• ३० वैशाख २०८२, मङ्गलबार

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

blog

सिद्धार्थ राजमार्ग अन्तर्गत रामापिथेकस नजिकै खसेको पहिरो । तस्बिर: रेखीराम राना

रेखीराम राना

पाल्पा, साउन १४ गते । सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । तिनाउ–३, रामापिथेकस पार्क नजिकै सुरुङ मार्गको उत्तरतर्फको ढोकामा पहिरो खसेपछि राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ । 

सुरुङ मार्गको ढोका माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । सडकमा खसेको पहिरो हटाउनका लागि एक्स्काभेटरसहितका उपकरण प्रयोग गरिएको उहाँले बताउनुभयो । 

सडकमा पहिरो खसेपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ आउने सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन् । पहिरोले सुरुङ मार्ग निर्माणका लागि बनाइएको केही संरचनामा क्षति पुगेको छ ।