• १२ साउन २०८१, शनिबार

युवक कालीगण्डकी नदीमा मृत फेला

blog

इमानसिं राना

रामपुर (पाल्पा), मंङ्सिर १५ गते । आठ दिनदेखि सम्पर्कविहीन रहेका एक युवक कालीगण्डकी नदीमा मृत फेला परेका छन् । पाल्पाको पूर्वखोला –१ सिलुवा घर भई रामपुर नगरपालिका –७ किसानबारी बस्दैआएका २२ बर्षीय सन्तोष पन्थी शुक्रबार तनहुँको घिरिङ गाउँपालिका–१ गडौलीटार स्थित कालीगण्डकी नदी किनारमा मृत फेला परेका हुन् । 

हराएका पन्थीको आफन्तजनले खोजी गर्नेक्रममा दिउँसो साढे १ बजे नदी किनारमा तैरिराखेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पन्थीको शव मुचुल्का गरी रामपुर अस्पताल पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।