राप्ती नदीले तटबन्ध बगाउँदा दुई गाउँपालिकाका सात गाउँ उच्च जोखिममा
बाँकेमा राप्ती नदीले राप्तीसोनारीको खल्ला झगडियाको तटबन्ध बगाएर कटान तीव्र बनाउँदै गएपछि जिल्लाको दुई पालिकाका सात गाउँ उच्च जोखिममा छन्।
पुनः मतगणनाको माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य सङ्घमा तालाबन्दी
महासचिव पदमा भएको निर्वाचनको पुनः मतगणनाको माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य सङ्घको कार्यालयमा उद्योगी व्यवसायीहरूको एक समूहले तालाबन्दी गरेका छन् ।
उपाध्यक्ष लामाद्वारा तिलौराकोटसहित बुद्धस्थलहरुको निरीक्षण
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाद्वारा बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्रसहित कपिलवस्तुका बुद्धस्थलहरुको निरीक्षण गर्नुभएको छ ।
स्वास्थ्य बीमा बोर्डबाट हटे पाल्पाका अस्पताल
स्वास्थ्य बीमा बोर्डबाट युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजको बीमा कार्यक्रम हटाइएको छ । स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध सेवा स्थगित भएपछि यी दुई अस्पताललाई बीमा बोर्डले हटाएको हो ।
लुम्बिनी बनाउन सामूहिक सङ्कल्प चाहिन्छ : उपाध्यक्ष डा. लामा
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनी बनाउने सामूहिक संकल्प आवश्यक रहेको बताउनुभएको छ । विहीबार कार्यालयका कर्मचारीसँग भेटघाट गर्ने कार्यक्रममा उहाँले बुद्धको जन्मस्थल लुम्बिनी निर्माण गर्ने संकल्पका साथ काममा खटिन कर्मचारीलाई निर्देशन दिनुभयो ।
माछा मार्ने क्रममा डुबेर मृत्यु
कपिलवस्तुमा माछा मार्ने क्रममा कुलोले बगाउँदा एक महिलाको ज्यान गएको छ । बाणगंगा नगरपालिका –८ ढोडेकालेस्थित वाणगंगा नदीबाट सिंचाइँका लागि बनाइएको कुलोमा माछा मार्ने क्रममा उहाँलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
स्वास्थ्य बीमाकाे आकर्षण बढ्दो
जिल्लामा २०७८ को जनगणना अनुसार कपिलबस्तुको कुल जनसङ्ख्या ६ लाख ८२ हजार ६६१ रहेतापनि स्वास्थ्य बीमामा १३ प्रतिशत मात्र आवद्ध छन् ।
भारतबाट दैनिक ८ हजार लिटर अवैध दुध नेपाल भित्रिँदै
भारतबाट परीक्षण बिनै अवैद्य रुपमा दुध भित्रिने गरेको छ ।
कृषि उत्पादन बढाउन अर्घाखाँचीमा निःशुल्क माटो परीक्षण सुरु
अर्घाखाँचीको कृषियोग्य जमिनमा रहेको माटोको अवस्था थाहा पाउन कृषि ज्ञान केन्द्रले डिजिटल प्रविधिबाट माटो परीक्षण सुरु गरेको छ । डिजिटल प्रविधिबाट माटो परीक्षणका लागि ‘मिनी ल्याब’ सञ्चालनमा आएपछि कृषक पनि खुसी भएका छन् ।
डुबानपछि २० घरपरिवार विद्यालय भवनमा आश्रित
निरन्तरको वर्षाका कारण नेपालगञ्ज उपमहानगरपालिका –२० को गायत्रीनगर डुबानमा परेको छ । डुबानमा परेका स्थानीयको सशस्त्र प्रहरी वल, नेपाल प्रहरी, जनप्रतिनिधिको सहयोगमा उद्धार गरिएको छ ।
सडक निर्माण नसकिँदै दबिने समस्या
मापदण्ड विपरीत अधिक भार बहनले रुपन्देहीका सडक जीर्ण बनेका छन् ।
ऐतिहासिक १३ तले मन्दिर ओझेलमा
