शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, जेठ २ गते । नेकपा (एमाले)को सचिवालय बैठक पर्सी सोमबार बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले आज शनिबार दिउँसो बस्ने भनिएको बैठक नेताहरूको व्यस्तताका कारण बस्न नसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार नेताहरू जेठ ३ गते मनाइने मदन–आश्रित दिवसका सन्दर्भमा व्यस्त हुनुभएको हो ।
पर्सीको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उहाँको निजी निवास गु्ण्डुमा बस्ने गरी तय भएको उहाँको भनाइ छ ।
बैठकमा समसामयिक राजनीति, सुकुमवासीका सवाल एवम् जनपक्षीय विषयमा छलफल हुने बताइएको छ ।