बालिकाको हत्या गर्ने भारतीय नागरिक जेल चलान
बाँकेमा एक चौध वर्षीया बालिकाकाे कर्तव्य ज्यान मुद्दाका एक भारतीय नागरिक कारागार चलान भएका छन् । डुडुवा गाउँपालिका वडा नं. १ टेपरीका श्यामलाल चमारको १४ वर्षीया छोरी रिता हरिजन भन्ने सिलावती चमारलाई मारेको आरोपमा जिल्ला बहराइच थाना रुपैडिहा तहसिल नानपारा ग्राम बाबागञ्ज भारतका ३० वर्षीय महेश चौहानलाई बाँके जिल्ला अदालतले सोमबार कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
लुम्बिनी चिनी मिलको प्रदूषण विरुद्ध स्थानीय आन्दोलित
लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीयहरू आन्दोलित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकुल असर पारिरहेकोले उक्त प्रदूषण न्यूनीकरण गर्न मिलसँग माग गर्दै सुनवलवासी आन्दोलित बनेका हुन् ।
कांग्रेसले पार्टी सदस्यबाट लेबी उठाउने
नेपाली कांग्रेस गुल्मीले पार्टी सदस्यहरूबाट अनिवार्य रूपमा लेबी उठाउने भएको छ ।
आमाबुबा नै अशक्त भएपछि तीन जना बच्चा बिचल्ली
बाँकेको बैजनाथ गाउँपालिका-७ पेडारीका रामकृष्ण थारु र लालमोहनी थारुको परिवार केहीवर्ष अघिसम्म हाँसीखुसी थियो । दैनिक घर परिवार चलाउन कुनै समस्या थिएन । पति, पत्नी, आमा, २ छोरी र एक छोरा सहित ६ जनाको परिवार गाउँकै नमुना परिवारको रूपमा थियो ।
पुल निर्माणमा ढिलाइ
पाल्पाको सत्यवती जोड्ने गोरबन्दीघाट पुल निर्माणमा निकै ढिलाइ भएको छ। ठेक्का गरेको तीन वर्ष पुग्न लाग्दासमेत निर्माणको १० प्रतिशत मात्र काम भएको छ । निर्माण व्यवसायी र पुल डिजाइनमा देखिएको समस्याका कारण पुल निर्माणको काममा ढिलाइ भएको हो । लुम्बिनी प्रदेश सरकारको लगानीमा २०७७ साल फागुनमा दुई वर्षभित्र पुल बनाउने ठेक्का सम्झौता भएको थियो । पूर्वस्वीकृत डिजाइन अनुसार काम हुने भए पनि पुलमाथि नै खोला पसेपछि पुनः डिजाइन गरिएको छ। प्राविधिक डिजाइनमा देखिएको समस्या समाधान गर्न ढिलाइ हुँदा तीन वर्षमा केही काम हुन सकेन ।
परम्परागत कला झल्काउने मेला सुरु
कात्तिक शुक्ल पूर्णिमाको अवसरमा बाँकेका चार स्थानमा लाग्ने ऐतिहासिक सांस्कृतिक मेला सुरु भएको छ । बाँकेको राप्ती नदी सिधनियाघाट, जानकी गाउँपालिकाको गुरुवागाउँ, जोगागाउँ र राप्तीसोनारीको टिकुलीपुरमा सोमबारदेखि सांस्कृतिक मेला सुरु भएको हो । कात्तिक पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्नेको बिहानैदेखि भिड लागेको छ । नदीमा स्नान गर्न बाँकेलगायत भारतका विभिन्न स्थानबाट भक्तजन आउने गर्छन् । नदी तथा जलाशयमा बिहान स्नान गरी गौदान गर्ने, सिधा तथा अन्नलगायतका दान दिने गरिएको अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “यो स्नानको ठुलो महत्व छ, यो स्नान गर्नले माघेसङ्क्रान्तिका दिनको जति फल मिल्छ, यो सूर्य भगवान्को विकिरण पानीमा पर्ने भएकाले स्नान गरेपछि मानिसको शरीरमा चर्म रोगसम्बन्धी समस्यासमेत निराकरण हुन्छ ।”
औद्योगिक व्यापार महोत्सवमा नौ करोडको कारोबार
रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्धन महोत्सव पाँच दिन थप गरिएको छ ।
कला र संस्कृति जगेर्ना गर्न ‘डिग्रे’ मेला
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ टिकुलीपुरमा कला र संस्कृतिको जगेर्ना गर्न आइतबारदेखि ३ दिने ‘डिग्रे’ मेला सुरु भएको छ । सिद्धसाइकुमारी मन्दिर व्यवस्थापन समितिको आयोजनामा सञ्चालनमा आएको मेलाको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले उद्घाटन गर्नुभयो ।
रामघाटमा मेला भर्नेकाे घुइँचो
कपिलबस्तुको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न भक्तजनको घुइँचो लागेको छ ।
चालकलाई कारबाहीको माग गर्दै सडक अवरुद्ध
दुर्घटना गर्ने ट्याङ्कर चालकलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै नेपालगन्जको धम्बोझी चोकमा मृतकका परिवार तथा आफन्तले सडक अवरुद्ध गरेका छन् ।