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ ।
तटबन्ध भत्किएपछि बस्तीतिर पस्दै राप्ती
बाँकेको फत्तेपुर क्षेत्रमा तटबन्ध भत्किएपछि राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीतिर पस्न थालेको छ । बस्ती र उर्वर भूमि जोगाउन निर्माण गरिएको तटबन्ध भत्किएपछि नदीले जमिन कटान गर्दै बस्तीतिर पसेको राप्ती सोनारी गाउँपालिका–७ नयाँबस्ती फरेदा गाउँका शङ्कर यादवले बताउनुभयो ।
हाटबजारमा पूर्वाधार अभाव
आर्थिक मन्दीको असरले किनमेल गर्न ग्राहक नआउँदा सुनसान बन्दै गएका रुपन्देही जिल्लाका ग्रामीण क्षेत्रका हाटबजार पूर्वाधारको अभावले झनै प्रभावित बनेका छन्। रुपन्देहीको सबैभन्दा पुरानो मानिएको सूर्यपुराको हाटबजारमा पूर्वाधार अभावले खुला आकाशमुनि बसेर व्यापारी ग्राहक पर्खेर बस्न बाध्य छन्। तीन/चार दिनदेखि लगातार झरी परेकाले व्यापारी त्रिपाल र पानीकागज टाँगेर सामान बिक्री गर्न बस्ने गरेका छन्। धेरै व्यापारीले खुला आकाशमुनि बसेर व्यापार गर्दै आएका छन्। हिलोले गर्दा हाटबजारसम्म आउनै समस्या हुने गरेको छ। व्यापारीले विगत छ/सात महिनादेखि हाटबजारमा ग्राहकको सङ्ख्या घट्दै गएको गुनासो गरेका छन्।
अठतिस रुपियाँमै स्वास्थ्य परीक्षण
सवारीचालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गर्न धेरैले न्यूनतम तीनदेखि छ सय रुपियाँसम्म तिर्ने गरिएको हुन्छ। अब भने सवारीचालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गर्दा त्यति धेरै रकम तिर्नुपर्ने छैन। यातायात व्यवस्था कार्यालय तुलसीपुर दाङले कार्यालयमा ३८ रुपियाँमै स्वास्थ्य परीक्षण गरेको निरोगिताको प्रमाणपत्र पाउने व्यवस्था गरिदिएको छ। जसले गर्दा महँगो रुपियाँ तिरेर निरोगिताको प्रमाणपत्र लिनुपर्ने बाध्यता हटेको छ। यातायात व्यवस्था कार्यालयले भदौ ७ गतेदेखि नै कार्यालयमै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको छ। यातायात व्यवस्था कार्यालय प्रमुख रमेश गौतमले महँगो रकम तिरेर निरोगिताको प्रमाणपत्र लिनुपर्ने सेवाग्राहीको बाध्यता हटाउन सवारीचालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको बताउनुभयो।
साहित्यकार सम्मानित
अवधी सांस्कृतिक प्रतिष्ठानद्वारा नेपालगन्जमा ५२६ औँ तुलसी जयन्ती विविध कार्यक्रमका साथ भव्यतापूर्वक मनाइएको छ । नेपाल र भारतका अवधीभाषी साहित्यकारहरूको सम्मान, बहुभाषी कवि गोष्ठी र तुलसीदासको जीवनीबारे चर्चा गरिएको प्रतिष्ठानले जनाएको छ । अवधी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुमालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा भारतबाट आउनुभएका वरिष्ठ साहित्यकारहरू इन्द्रेसबहादुर सिंह, डा. मनोज भारत, सन्दीप सरल र पिके प्रचण्ड तथा नेपालका अवधीभाषी साहित्यकारहरू मधेईसिंह सिख, कृष्णादेवी पाण्डे, शिवप्रसाद पाठकलगायतलाई सम्मान गरिएको थियो । नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सन्तोष कनोडिया र नेपाल प्रज्ञा–
