टिमुर उत्पादनमा कमी
जिल्लाबाट आव २०७८/७९ मा दुई लाख ४१ हजार सात सय ४२ किलो बिक्री भएको थियो । आव २०७९/८० मा एक लाख पाँच हजार नौ सय छ किलो मात्रै टिमुर बिक्री भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभयो ।
गुफा घुम्ने बढे
गुल्मीको धुर्कोट र इस्मालाई जोड्ने झोलुङ्गे पुल निर्माण भएसँगै विचित्र गुफा हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। इस्मा गाउँपालिका–६ र धुर्कोट गाउँपालिका–५, बस्तु जोड्ने गरी पुल निर्माण भएपछि बस्तुमा रहेको पर्यटकीय स्थल विचित्र गुफा हेर्न आउनेको सङ्ख्या बढेको हो।
पाल्पामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
पाल्पामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बगनासकाली गाउँपालिका ७ का २८ वर्षीय सुधन भट्टराईको मृत्यु भएको हो ।
गुल्मी कारागारबाट दुई कैदीबन्दीको कैद मिनाहा
संविधान दिवसको अवसरमा जिल्ला कारागारबाट दुई जना कैदीबन्दीले कैद सजाय मिनाहा पाएका गुल्मी कारागारका प्रमुख जेलर रेश्मीराज पन्थीले जानकारी दिनुभयो ।
संविधान दिवसको अवसरमा रक्तदान
संविधान दिवसको अवसरमा रुकुम पश्चिममा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।
संविधान दिवस : बाँके कारागारबाट २३ जना कैदी छुटे
संविधान दिवसका अवसरमा सरकारले छ सय ७० जना कैदीको बाँकी कैद माफी मिनाहा गरेसँगै बाँके कारागारबाट २३ जना कैदी छुटेका छन्।
कानुन विपरीत विद्यालय बन्द नगर्न छत्रकोटको अपील
गुल्मीको छत्रकोट गाउँपालिकाले कानुन विपरीत विद्यालय बन्द नगर्न अपील गरेको छ।
कपिलवस्तुमा संविधान दिवसको अवसरमा विविध कार्यक्रम
कपिलवस्तुमा संविधान दिवस २०८० को अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ।सो अवसरमा कपिलवस्तु अस्पतालका विरामी तथा बाल मन्दिरमा रहेका बालबालिकालाई फलफूल वितरण गरिएको हो।
कपिलवस्तु कारागारबाट आठ कैदी रिहा
संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका आठ जना कैदी रिहा भएका छन् । कैद मिनाहा भएका सबै कपिलवस्तुका रहेका छन् ।
अदालतमा मुद्दाको चाप
आर्थिक वर्ष २०७९/८० मा बाँके जिल्ला अदालतमा तीन हजार ७८९ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आव २०७८/७९ बाट तीन हजार १५६ वटा मुद्दा जिम्मेवारीमा आएका थिए । गत आवमा कुल छ हजार ९४५ मुद्दामध्ये तीन हजार ७१५ वटा मुद्दाको टुङ्गो लागेको छ । तीन हजार २३० वटा मुद्दाको जिम्मेवारी चालु आवका लागि सरेको अदालतको वार्षिक तथ्याङ्कमा उल्लेख गरिएको छ । अदालतमा विशेष गरी पारिवारिक विवाद अन्तर्गत सम्बन्धविच्छेद, अंशबन्डा, खाना खर्चसम्बन्धीका मुद्दा वार्षिक रूपमा बढी दर्ता हुने गरेको बाँके जिल्ला अदालतका स्रेस्तेदार सरोजनिधि वाग्लेले जानकारी दिनुभयो ।
रामपुर खुल्याे फनपार्क
पाल्पामा दुई करोड रुपियाँको लगानीमा फन पार्क सञ्चालनमा आएको छ । आइकोनिक ग्रुप प्रा.लि.ले रामपुर नगरपालिका–५, मटेरीमा रामपुर फनपार्क सञ्चालनमा ल्याएको हो ।
चेकजाँच स्थलमै ट्राफिक प्रशिक्षण
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सवारी चेकजाँच स्थलमै प्रशिक्षण दिने गरी अभियान चलाएको छ ।
सर्पदंशबाट बालकको मृत्यु
सर्पदंशबाट बाँसगढी नगरपालिका-३ उत्तरभकारी बर्दियाका ५ वर्षीय बालक जय थारुको मृत्यु भएको छ । गोमन सर्पको टोकाइबाट ती बालकको मंगलबार मृत्यु भएको हो ।
गुल्मी कांग्रेसद्वारा समावेशी नेपालको परिकल्पना विषयक गोष्ठी
