• १ जेठ २०८२, बिहिबार

मोटरसाइकल जुधेर युवकको मृत्यु

blog

जानु पाण्डे

कपिलवस्तु, मंसिर १ गते । मोटरसाइकल जुधेर कपिलवस्तुमा एक युवाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ खैरी बजारमा दुई मोटरसाइकल जुधेर ३० वर्षीय युवाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा नगरपालिका–९ का प्रवेश रोका मगर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । विपरीत दिशाबाट आएको लु ६० प ३५०५ नम्बर र युके ०७ डी जेड ६००८ नम्बरको दुई वटा मोटरसाइकल बिहीबार अन्दाजी सवा १० बजे बाइक जुधेको थियो । 

दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा वडा ९ का किसन दर्लामी, सागर घर्ती, सुदिप क्षेत्रीको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले बताउनुभयो ।