खवाङ्गमा आमाछोरा मृत फेला
नौबहिनी गाउँपालिका –३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । खवांगको काईया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
रुरुक्षेत्रमा ‘लुम्बिनी प्रदेशस्तरीय लाखे महोत्सव’ हुँदै
गुल्मीको रुरुक्षेत्रमा लुम्बिनी प्रदेशस्तरीय पहिलो ‘लाखे महोत्सव तथा लाखे नाच प्रतियोगिता’ हुने भएको छ। रुरुक्षेत्र गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत नीति तथा कार्यक्रम अनुसार सो प्रतियोगिता हुन लागेको हो।
हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिक समस्या
बाँके र बर्दियाका केही स्थानीय तहमा रहेका हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगन्जले केही समयअघि गरेको खानेपानी परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका सहायक केमिष्ट गोपाल रेग्मीले जानकारी दिनुभयो ।
रुसले थाल्यो लुम्बिनीमा बौद्ध मन्दिर निर्माण
बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु भएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो ।
बुधबारदेखि सम्पर्कविहीन राजु मृत फेला
गुल्मीमा बुधबार साँझदेखि सम्पर्कविहीन रहेका २८ वर्षीय राजु मृत फेला परेका छन् ।
लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’
बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण थालिएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरवर्ग स्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो । रुसको नेपालस्थित दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउन्डेसन र रुसका बौद्धमार्गीको संयुक्त पहल तथा प्रयासमा उक्त संरचना ३० करोड रुपियाँको लगानीमा निर्माण सुरु भएको रुसी गुम्बा नेपालका संयोजक ई. प्रवीण गौचनले जानकारी दिनुभयो ।
भूकम्पपीडितलाई आठसय थान त्रिपालसहित राहत प्रदान
नेपाल प्लाइउड म्यानुफेक्चर एसोसिएसनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि ८०० थान त्रिपाल र २० रोल ओछ्याउने फोम जिल्ला प्रशासन कार्यालय बाँकेलाई प्रदान गरेको छ ।
मोटरसाइकल जुधेर युवकको मृत्यु
मोटरसाइकल जुधेर कपिलवस्तुमा एक युवाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ खैरी बजारमा दुई मोटरसाइकल जुधेर ३० वर्षीय युवाको मृत्यु भएको हो ।
मानव सेवा नै सर्वोच्च सेवा : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव सेवा नै सर्वोच्च सेवा भएको बताउनुभएको छ । मानव कल्याण समाज (सेवा घर) दाङ शाखा नारायणपुरको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि क्षेत्रबाट गरिने मानव सेवा सर्वोच्च सेवा हुने धारणा राख्नुभयो ।
भेरी अस्पतालबाट थप दुई जना घाइते डिस्चार्ज
जाजरकोट र रुकुम पश्चिममा गत कार्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भएर उपचारका लागि विभिन्न समयमा भेरी अस्पताल ल्याइएका बिरामी निको भएर डिस्चार्ज हुनेक्रम बढेको छ।
सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ ।
कुटपिट गरी हत्या गरेको अभियोगमा आठ जना पक्राउ
बर्दिया गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २० वर्षीय वरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या गरेको अभियोगमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँकेमा उर्दू साहित्यको विकासमा शायरको योगदान
पश्चिम नेपालको प्रमुख सांस्कृतिक सहर नेपालगन्ज बाँके जिल्लाको सदरमुकाम हो। सद्भावको सहरका रुपमा परिचित बाँके जिल्लामा विभिन्न धर्म, समुदाय र कला संस्कृति मान्नेको बाक्लो बसोवास छ।
बाँकेमा चुनौती बन्दै छाडा चौपाया व्यवस्थापन
नेपालगन्ज उपमहानगरले नगर भित्र र बाहिरका स्थानीयले आफ्ना गाईगोरू, घोडा गधा सडकमा निरन्तर छोड्दा चुनौती बढेको छ। सिमानाकाबाट भित्रिएका छाडा चौपायाका कारण यो समस्या विकराल बन्दै गएको जनाएको छ।
माटाका भाँडाले धानिएको पुस्तैनी जीवन
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहनुभएको छ ।
लुम्बिनीमा ३० करोड लगानीमा 'रुसी बौद्ध मन्दिर'
एक सय ८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो ।
कल्भर्टमुनि फेला परेको शवको पहिचान खुल्यो
बाँकेको नरैनापुरमा बिहीबार कल्भर् मुनि फेला परेको बेवारिसे पुरुषको शवको पहिचान खुलेको छ ।
प्रहरीद्वारा गोली हानी व्यक्तिलाई नियन्त्रण
बाँके प्रहरीले एक व्यक्तिलाई गोली हानी नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका –११ का आकासजङ्ग रानालाई शुक्रबार बाँकेको जानकी गाउँपालिका –४ बाट गोली हानी नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
प्युठानमा 'सराएँ' मेलाको रौनक
तिहार सकिए लगत्तै प्युठानमा 'सराएँ' मेलाको रौनक सुरु भएको छ ।
लिनै आएनन् राष्ट्रिय परिचयपत्र
जिल्ला प्रशासन कार्यालय गुल्मीमा आठ हजार ७४ वटा राष्ट्रिय परिचयपत्र बनेर आए पनि एक हजार २८ जनाले मात्रै परिचयपत्र लिएका छन् । घुम्ती टोलीमार्फत र प्रशासन कार्यालय गुल्मीमा परिचयपत्रका लागि हालसम्म विवरण दर्ता गराएकाको सङ्ख्या एक लाख ८३ हजार ८७७ जना रहेको प्रशासनले जनाएको छ । घुम्ती टोलीमार्फत एक लाख २९ हजार ३५९ जना र प्रशासनबाट ५४ हजार ५१८ जनाको विवरण दर्ता भएको छ ।
बुटवलको आम्दा अस्पताल तीन सय शय्याको हुँदै
विसं २०५५ मा ५० शय्याबाट सुरु भएको बुटवलस्थित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पताल स्थापनाको २५ वर्षमै तीन सय शय्याको हुने भएको छ । आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य सङ्घबिच त्रिपक्षीय समझदारी भई ५० शय्याबाट सुरु भएको अस्पताल अहिले एक सय शय्यामा सञ्चालन भइरहेको छ । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पतालको स्तरवृद्धि गरी महिला र बालबालिकाका लागि सुविधासम्पन्न विशिष्टीकृत अस्पताल बनाउने योजना अनुसार अस्पताल छिटै तीन सय शय्यामा सञ्चालन हुने बताउनुभयो
तिहार सकिएपछि लक्ष्मीको मूर्ति विसर्जन
लक्ष्मीपूजामा स्थापना गरिएको लक्ष्मीको मूर्ति विसर्जन गरिएको छ । जिल्लाको विभिन्न स्थानमा निकालिएको दुईसय पचास लक्ष्मीको मूर्ति विसर्जन गरिएको हो ।
कल्भर्टमुनि बेवारिसे शव फेला
बाँकेको नरैनापुरमा बिहीबार एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
मौलिक मेला पर्वबाट लोकतन्त्र बलियो बनाउन सहयोग पुग्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्य र न्यायलाई नेपाली समाजको मानकको रुपमा मनाइने मौलिक मेला पर्वहरुले लोकतन्त्रलाई बलियो बनाउन सहयोग गर्ने बताउनुभएको छ ।