नेपाली कांग्रेस गुल्मीले सर्वोच्च नेता एवम् लौहपुरुष गणेशमान सिंहको २६औं स्मृति दिवस मनाएको छ । स्मृति दिवसको अवसरमा पार्टी कार्यालय बिपी स्मृति भवन तम्घासमा समावेशी नेपालको परिकल्पना विषयक गोष्ठीको आयोजना गरेको हो ।
नेपालगञ्ज बसपार्कमा निःशुल्क पिउने पानीको व्यवस्था
नेपालगञ्ज बसपार्कमा शुद्ध पिउने पानीको व्यवस्था गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सिद्धार्थ बैङ्कको सहयोग र शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सको संरक्षण र व्यवस्थापनमा बसपार्क गेटमा निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था गरेको हो ।
मजदुर समूहबीच झडप हुँदा एक जनाको मृत्यु
रुपन्देहीको तिलोत्तमामा मजदुरी गर्दै आएका दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केउलानीमा मजदुरी काम गर्दै आएका दुई पक्षबीच सोमबार राति झडप भएको हो ।
गाउँमा लुटपाट गर्ने तीन जना शङ्कास्पद व्यक्ति पक्राउ
बाँकेको राप्ती सोनारी गाउँपालिका–७ भगरा गाउँमा गत आइतबार राति लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
वधशाला सञ्चालनको तयारी
बुटवलमा निर्माण गरिएको आधुनिक पशु वधशाला यही असोजभित्र सञ्चालन गर्ने गरी सम्झौता भएको छ। करिब २२ करोड रुपियाँ लगानीमा वधशाला निर्माण भएको हो। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैङ्क लिमिटेडबिच पशु वधशाला सञ्चालन गर्ने सम्झौता भएको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक बैङ्क लिमिटेडका सञ्चालक रामशरण तिमिल्सिनाले वधशाला सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।
धानमा फड्के किराको प्रकोपले किसान चिन्तामा
दाङमा धानमा फड्के किराको प्रकोप देखिएको छ । धानमा फड्के किराको प्रकोप देखिएपछि राप्ती गाउँपालिका–५, कालापानी निवासी मदन पोख्रेलको खेतमा पसाउने अवस्थामा पुगेको धान सुकेको छ ।
नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु
नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो।
बुटवलको पशु वधशाला असोजभित्रै सञ्चालनमा आउने
बुटवलको आधुनिक पशु वधशाला असोजभित्र सञ्चालन गर्ने गरी सम्झौता भएको छ ।
तिजको नाचगानमा झगडा हुँदा युवकको मृत्यु
पाल्पामा कुटपिटबाट एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ २, घोडेबाँसका २४ वर्षका सुनिल खत्री रहनुभएको छ । आइतबार राति १० बजेतिर तिजको नाचगान गर्ने क्रममा स्थानीय युवाबिच झैझगडा हुँदा खत्री गम्भीर घाइते हुनुभएको थियो ।
स्वास्थ्य बिमामा आकर्षण बढ्यो
अर्घाखाँचीमा ८० हजार ५६९ जनाले स्वास्थ्य बिमा गरेका छन्। जिल्लाको कुल जनसङ्ख्या एक लाख ७७ हजार ८६ को ४५.४९ प्रतिशत जनसङ्ख्याले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बोर्ड शाखा कार्यालय अर्घाखाँचीले जनाएको छ। जिल्लाका छ वटा पालिकामध्ये सन्धिखर्क नगरपालिकामा २० हजार ५३८ जनाले स्वास्थ्य बिमा गरेका छन्। जसमा महिला १० हजार ७९० र पुरुष नौ हजार ७४८ जना रहेका छन्। शीतगङ्गा नगरपालिकामा १३ हजार ७२८ जनामध्ये महिला सात हजार ३२ र पुरुष छ हजार ६६६ रहेका छन्। पाणिनी गाउँपालिकामा १५ हजार २३४ जनामध्ये महिला सात हजार ८७३ र पुरुष सात हजार ६६१ जनाले बिमा गरेका छन्।
दाङमा अट्वारी पर्वको उल्लास
दाङका थारू समुदायमा धार्मिक एवं सांस्कृतिक महत्वको अट्वारी पर्वको उल्लास छ। थारू समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अट्वारी पर्व मनाउने गर्छन्।