दाङमा ११ हजार बढी घरेलु तथा साना उद्योग
दाङमा घरेलु तथा साना उद्योगको सङ्ख्या ११ हजार बढी पुगेको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लाका दश स्थानीय तहमा ११ हजार ४ सय ७ वटा घरेलु तथा साना उद्योगहरू दर्ता भएका छन् ।
कुलतबाट जोगाउन सडक नाटक
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले युवालाई कुलतमा फस्न नदिन विशेष अभियान थालेको छ । लुम्बिनीमा पछिल्लो समय युवा बढी लागूऔषध सेवन गर्ने गरेकाले नगरपालिकाले लागूऔषध दुर्व्यसनी सम्बन्धी सडक नाटक सुरु गरेको हो ।
मन्त्रीद्वारा प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर १९ विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गर्नुभएको छ ।
चार हजार क्विन्टल धान खरिद
नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म चार हजार क्विन्टल धान खरिद गरेको छ ।
सङ्घीय संरचना अनुसार पार्टीलाई चलायमान बनाउन आग्रह
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न सम्मेलनले तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गरेको छ ।
ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु
पाल्पामा गए राति ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिव्दीकोट–१, ख्याहा बस्ने २४ वर्षीय शिवबहादुर पालुङ्गे रहनुभएको प्रहरीले जनाएको छ ।
रामपुरमा व्यावसायिक कालिजपालन
रामपुर क्षेत्रमा नयाँ व्यवसायको रूपमा कालिजपालन थालनी भएको छ । रामपरु नगरपालिका–४ स्थित बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ ।
क्षयरोगी खोजी गर्दै स्वास्थ्यकर्मी
रुपन्देहीको कञ्चन गाउँपालिकामा क्षयरोगीको खोजी अभियान सुरु भएको छ । जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा क्षयरोग सक्रिय रहेको छ । क्षयरोगको न्यूनीकरणका लागि पालिकाको स्वास्थ्य शाखाले सो अभियान थालेको हो ।
शैक्षिक सुधार गर्न तहगत प्रधानाध्यापक
बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयमा तहगत प्रधानाध्यापकको नियुक्ति गरेको छ । शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले विद्यालयमा स्थायी दरबन्दीबाहेकका माध्यमिक विद्यालयका शिक्षक भए पनि स्थायी दरबन्दीका आधारमा आधारभूत तहका शिक्षकलाई प्रअको जिम्मेवारी दिँदा समस्या देखिएपछि तहगत शिक्षकलाई विद्यालयको नेतृत्व दिइएको जानकारी दिनुभयो । गाउँ कार्यपालिकाले कार्यविधि निर्माण गरेर चालु आर्थिक वर्षदेखि खजुराले प्रअ मिलान गरेको हो ।
सुन्तला उत्पादनमा कमी
गुल्मीमा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष छ हजार ९३८.४ मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष छ हजार ५७२.४ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । गत वर्ष २९ करोड ३७ लाख दुई हजार ४७२ रुपियाँ बराबरको सुन्तला उत्पादन भएको थियो भने यस वर्ष २३ करोड ७८ लाख ५५ हजार १५६ रुपियाँ बराबरको सुन्तला उत्पादन भएको बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो ।
घुम्ती शिविरमा २७ जनाले बन्ध्याकरण गराए
नेपाल परिवार नियोजन सङ्घ बाँकेको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय बाँकेले सन्तानको रहर पुगेका दम्पतीका लागि सञ्चालन गरेको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा २७ जनाले स्थायी बन्ध्याकरण गराएका छन् ।
समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको छ : सूर्य थापा
नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको बताउनुभएको छ ।
नेपाल–भारत सीमास्तम्भ मर्मत सम्भार सुरु
लुम्बिनी प्रदेशको कपिलवस्तुबाट नेपाल–भारत सीमास्तम्भहरुको मर्मत सम्भार सुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको अगुवाइ तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुको आयोजनामा सीमा स्तम्भका मर्मत सम्भारको काम शुभारम्भ गरिएको हो ।
अपाङ्गता भएका दम्पतीलाई सहयोग
बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीका रामकृष्ण थारुको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । शारीरिक रूपमा अपाङ्ग भएका रामकृष्णको परिवारलाई सञ्चारकर्मीको पहलमा खाद्यान्न लत्ताकपडा र बालबालिकाको पढाइका लागि आवश्यक नगद सहयोग हस्तान्तरण गरिएको हो ।
किवी खेतीबाट वार्षिक पाँच लाख बढी आम्दानी
गौमुखी गाउँपालिका–३ रजबाराका नरेन्द्र मल्लले व्यावसायिक रूपमा किवी खेती गर्दै आउनुभएको छ । विगत तीन वर्षदेखि उहाँले बर्सेनि किवी उत्पादन गरी विक्री गरेर वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दैआएको छ ।
हाप्किन्डोका १४ खेलाडीको ग्रेडिङ
नेपाल हाप्किन्डो एसोसिएसन बाँकेले जिल्लाका १४ वटा खेलाडीको ग्रेडिङ गर्दै १२ जनालाई एलो र दुई जनालाई ओरेन्ज बेल्ट प्रदान गरेको छ ।
जथाभाबी फोहोर फाल्दा रेसुङ्गा प्रदूषित
धार्मिक तथा पर्यटकीय रेसुङ्गा क्षेत्रमा फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा वातावरण प्रदूषित भएको छ ।
पाल्पामा छ जना स्रष्टा सम्मानित
पाल्पामा छ जना स्रष्टाहरू सम्मानित हुनुभएको छ ।
तीन दिदीबहिनीले ल्याए भूकम्प प्रतिरोधी उद्योग
बुटवलका तीन जना दिदीबहिनी मिलेर करिब पाँच करोड लगानीमा नयाँ शैलीको सुरक्षित र हलुका घर निर्माण गर्ने उद्योग स्थापना गरेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका १ स्थित लौसामा आइटी स्टिल स्ट्रक्चर सलुसन उद्योग स्थापना गरेर स्टिलको बनोटमा आधारित घर निर्माण सुरु गरिएको हो ।
खाद्य कम्पनीद्वारा हालसम्म चार हजार क्विन्टल धान खरिद
नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म चार हजार क्विन्टल धान खरिद गरेको जनाएको छ ।
कांग्रेस लुम्बिनी प्रदेशको बन्द सत्र सुरु
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको दोस्रो दिन बन्द सत्र सुरु भएको छ ।
‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीयले मध्यवर्ती क्षेत्र खारेजी गर्न माग गर्न थालेपछि सङ्घीय सांसदको टोलीले जिल्लाका सरोकारवालासँग छलफल थालेको छ ।
बिकेनन् माटाका भाँडा
कुनैबेला दाङ जिल्लामा निकै राम्रो व्यापार हुने माटाका भाँडा अहिले बिक्री हुन छोडेका छन् । माटोका भाँडा बिक्री नभएर गोदाममै थन्किएपछि व्यवसायीले लुम्बिनी प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषिमन्त्रीलाई बजारीकरणको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।
बाँकेका किसान आधुनिक कृषि उपकरणतर्फ आकर्षित
गाउँघरमा खेताला राख्दा खर्च बढी हुने र समय पनि बढी लाग्ने हुँदा बाँकेका किसान आधुनिक कृषि उपकरणतर्फ बढी आकर्षित हुन थालेका छन्।