अखाद्य बस्तु बिक्री रोक्न कडाइ
नेपालगन्जमा अखाद्य बस्तुको बिक्री रोक्न कडाइ सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरमा लेवलिङ नगरिएका, म्याद गुज्रेका र अखाद्य बस्तुको विक्री भइरहेको स्थानीयको गुनासोपछि नेपालगन्ज उपमहानगरले कडाइ गरेको हो ।
भूकम्प प्रभावितलाई टहरा बनाउँदै पाल्पाली टोली
भूकम्पबाट प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा अस्थायी टहरा निर्माणमा पाल्पाबाट गएको टोली खटिएको छ । गत मङ्सिर ५ गतेदेखि नै रुकुमपश्चिमको आठबिस्कोट नगरपालिका –१३ घेत्मामा पाल्पाबाट गएको टोलीले अस्थायी घरटहरा निर्माण गरेको हो ।
नेपालगन्ज नर्सिङ क्याम्पसको आधुनिक भवन निर्माण
भौतिक पूर्वाधारको अभावमा नर्सिङ पढाइमा समस्या देखिएपछि नेपालगन्जमा करिब एक करोडको लागतमा ६ कोठे आधुनिक भवनको निर्माण गरिएको छ ।
कुलोमा खसेर एक पुरुषको मृत्यु
दाङको देउखुरीमा कुलोमा खसेर एकजना पुरुषको मृत्यु भएको छ । राप्ती गाउँपालिका–७ अर्नहनपुरस्थित जोकही कुलोमा खसेर छोट्की सिसहनियाँ निवासी ४१ वर्षीय पृथ्वी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको छ ।
भूकम्प पीडितलाई सहयोग जुट्दै
रिव्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित परिवारलाई रकम सहयोग गर्ने भएको छ ।
नौमती बाजा बजाउँदै महिला समूह
गुल्मीको मदाने गाउँपालिका–६ की सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ ।
नेतृत्वले देशको आवश्यकता बुझ्न जरुरी: नेता भण्डारी
प्रतिनिधिसभा सदस्य एवम् नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले नेपालमा समय अनुसार काम गर्न नसकिएको बताउनुभएको छ । तम्घासमा भएको नेपाली काँग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको बन्द सत्र सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
पानी ढुवानी गरेर पिउनुपर्ने बाध्यता
गुल्मीमा अझै पनि गाडीबाट खानेपानी ढुवानी गर्नुपर्ने बाध्यता छ । यस जिल्लाको कालीगण्डकी गाउँपालिका–१ का देउराली, सिरकोट र वडा नं. २ को कोटका बासिन्दा खानेपानी गाडीबाटै ढुवानी गरेर पिउनुपर्ने बाध्यतामा छन् । वर्षायाममा चिदियारको मूलबाट पानी ल्याउने गरेका स्थानीयवासी हिउँद लागेपछि मुहान सुक्ने भएकाले अझ टाढाबाट गाडीमा ढुवानी गरेर खानेपानी ल्याउने गरेको स्थानीय युवा तिलक रानाले बताउनुभयो । एक पटक खानेपानी ल्याउँदा गाडीलाई एक हजार पाँच सय रुपियाँसम्म तिर्नुपर्ने अवस्था रहेको ७५ वर्षीय बलबहादुर न्यौपानेले बताउनुभयो ।
चरेस र अफिमसहित कोहलपुरबाट एक जना पक्राउ
ईलाका प्रहरी कार्यालय कोहलपुरले ठुलो मात्रामा लागूऔषध चरेस र अफिमसहित कोहलपुरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ।
ट्याङ्करको ठक्करबाट किशोरीको मृत्यु
नेपालगन्जमा ट्याङ्करको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । आइतबार बेलुका नेपालगन्जको धम्बोझी चोक नजिक ट्याङ्करको ठक्करबाट १७ वर्षीया एक किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
ठगी गरेको आरोपमा शिवशिखर सहकारीविरुद्ध प्रहरीमा उजुरी
बाँकेमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ठगी गरेको जनाउँदै तीन हजार ३०० जनाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी नारायण डाँगीका अनुसार हालसम्म शिवशिखरविरुद्ध ठगीको उजुरी गरेकाहरूले ४८ करोड ७८ लाख ६४ हजार बिगो दाबी गरेका छन् ।
राज्यमन्त्री ठकुरीद्वारा दरबार सङ्ग्रहालयको अवलोकन
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन् राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।
मेला हेर्न गाउँपालिकामा बिदा
सत्यवती गाउँपालिकाले मङ्सिर ११ गते सोमबार सार्वजनिक बिदा दिएको छ । सत्यवतीमा मेला लाग्ने भएकाले मेला हेर्नका लागि सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनुभयो ।