दाङमा बालविवाहको सङ्ख्या बढ्दो
विसं २०७६ वैशाख ३० गते गढवाकी एक बालिकालाई विवाह गरेको अभियोगमा जिल्ला अदालतमा बाल विवाह गरेको आरोपमा मुद्दा दर्ता भयो ।
धारापानीमा एक करोड बत्ती
पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा मङ्गलबार बत्ती बाल्दै भक्तजन ।
तिलौराकोट आउने पर्यटक पुग्दैनन् सङ्ग्रहालय
बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोटमा वार्षिक एक लाखको हराहरीमा आए तर त्यही नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालयमा न्यून मात्रामा गएको देखिएको छ ।
बाँकेका ३०७ कैदीबन्दीको आँखा परीक्षण, निःशुल्क औषधि वितरण
बाँके कारागारमा रहेका अधिकांश कैदीबन्दीमा आँखा पाक्ने रोगको समस्या देखिएपछि कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेर कैदीबन्दीको आँखा परीक्षण गरिएको छ ।
नेपालगञ्जमा साहित्यकार सम्मान
कल्पना फाउण्डेसन नेपालका अध्यक्ष तथा नेपालगञ्जका साहित्यकार कल्पना पौडेल जिज्ञासुको कथा सङ्ग्रह ‘कचहरी’ को विमोचनसँगै वरिष्ठ साहित्यकारलाई सम्मान गरिएको छ ।
गुल्मीमा अरिङ्गालको टोकाइबाट एकको मृत्यु
गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ काल ढुङ्गा बस्ने भगवान् सिं ठकुरीको २१ वर्षीय छोरा को शैलेस सिं ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सडक अवरुद्ध, तीन जना बेपत्ता
केही दिनअघिदेखि परेको अविरल वर्षाले लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा क्षति पु-याएको छ। बाढीले बगाएर मानवीय क्षतिका साथै पहिरोका कारण सडक अवरुद्ध भएका छन्। बाढीका कारण मानव बस्ती डुबानमा परेका छन्। नदीमा आएको बाढीका कारण बस्ती उच्च जोखिममा रहेका छन्।
रुपन्देहीमा घरेलु हिंसाविरुद्धका उजुरी बढे
रुपन्देहीमा घरेलु हिंसामा वृद्धि भएको पाइएको छ । पछिल्लो ६ वर्षमा रुपन्देहीमा दुई हजार ७८१ घरेलु हिंसाविरुद्धका उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
बाढीले भत्काएको सडक मर्मत गरिँदै
घोराही तुलसीपुर सडकखण्डअन्तर्गत आइतबार आएको बाढीका कारण भत्किएको सडक मर्मत सुरु गरिएको छ । सडकखण्डको तुलसीपुर उपमहानगरपालिका–१७ फोर्टिनाइन चोकदेखि पूर्वतर्फको सुरैना चिरामा आएको बाढीले सडक भत्काएको थियो ।
वनसँग सहकार्य नगर्दा विकास निर्माणमा ढिलाइ
लुम्बिनी प्रदेशले सुरु गरेका अधिकांश विकासका आयोजना वन कार्यालयसँग समन्वय गर्न नसक्दा अघि बढ्न सकेका छैनन्। बजेट निर्माण गर्दा विकास गर्ने ठाउँको टुङ्गो नलाग्दै बजेट छुट्याउने र ठेक्कापट्टा गरिसकेपछि ठाउँको खोजी गर्ने प्रवृत्तिले एकातिर बजेट खर्च हुन नसक्ने र अर्काेतिर स्थानीय बासिन्दाले सेवा नपाउने स्थिति पैदा भइरहेको छ। विकासका योजना सञ्चालन हुने ठाउँको यकिन नभएकै कारण प्रदेश सरकारका धेरै आयोजना अलपत्र अवस्थामा रहेका छन् भने वन कार्यालयसँग अनावश्यक विवाद सिर्जना हुने गरेको छ। विद्यमान कानुन, कार्यविधि पूरा नगरेर वन कार्यालयलाई मात्र दोष दिने प्रवृत्तिले विकासे अड्डाको विकास बजेटसमेत कम खर्च हुने गरेको छ।
जथाभाबी सडक खन्दा बिग्रियो राजमार्ग
स्थानीय तहहरूले जथाभाबी बाटो खन्न थालेपछि मुख्य तथा सहायक राजमार्गमा असर पर्न थालेको छ। पाल्पाका स्थानीय तहहरूले जथाभाबी खनेका ग्रामीण सडकका कारण जिल्लाका मुख्य सडकका रूपमा रहेको सिद्धार्थ राजमार्गसहितका सहायक राजमार्गमा क्षति पुग्दा यातायात सेवा प्रभावित हुने स्थिति पैदा भएको छ।
दुई वर्षमा एक सय छत्तिस महिला हराएको उजुरी
अर्घाखाँचीमा मानिस हराएको उजुरीमा सबैभन्दा बढी सङ्ख्या महिलाको रहेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा विगत दुई वर्षमा १३६ जना महिला हराएको उजुरी परेका थिए। हराएकामध्ये ११ जनालाई अझै पनि भेट्टाउन सकिएको छैन। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार २०७८/७९ मा ७१ जना महिला हराएका थिए। जसमा ६२ जना मात्रै फेला परेका थिए। त्यस्तै २०७९/८० मा ६५ जना महिला हराएको उजुरीमा ६३ जना महिला फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो।
