जगदीशपुर तालमा आन्तरिक पर्यटक बढे
विश्व सिमसार एवम् पंक्षि आरक्षक्षेत्र कपिलबस्तुको जगदीशपुर तालमा पर्यटक डुङ्गामा रमाउने गरेका छन् । तालमा डुङ्गा सञ्चालन भएपछि दैनिक आन्तरिक पर्यटकको डुङ्गामा रमाएका हुन् ।
जगदीशपुर तालमा स्टिमर सञ्चालनमा रोक
विश्व सिमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालमा स्टिमर सञ्चालनमा रोक लगाइएको छ । जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च कपिलवस्तुले गत कात्तिक २८ गतेदेखि तालमा स्टिमर सञ्चालनमा ल्याएको थियो । तालमा सञ्चालन रहेको स्टिमर डिभिजन वन कार्यालय कपिलवस्तुले रोक लगाएको हो ।
मारुनी नाचको संरक्षणमा स्थानीय
परम्परागत नाचको संरक्षण गर्न गाउँमा मारुनी नाच नाचिएको छ । परम्परादेखि जिल्लाको विभिन्न स्थानमा नाचिनेको संरक्षणका लागि मारुनी नाच नाचिएको यहाँका बासिन्दाले बताएका छन् ।
खाद्य व्यवस्था कम्पनीले ५१ हजार क्विन्टल धान खरिद गर्ने
नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका कृषकहरूले उत्पादन गरेको धान बुधबारबाट खरिद गर्न सुरु गरेको छ ।
नेपालगन्ज म्याराथनको पुरस्कारमा बृद्धि
मङ्सिर ९ गते हुने नवौँ धारा नेपालगन्ज म्याराथनमा यस वर्ष नगद पुरस्कार वृद्धि गरिएको छ । म्याराथनको विजेताले दुई लाख रुपियाँ पाउनेछन्
पाल्पामा सुन्तला महोत्सव हुने
सुन्तलाको बजार प्रवर्द्धन गर्न जिल्लामा पहिलो पटक सुन्तला महोत्सव हुने भएको छ ।
जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ ।
काठमाडौँबाट नेपालगन्ज उडेको बुद्ध एअरको जहाज अवतरण नगरी काठमाडौँ फर्कियो
काठमाडौँबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाडौँ फर्किएको छ ।
विद्यालय टाढा हुँदा पढाइ छाड्दै विद्यार्थी
माध्यमिक तहको पढाइका लागि तिनाउ–४, सत्यवती, लगाड, कोलडाँडालगायत गाउँका विद्यार्थी दैनिक चार घण्टा पैदल हिँड्न बाध्य छन् । गाउँमा माध्यमिक तहको पढाइ हुने विद्यालय नभएपछि यहाँका विद्यार्थी दैनिक चार घण्टा पैदल हिँडेर पढ्न अन्यत्र जाने गरेका छन् । सत्यवती, लगाड, कोलडाँडालगायत गाउँका ३० भन्दाबढी विद्यार्थी माध्यमिक तहको पढाइका लागि तिनाउकै अर्को वडामा रहेको तिलोत्तमा माध्यमिक विद्यालयमा पढ्न जाने गरेको स्थानीय अभिभावकले बताएका छन् ।
विज्ञ नहुँदा कानुन बनाउन समस्या
लुम्बिनी प्रदेश सरकारको स्थायी राजधानीको हाताभित्र पर्ने राप्ती गाउँपालिकालाई फोहोर व्यवस्थापनमा समस्या छ । राजधानी क्षेत्र र पालिकाको फोहोर व्यवस्थापनका लागि सामुदायिक वन रोजे पनि वनसम्बन्धी अधिकार पालिकामा नहुँदा त्यसको व्यवस्थापनमा सधैँ समस्या भोगिरहेको छ ।
सहायक सामग्रीले बढायो आत्मविश्वास
अपाङ्गता भएकालाई स्वरोजगार बनाउने उद्देश्यसहित अपाङ्गता सहायक सामग्री वितरणपछि अपाङ्गता भएकाहरूमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ । सहायक सामग्री वितरणले अपाङ्गता भएकामा केही गरेर देखाउने आत्मविश्वास पलाएको मात्रै छैन आत्मनिर्भर भएर देखाउने हिम्मत पनि जुटेको उनीहरूको भनाइ छ ।
नेपालगन्ज नाकाबाट झन्डै अठार अर्बको वैदेशिक व्यापार
पश्चिम नेपालको प्रमुख नाका नेपालगन्जबाट गत तीन महिनामा २१ देशसँग १७ अर्ब ९३ करोड रुपियाँ बराबरको वैदेशिक व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्म यो नाकाबाट २१ देशसँग १७ अर्ब ९३ करोड १३ लाख ८३ हजार रुपियाँको वैदेशिक व्यापार भएको हो ।
जग्गा लिजमा लिएर व्यावसायिक स्ट्रबेरी खेती
दाङको घोराहीमा व्यावसायिक रूपमा स्ट्रबेरी खेती सुरु गरिएको छ । घोराही उपमहानगरपालिका–१४, झिङ्गौरामा करिब नौ कट्ठा जग्गामा व्यावसायिक स्ट्रबेरी खेती गरिएको हो । रोल्पा र म्याग्दी जिल्ला निवासी दुई जना युवा मिलेर दाङको घोराहीस्थित झिङ्गौरामा रहेको स्वर्गद्वारी आश्रमको जग्गा लिजमा लिएर व्यावसायिक स्ट्रबेरी खेती गरेको सञ्चालक वीरेन्द्र खड्काले बताउनुभएको छ ।
