान्तरण अभियान जारी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले भदौ १६ गतेदेखि सुरु गरेको तीनमहिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ लुम्बिनी प्रदेशमा जारी रहेको छ। नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालका अनुसार प्रदेशका १२ वटै जिल्लामा रूपान्तरण अभियान जारी रहेको छ। नेताहरू गाउँ गाउँमा पुगेर जनतासँग छलफल गरिरहनुभएको छ। जनताका आधारभूत आवश्यकता र चाहना बुझ्ने काम भइरहेको छ।
पोखरा जाने हेलिकोप्टर दाङ पुगेपछि...
हुम्लाबाट पोखरा जाँदै गरेको कैलाश हेलिकोप्टर सर्भिस कम्पनीको हेलिकोप्टर आज बेलुका सवा सात बजे राप्ती गाउँपालिकास्थित आदर्श नमुना माध्यमिक विद्यालयको प्रांगण लालमटियामा मौसम खराबको कारण आकस्मिक अवतरण गरेको छ ।
मिडियाले गाउँकेन्द्रित मुद्दा उठाउनु पर्छ : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडियाले गाउँकेन्द्रित मुद्दा उठाउनुपर्ने बताउनुभएको छ । पत्रकारले नेताका मात्रै समाचार होइन, समाजका हरेक मुद्दालाई विश्लेषण गरेर खोज अनुसन्धानमुलक समाचार लेख्नपर्ने उहाँको भनाइ छ ।
विपन्नका लागि बनाइएको घर प्रयोगविहीन
२०७५ सालमा बंगलाचुली गाउँपालिका–५ अन्तर्गत मुर्कुटी र कमिरेचौरमा गरिब तथा विपन्न परिवारका लागि १२ वटा घर निर्माण भए ।
स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०–८१ मा सञ्चालन हुने स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरेको छ ।
महिलाले सञ्चालन गरेको सहकारीबाट जुत्ता उत्पादन
कोहलपुर नगरपालिका–५, शान्तिनगरस्थित नवकालिका लघुउद्यम प्रवर्धन सहकारी संस्था लिमिटेडले जुत्ता उत्पादन सुरु गरेको छ ।
एक वर्षमा २९ हजार क्यान्सर बिरामीको उपचार
बाँकेको खजुरामा स्थापना भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढेको छ ।
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु
भेरी अस्पताल नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु गरिएको छ । यहाँस्थित भेरी अस्पतालमा १४ वर्ष पुरा भई १५ वर्ष ननाघेका किशोरीलाई मात्र सो खोपको पहिलो मात्रा बुधबारबाट लगाउन सुरु गरिएको भेरी अस्पतालले जनाएको हो ।
व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै किसान
प्युठान नगरपालिका-३ रातामाटाका लोकराज पोख्रेलले नयाँ प्रविधि अपनाएर कृषि खेतीलाई व्यावसायिक बनाउनुभएको छ । ४० वर्षदेखि कृषिबाटै गुजारा चलाउँदै आउनुभएका पोख्रेलले अहिले नयाँ प्रविधि प्रति चासो दिएर व्यावसायिक कृषि खेती गर्दै आउनुभएको हो ।
सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी
लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ ।
लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य
लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गर्नुभएको हो ।
बिग्रिएका गाडी राजमार्गमा राख्न नपाइने
पूर्वपश्चिम राजमार्गको बाँके जिल्लाभित्र पर्ने सडक छेउमा अबदेखि बिग्रिएका सवारीसाधन एक घण्टाभन्दा बढी राख्न नपाइने भएको छ। यसरी राखिएका सवारीसाधनसँग अन्य सवारीसाधन ठोक्किएर दुर्घटना हुन थालेपछि यस्तो निर्णय गरिएको हो। यातायात व्यवसायीसँगको सहमतिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कोहलपुरले सो निर्णय गरेको हो। केही दिनअघि ढकेरी नजिकै बिग्रिएर सडक छेउमा राखिएको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा सात जनाको मृत्यु र २१ जना गम्भीर घाइते भएका थिए।
कोरियाको भिसा रद्द गरी गाउँमा कृषिकर्म
बाँकेको कोहलपुर नगरपालिका–११, कृषि रोडका ३८ वर्षीय सर्वजित वंशीमगरले करिब नौ वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बिताउनुभयो । तर भिसा अवधि बाँकी रहँदै नेपालमै केही गर्नु पर्छ भन्ने मान्यता राखेर उहाँ दुई वर्षदेखि कृषि व्यवसायमा जुट्नुभएको छ । कोहलपुरसँग सीमा जोडिएको खजुरा गाउँपालिका–४, एफगाउँमा कृषि फार्म सञ्चालन गर्नुभएका वंशीमगरले एक बिघा जग्गामा ड्र्यागन फ्रुट, माछा, बङ्गुर तथा कुखुरापालन र कागती खेती गर्दै आउनुभएको छ ।
डाँडोमा बाह्रै महिना ढकमक्क सयपत्री
तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टीमा नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा आँपका बोटबाहेक केही थिएनन् । सिँचाइको व्यवस्था नभएको डाँडामा अन्नबाली उत्पादन समेत हुँदैनथ्यो । इलमीको हातमा माछा भनेजस्तै त्यही सिँचाइ नहुने जमिनमा अहिले बाह्रै महिना सयपत्रीले ढकमक्क देखिन्छ ।
गुल्मीमा पेट्रोल पम्पको अनुगमन
गुल्मीमा पेट्रोल पम्पहरूको अनुगमन गरिएको छ । पेट्रोल पम्पहरूमा इन्धनको कृत्रिम अभाव सृजना गर्ने र पम्प सञ्चालकहरूले मनपरी गर्ने जस्ता गुनासो आएपछि पम्पहरूको अनुगमन गरिएको हो ।