वर माग्ने मेलाबाट १८ लाखभन्दा बढी भेटी सङ्कलन
पाँच दिनसम्म चलेको वर माग्ने मेलाबाट १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । जिल्लाको तिनाउ –४, सत्यवतीमा मङ्सिर ७ गतेदेखि ११ गतेसम्म चलेको वर माग्ने मेलामा भक्तजनले १८ लाख ५० हजार रुपियाँ भेटी चढाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
सडक दुर्घटनामा एकसय २२ जनाको मृत्यु
बर्दियामा सडक दुर्घटनामा परी साढे तीन वर्षको अवधिमा एकसय २२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको पछिल्लो साढे तीन वर्षको तथ्याङ्कअनुसार सडक दुर्घटनामा परी एकसय २२ जनाको मृत्यु भएको हो ।
थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु
मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै हुनुहुन्थ्यो । उहाँले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रङ्ग्याउँदै हुनुहुन्थ्यो ।
व्यवस्था उल्ट्याउने कुरा सम्भव छैन : महासचिव गुरुङ
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले व्यवस्था उल्ट्याउने कुरा सम्भव नभएको बताउनुभएको छ ।
वडाबाटै सामाजिक सुरक्षा भत्ता
बाँकेको नरैनापुर गाउँपालिकाले जेष्ठ तथा अशक्त नागरिकलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।
गुल्मीमा सेनाको गण पुनः स्थापना हुने
गुल्मीको सदरमुकाम तम्घासमा नेपाली सेनाको गण पुनः स्थापनाका लागि पहल अगाडि बढाइएको छ । यहाँ गण पुनः स्थापनाका लागि गत कात्तिक २१ गते रेसुङ्गा नगरपालिकाबाट नेपाली सेनाको प्रधान कार्यालयमा पत्र पठाइएको नगरप्रमुख खिल ध्वज पन्थीले जानकारी दिनुभयो ।
बसकोे ठक्करबाट पैदल यात्रीको मृत्यु
बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
सिद्धार्थ राजमार्ग छेउमा पुरुष मृत फेला
पाल्पामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको तिनाउ–५, चर्चरेस्थित सिद्धार्थ राजमार्गको छेउमा बिहीबार साँझ अन्दाजी २२ वर्षका पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
भिरबाट लडेर पुरुषको मृत्यु
भिरबाट लडेर घाइते हुनुभएको एक जनाको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ ।
बाँकेमा घट्दै एचआइभी सङ्क्रमित
बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । ३६ औँ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा नेपालगन्जमा बिहीबार आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले पछिल्लो समयमा बाँकेमा एचआइभी सङ्क्रमितको घट्दै गएको तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
सरसफाइकर्मीको स्वास्थ्य निर्देशिकाबारे सुझाव सङ्कलन
नेपालगन्ज उपमहानगरपालिकाका सरसफाइकर्मीको पेसागत स्वास्थ्य तथा सुरक्षा निर्देशिकाको मस्यौदा बारेमा बिहीबार सुझाव सङ्कलन गरिएको छ ।
विद्युतीय रिक्सा व्यवस्थापनमा चुनौती
नेपालगन्जमा सडक दुर्घटना बढाउने मुख्य कारणका रूपमा देखिएको यात्रुवाहक सवारीसाधन विद्युतीय रिक्सा व्यवस्थापन गर्न कठिन भएको छ । नेपालगन्जका सडकमा जभाभावी रूपमा जहाँ त्यहीबाट विद्युतीय रिक्सा दौडिरहेको पाइन्छ ।
दुई लाख राशिको भलिबल प्रतियोगिता हुँदै
राष्ट्रव्यापी अन्तर स्थानीय तह भलिबल प्रतियोगिता प्युठानको माण्डवी गाउँपालिकामा सुरु भएको छ । प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको हो ।
