• ३० वैशाख २०८१, आइतबार

कांग्रेसले पार्टी सदस्यबाट लेबी उठाउने

blog

तिलाचन पाण्डे

तम्घास, मङ्सिर १२ गते । नेपाली कांग्रेस गुल्मीले पार्टी सदस्यहरूबाट अनिवार्य रूपमा लेबी उठाउने भएको छ ।

कांग्रेसको विधानमा लेबी उठाउने स्पष्ट व्यवस्था भए पनि लेबी नउठाएको कांग्रेसले अव देखी अनिवार्य रूपमा लेबी उठाउने व्यवस्था गरेको पार्टी सचिव भगतसिंह खडकाले जानकारी दिनुभयो ।

कांग्रेसको मङ्सिर ९ र १० गते २ दिनसम्म चलेको दोस्रो जिल्ला सम्मेलन पश्चात् आयोजना गरिएको पत्रकार सम्मेलनमा खडकाले सो जानकारी गराउनुभएको हो । कांग्रेसले विधानलाई टेक्दै हालसम्म कार्यान्वयन हुन नसकेको लेबीलाई अनिवार्य गर्ने निर्णय गरिएको खडकाले बताउनुभयो ।

यस्तै कांग्रेस गुल्मीले पार्टीलाई थप प्रभावकारी बनाउन गुल्मी कांग्रेसको अठोट,सबल वडा सक्षम टोल अभियानलाई वडा, टोल प्रशिक्षण कार्यक्रम चलाउने निर्णय गरी पार्टी सभापति खिल ध्वज पन्थीले जानकारी दिनुभयो ।

कांग्रेस गुल्मीले विगतका वर्षहरूको पुरानो तिर्नुपर्ने रकमलाई खोजी खोजी तिर्ने र आय व्ययलाई चुस्त दुरुस्त राख्ने व्यवस्था पनि पार्टीले मिलाएको पन्थीले बताउनुभयो ।

कार्यक्रममा सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई पन्थीले धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।