हवाईजहाजको स्वरूपमा स्वागतद्वार निर्माण
‘उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्धन’ नारासहित भैरहवामा हुने छैटौँ लुम्बिनी प्रादेशिक महोत्सव २०८० को तयारी पूरा भएको छ । उद्योग व्यापार सङ्गठन रुपन्देहीको आयोजनामा भैरहवाको अञ्चलपुरमा मङ्सिर ६ देखि १८ सम्म हुने महोत्सवको तयारी पूरा भएको हो । मङ्गलबार पत्रकार सम्मेलन गरी सङ्गठनका अध्यक्ष दर्पण श्रेष्ठले महोत्सवको ९५ प्रतिशत काम पूरा भएको बताउनुभयो । महोत्सवको आकर्षणका रूपमा मुख्यद्वारलाई हवाईजहाजको स्वरूपमा निर्माण गरिएको छ । उहाँले लुम्बिनीको आर्थिक विकासको आधार पर्यटन मान्दै सरकारबाट निर्माण भएको अर्बौं रुपियाँ लगानीमा विमानस्थल तयार भएर चल्न नसकेको, होटल व्यवसाय धराशायी भएका बेला सरकारलाई दबाब दिने गरी विमानको आकृति र स्थलका रूपमा महोत्सव स्थल बनाएर विरोध देखाउन खोजिएको बताउनुभयो ।
किड्स फेस्टिभल गरिँदै
बालबालिकामा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ नेपालगन्ज किड्स फेस्टिभलको दोस्रो संस्करण आगामी १६ गते नेपालगन्जमा आयोजना गरिने भएको छ । आयोजक लिभवेल काउन्सिलिङका अध्यक्ष भोजराज शर्माले फेस्टिभलको दोस्रो संस्करणमा चार वटा विधालाई महìव दिएको बताउनुभयो ।
राजपुरमा आँखा उपचार केन्द्र सञ्चालन
दाङको राजपुर गाउँपालिकामा एकीकृत आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, लमही आँखा अस्पताल र राजपुर गाउँपालिको साझेदारीमा राजपुर गाउँपालिका–२ को पवित्रनगरमा सो केन्द्रको उद्घाटन गरिएको हो ।
भूकम्प प्रभावित जिल्लामा आठ सय थान त्रिपाल नेपालगन्जबाट पठाइयो
विभिन्न सङ्घसंस्थाले भूकम्प पीडितका लागि उपलब्ध गराएको आठ सय थान त्रिपाल र ३५ रोल ओछ्याउने फम जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार प्रभावित जिल्लातर्फ पठाएको हो।
विमानस्थल सञ्चालनमा दबाब दिन हवाईजहाज स्वरूपमा स्वागतद्वार
उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्धन नारासहित भैरहवामा हुने छैटौँ लुम्बिनी प्रादेशिक महोत्सव २०८० को तयारी पूरा भएको छ ।
हरिबोधिनी एकादशीमा बिदा
गुल्मीको रेसुङ्गा नगरपालिकाले हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिने भएको छ । मङ्गलबार एक सूचना निकाल्दै हरिबोधिनी एकादशीको अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले सो दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।
तीन महिनामा २१ देशसँग १७ अर्ब ९३ करोडको व्यापार
पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत तीन महिनामा २१ देशसँग १७ अर्ब ९३ करोडको वैदेशिक व्यापार भएको छ ।नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारीअनुसार चालु आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असोजसम्म यो नाकाबाट २१ देशसँग १७ अर्ब ९३ करोड १३ लाख ८३ हजार रुपियाँको वैदेशिक व्यापार भएको हो ।
विद्यार्थी 'पढ्दै कमाउँदै'
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमले विद्यार्थीलाई यो अवसर प्रदान गरेको हो ।
उपचारका लागि आएका ६० मध्ये ५२ डिस्चार्ज
जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएका ५२ जना निको भई भेरी अस्पताल नेपालगञ्जबाट घर फिर्ता हुनुभएको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्नेबाट ५० लाख असुल
तनहुँ ट्राफिक प्रहरीले चाडपर्वको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधानबाट करिब ५० लाख रुपियाँ जरिवाना असुल गरेको जनाएको छ ।
भूकम्प पीडितहरुका लागि भारतीय राजदूतावासद्वारा औषधि सहयाेग
जाजरकोट र रुकुमपश्चिम लगायत पश्चिम नेपालका भूकम्प प्रभावित जिल्लाहरुका लागि भारत सरकारले चौथो खेपमा एक ट्रक अति आवश्यक औषधि सहयोग पठाएको छ ।