गाईभैँसी उपचारका लागि ‘डोर टु डोर’ कार्यक्रम
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुले गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
भूकम्प पीडितलाई १२ क्विन्टल तरकारी
जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि बाँकेको कोहलपुरबाट १२ क्विन्टल तरकारी सङ्कलन गरेर सहयोग स्वरूप पठाइएको छ। पीडितका लागि अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति बाँकेको पहलमा दैनिक रूपमा प्रयोग हुने तरकारी सङ्कलन गरेर राहतस्वरुप भूकम्प प्रभावित क्षेत्रमा पठाइएको हो।
सैन्य सामग्री प्रदर्शनीमा विद्यार्थीको चाख
नेपाली सेनाको आयोजनामा दोस्रो रनिङ शिल्ड तथा सैनिक प्रदर्शन, २०८० सम्पन्न भएको छ । यही मङ्सिर ९ गतेदेखि १२ गतेसम्म सेनाको बज्रदल गणले बाँके र बर्दियाका १७ विद्यालयका विद्यार्थीका लागि लक्षित गरी यहाँ प्रदर्शनी आयोजना गरेको थियो ।
‘ग्रामीण आँखा केन्द्र’ सञ्चालनमा आउने
बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखा उपचारका लागि ‘ग्रामीण आँखा केन्द्र’ सञ्चालनमा आउनेभएको छ । राप्तीसोनारी गाउँपालिका र नेपाल आँखा कार्यक्रम–तिलगङ्गा आँखा प्रतिष्ठानबिच आँखा केन्द्र सञ्चालन गर्ने सम्झौता भएसँगै राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा आँखा केन्द्र सञ्चालनमा आउनेभएको हो ।
पाँच लाखलाई नागरिकता, १५ को बदर
दाङमा जिल्ला प्रशासन कार्यालयमार्फत ५४ वर्षको अवधिमा पाँच लाखभन्दा बढीले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयबाट मात्र जिल्लाका ५ लाख २ हजार ५ सय ३९ जनाले नेपाली नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।
जीवनोपयोगी सिप : विद्यार्थीले बनाए च्याउखेतीका लागि टनेल
कोहलपुर नगरपालिका २ को शिवशक्ति आधारभूत विद्यालयका बालबालिकाले च्याउखेतीका लागि टनेल निर्माण गरेका छन् ।
ज्ञानलाई प्रविधिमा रूपान्तरण गर्दै विद्यार्थी
विद्यालयमा सिकेको ज्ञान प्रविधिमा रूपान्तरण गर्दा रुपन्देहीको सैनामैनाका विद्यार्थीले बधाईमात्र पाएका छैनन्, अझै लगनशील हुन प्रेरणा पनि बटुलेका छन्।
बङ्गलाचुलीमा व्यावसायिक सुन्तला खेती
दाङको बङ्गलाचुली गाउँपालिका–५ कुडुले, साकिनेलगायत गाउँमा व्यावसायिकरूपमा सुन्तला खेती गर्न थालिएको छ । जिल्लामा व्यावसायिक सुन्तला उत्पादन हुन थालेपछि किसान उत्साहित बनेका छन् ।
चौथो फोर्टिन स्टार कप हुँदै
गुल्मीमा चौथो फोर्टिन स्टार कप सञ्चालन हुने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेलमैदानमा फोर्टिन स्टार युवा क्लबको आयोजनामा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) छात्र फुटबल प्रतियोगिता हुने भएको हो ।
संस्कृति संरक्षणमा जुट्दै थारु समुदाय
पश्चिम नेपालको बाँके र बर्दियाका थारु समुदायमा प्रचलित विभिन्न नाच र गीत सङ्गीत लगायतका कला संस्कृति लोप हुन थालेपछि संरक्षणका लागि समुदायका अगुवाहरु सक्रिय भएका छन् ।
आगलागीबाट पाँच पसल जलेर नष्ट
बाँकेको कोहलपुरमा गए राती आगलागी भएको छ । कोहलपुर नगरपालिका ३ मदनचोकस्थित कमलनाथ योगीको घरमा गए राती १ बजेतिर आगलागी भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । आगलागीबाट पसल जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।