शिक्षकको तलब हिनामिना भएको आरोप
तानसेन नगरपालिका–११ को गार्गी माध्यमिक विद्यालयमा चार वर्षदेखि शिक्षकको नाममा ५ लाख १२ हजार ६२० रुपियाँ वार्षिक अनियमितता भएको पाइएको छ ।
टरिगाउँ एयरपोर्टबाट सातामा तीन दिन मात्र उडान
करिब चार महिनादेखि बन्द भएको टरिगाउँ एयरपोर्टबाट पुनः उडान सुरु भएको छ । कहिले यात्रु अभाव त कहिले जहाज अनियमित हुँदा बन्द भएको एयरपोर्टबाट पुनः सातामा तीन दिन उडान सुरु भएको हो ।
अलमलमा लुम्बिनी प्रदेश सरकार
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको चार महिना पुग्दासमेत मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन। आठ दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएका डिल्लीबहादुर चौधरीले मन्त्रीपरिषद्लाई पूर्णता दिन नसक्दा अन्य संसदीय समितिसमेत बन्न सकेका छैनन्। लुम्बिनी प्रदेश सभा अन्तर्गतका संसदीय समितिका सभापति चयन गर्न समेत ढिलाइ भएको छ। प्रदेश सभाको विषयगत समितिका
प्रदेशमा कर्मचारी अभाव
लुम्बिनी प्रदेशमा चार हजार कर्मचारीको दरबन्दी भए पनि दुई हजार पाँच सय कर्मचारीले सेवा प्रवाह गरिरहेको छ। जसले गर्दा प्रदेशका योजना कार्यान्वयनमा जटिलता थपिएको छ। लक्ष्य अनुसार बजेट खर्च गर्न सकिरहेको छैन। प्रदेश योजना आयोगले प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा कार्यक्रममा प्रदेशमा कर्मचारी टिकाउनै समस्या परेको भन्दै ध्यानाकर्षण गराइएको छ। कर्मचारीको रिक्त दरबन्दीलाई पूरा गरेपछि योजना कार्यान्वयनलाई गति दिन सकिने सुझाव कार्यक्रममा दिइएको छ।
डुडुवा गाउँपालिकाले ९० टन बीउ उत्पादन गर्दै
बाँकेका किसानले बीउका लागि सधैं समस्या भोग्नु परेकाले सो समस्या समाधानका लागि जिल्लाको एक पालिकाले यस आर्थिक वर्षमा ९० टन धानको बीउ उत्पादन गर्नेभएको छ ।
खोरियावासीको समस्या तत्कालै समाधान हुने
बाणगङ्गा नदी कटानका कारण चिन्तित बनेको खोरियावासीको समस्या समाधान हुने भएको छ । गत साता लगातार वर्षाका कारण नदीमा बनाएको पक्की बाँध नै भत्काएपछि स्थानीय समस्यामा परेका हुन् ।
लुम्बिनी प्रदेशमा ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि विभिन्न जिल्लामा तयारी बैठकहरू जारी राखेको छ ।
ऐतिहासिक थारू गाउँ संरक्षण गर्न उज्यालो अभियान
रूपन्देहीको सैनामैना नगरपालिकाले पुराना तथा ऐतिहासिक थारू गाउँको विकास तथा संरक्षण गर्ने उद्देश्यले उज्यालो अभियान सुरु गरेको छ। नगरपालिकाले पाँच वटा पुराना थारू गाउँ सालझन्डीको बिचौवापुर, पर्रोहाको पर्रोहा गाउँ, बुद्धनगरको पकलभेडवा, रामापुरभित्रको भड्छा र ताली गाउँलाई उज्यालो गाउँ बनाउने अभियान सुरु गरेको हो। सो अभियान सञ्चालनका लागि गत वर्षदेखि बजेट उपलब्ध गराएर धमाधम निर्माणको काम भइरहेको पालिकाले जनाएको छ। सडक, बिजुली, खानेपानीलगायतका पूर्वाधार नहुँदा वर्षायाममा यहाँ घुँडा घुँडासम्म हिलोमा हिँड्नुपर्ने बाध्यता छ।