अस्थाई शिविरको भान्छा
नवलपरासी(बर्दघाट सुस्तापूर्व) हुप्सेकोट गाउँपालिका –१ मा पहिरोवाट विस्थापित १८ घर परिवारलाई राखिएको अस्थाई शिविरमा खुल्ला आकाश मुनि खाना पकाउदै महिला ।
बर्दियामा बाढीका कारण दुई सय ७३ घरधुरी डुबानमा
निरन्तर वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण बर्दियामा दुई सय ७३ घरधुरी डुबानमा परेको छ ।
गुल्मीका सबै स्थानीय तहमा शिक्षकको धर्ना
नेपाल शिक्षक महासङ्घले गुल्मीका सबै स्थानीय तहमा धर्ना दिएको छ । यस जिल्लामा रहेका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमा तीन घण्टा धर्ना दिएको नेपाल शिक्षक महासङ्घ गुल्मीका अध्यक्ष हिरासिंह सराङ्कोटीले जानकारी दिनुभयो ।
पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध
गुल्मीको कालीगण्डकी गाउँपालिका –१ हर्मिचौरदेखि अर्वेनी सडक खण्डको ठूलाखोलामा सडक अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
दाङमा खोलाले बगाउँदा वृद्ध बेपत्ता
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले घोराही उपमहानगरपालिका–११ झमरे निवासी ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जानकारी दिनुभएको छ ।
शृङ्गारिक आरती हेर्ने भक्तजनको घुइँचो
घोराही उपमहानगरपालिका–५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा शनिबार राति शृङ्गारिक आरती हेर्न पुगेका भक्तजनको घुइँचो
वरिष्ठ पत्रकार दाहाललाई ‘सुशील कोइराला राष्ट्रिय पत्रकारिता सम्मान’ प्रदान
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाललाई ‘सुशील कोइराला राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ बाट सम्मानित गरिएको छ ।
धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार गर्न कोरा साइक्लिङ
रुपन्देहीको पश्चिम क्षेत्रमा रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले शनिबार कोरा साइक्लिङ च्यालेन्ज भएको छ। साइकलबाटै १२५ देशको यात्रा गरेका विश्व साइकलयात्री अजित बरालको आतिथ्यमा भएको कोरा साइक्लिङ सैनामैना नगरपालिकाका साथै कञ्चन गाउँपालिकाका विभिन्न क्षेत्रको परिक्रमा गरिएको थियो।
नेपालगन्ज सहर : टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो
“पानीमा रुझ्दै दिनभरि झाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि साँझ बेच्दा रु पाँच–दशमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने रु” बाँकेका नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्नुहुन्छ ।
निर्वाहमुखी कृषिलाई उकास्न प्रयासरत छौँ
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा तीन गाउँपालिका रहेका छन्। हिमाली र साबिक रुकुम जिल्लाबाट छुट्याएर नयाँ जिल्ला बनेको रुकुमपूर्व विकास निर्माण, शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, सञ्चार, जनचेतनालगायत हरेक क्षेत्रमा अन्य जिल्ला भन्दा भिन्न छ। जिल्लाको सिस्ने गाउँपालिकाले स्थानीय बासिन्दाको आय बढाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। गाउँपालिकाले पछिल्लो समयमा सञ्चालन गरेका आर्थिक तथा भौतिक प्रगति र योजनाका विषयमा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीसँग गोरखापत्रकर्मी जयमान बुढामगरले गर्नुभएको कुराकानीको सारसङ्क्षेप।
रोकिएन कालीगण्डकी कोरिडोरमा पहिरो
बिहीबार दिउँसोदेखि कालीगण्डकी कोरिडोरमा पहिरो खस्ने क्रम रोकिएको छैन । जिल्लाको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरदेखि अर्वेनी सडकखण्डको ठुलाखोलामा सडक माथिबाट ढुङ्गासहित पहिरो खस्ने क्रम शनिबार दिउँसोसम्म नरोकिएपछि सडक अवरुद्ध भएको हो ।
उर्दू भाषाको संरक्षणका लागि गजल गोष्ठी
विभिन्न साहित्यिक गतिविधि बढ्दै गएको बाँकेमा पछिल्लो समयमा उर्दू भाषाको संरक्षणका लागि पनि विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।