देशमा भाषणभन्दा काम गर्ने समय आयो : सभापति देउवा
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताउनुभएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले कम बोल्ने तर काम गर्ने आफ्नो स्वभाव रहेको उल्लेख गर्नुभयो ।
६ सय छात्रालाई छात्रवृत्तिमा ५० प्रतिशत अनुदान
बाँकेको एक पालिकाले बालिकालाई विद्यालयमा ल्याउनका लागि छोरी पढाऊ अभियान कार्यक्रम सञ्चालन गरेको छ ।
स्कूल बसको ठक्करबाट दुईजनाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी
रुपन्देहीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । लुम्बिनी– ककरहवा सडकखण्ड अन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा शनिबार बिहान भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।
काठ तस्करी बढ्यो, अवैध सालको काठ बरामद
बाँकेको दुर्गम र पिछडिएको मानिने नरैनापुर क्षेत्रमा सालको काठको अवैध तस्करी बढेको छ । अन्य क्षेत्रको तुलनामा सुरक्षा निकायको उपस्थिति र सक्रियता कम रहेको यस क्षेत्रमा तस्करी बढेको देखिएको हो ।
मन्दिरको भेटीबाट विद्यालय सञ्चालन
अर्घाखाँचीको सुपादेउराली मन्दिरको भेटीबाट विद्यालय सञ्चालन भएका छन् । मन्दिर व्यवस्थापन समितिले मन्दिरमा चढाएको भेटी (रुपियाँ) सङ्कलन गरेर जिल्लाका चारवटा विद्यालयका आठ जना शिक्षक शिक्षिकालाई तलब उपलब्ध गराउँदै आएको छ ।
औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या
बाँकेको वैजनाथ गाउँपालिकास्थित वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अटोक्लेभ (औषधिजन्य फोहर विसर्जन गर्ने मेसिन) सञ्चालन नहुँदा औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या भएको छ ।
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
दाङको लमहीमा हाइस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । शुक्रबार बेलुका पश्चिमबाट पूर्व जाँदै गरेको रा १ ख २१७३ नम्बरको हाइसले लमही नगरपालिका-७ पदमिनीखोलामा साइकल यात्रीलाई ठक्कर दिएको थियो ।
‘प्लस टु’ सञ्चालनका लागि चन्दा सङ्कलन
गुल्मीको एक सामुदायिक विद्यालयमा प्लस टु कक्षा सञ्चालनका लागि चन्दा सङ्कलन अभियान थालिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–२, पीपलधारास्थित गणेश माध्यमिक विद्यालयले प्लस टु अर्थात् कक्षा ११ र १२ सञ्चालनका लागि चन्दा सङ्कलन अभियान सुरु गरेको हो ।
दुर्घटनामा दुई जनाको मृत्यु
रुपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
‘सिकलसेल कुण्डली मिलाएर मात्र विवाह गर्नुस्’
सिकलसेल एनिमिया वंशाणुगत रोग हो । नेपालमा विशेष गरी थारु समुदायमा यो रोग देखिएको छ । गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ । यसै कारणले सिकलसेल पीडितलाई सधैँ सताउने गरेको पीडितको भनाइ छ ।
नेपालगन्जलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता
नेपालगन्ज उपमहानगरपालिकालाई २०८३ सालको असार मसान्तसम्म बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता उपमहानगरपालिकाले गरेको छ ।
बुटवलमा कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन आजदेखि
नेपाली कांग्रेस लुम्बिनीको पहिलो प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु हुँदै छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शानिबारदेखि सुरु हुन लागेको सम्मेलनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुँने कार्यक्रम रहेको छ ।
गुल्मीमा चोरीका घटना बढ्दो तर पक्राउ पर्दैनन् चोर
गुल्मीमा चोरीका घटनाहरू वृद्धि हुँदै गए पनि चोर पत्ता लाग्न सकेको छैन । गत जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैङ्क,सहकारीलगायत घरहरू तोडफोड गरी नगद, गरगहना चोरी भए ।
गुलरियाको दुर्गादेवी मन्दिर (फोटो फिचर)
बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ मा अवस्थित प्रख्यात मातङ्गी दुर्गा देवीको मन्दिर । यही मन्दिरको नामबाट यस टोलको नाम मातड. गी टोल रहन गएको हो । यो देवीको मन्दिर गुलरिया बजारको प्रमुख सडक किनार अर्थात् प्रमुख सडकको बायाँतर्फ रहेको छ ।
स्थानीय सरकारले सुशासन र सेवा प्रवाह लाई मूल मन्त्र बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको सबैभन्दा नजिकको सरकारको रूपमा रहेको रहेको स्थानीय सरकारले सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
पालिकाबाट विद्यार्थीलाई दिवा खाजा
पालिकाले दिवा खाजाको व्यवस्था गरेपछि विद्यालय छाड्ने दर घटेको छ । रम्भा गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेसँगै विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीका लागि खाजाको व्यवस्था गरिएको हो । सङ्घीय सरकारले बालकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दैनिक १५ रुपियाँ अनुदान दिएको छ । रम्भा गाउँपालिकाले ६ देखि ९ कक्षासम्मका विद्यार्थीका लागि दैनिक २० रुपियाँको खाजा खुवाउने गरेको रकमादेवी आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक विष्णुप्रसाद बस्यालले बताउनुभयो । गाउँपालिकाले माथिल्लो कक्षाका विद्यार्थीलाई समेत दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थी खुसी हुँदै नियमित विद्यालयमा आउने गरेको बस्यालले बताउनुभयो । दिवा खाजाले माथिल्लो कक्षामा विद्यालय छाड्ने दर कम हुँदै गएको उहाँले बताउनुभयो ।
युवक कालीगण्डकी नदीमा मृत फेला
आठ दिनदेखि सम्पर्कविहीन रहेका एक युवक कालीगण्डकी नदीमा मृत फेला परेका छन् । पाल्पाको पूर्वखोला –१ सिलुवा घर भई रामपुर नगरपालिका –७ किसानबारी बस्दैआएका २२ बर्षीय सन्तोष पन्थी शुक्रबार तनहुँको घिरिङ गाउँपालिका–१ गडौलीटार स्थित कालीगण्डकी नदी किनारमा मृत फेला परेका हुन् ।
कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलनको तयारी पूरा
भोलि बुटवल रामनगरमा रहेको बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलनलाई पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर,केन्द्रीय सदस्य,प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
लोकतन्त्र नहुँदाको पीडा आजको पुस्ताले गहिरोसँग अनुभूत गर्नुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकका सबैखाले अधिकारको संरक्षण तथा प्रयोग लोकतन्त्रमा मात्रै सम्भव हुने बताउनु भएको छ ।
सबै बालबालिकालाई पूर्णखोप
जिल्लाका दुई हजार ७६ जना १६ देखि २३ महिनाका बालबालिकालाई पूर्ण खोप लगाइएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै जिल्लालाई पूर्ण खोप घोषणा समेत गरेको छ ।
पञ्चेबाजा संरक्षणमा बाँकेका महिला
बाँकेका महिलाहरू समूह बनाएर पञ्चेबाजाको संरक्षण गर्दै व्यावसायिक रूपमा आयआर्जनमा जुटेका छन् । राप्तीसोनारी गाउँपालिका–८ की दीपा बस्नेतले गाउँका दिदीबहिनीहरूको समूह बनाएर पञ्चेबाजालाई व्यावसायिक रूपमा सञ्चालन गरी आयआर्जन गर्दै संरक्षण समेत गर्दै आएको बताउनुभयो ।
राष्ट्रिय वाणिज्य बैङ्कको कार्यालयमा तालाबन्दी
पश्चिम नेपालको केन्द्र रहेको नेपालगन्जबाट कार्यालय सार्न खोजेपछि स्थानीय सङ्घ संस्थाले विरोध गर्दै बैङ्कको कार्यालयमा तालाबन्दी गरेका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालय १९औँ वर्षमा
लुम्बिनी बौद्ध विश्व विद्यालय १९ औँ वर्षमा प्रवेश गरेको छ। स्थापनाको १९ औँ वर्ष प्रवेशका अवसरमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बौद्ध शिक्षाको महत्त्व नेपालमा मात्रै नभएर विश्वभर भएको बताउनुभएको छ।
शैक्षिक सुधारका लागि तहगत प्रधानाध्यापक
बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयहरूमा तहगत प्रधानाध्यापकको नियुक्ति गरेको छ ।