• १२ साउन २०८१, शनिबार

अपाङ्गता भएका दम्पतीलाई सहयोग

blog

बाँकेको बैजनाथ गाउँपालिका –७ पेडारीका रामकृष्ण थारुको परिवारलाई सहयोग हस्तान्तरण गरिदैं । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, मङ्सिर १७ गते । बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीका रामकृष्ण थारुको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।  शारीरिक रूपमा अपाङ्ग भएका रामकृष्णको परिवारलाई सञ्चारकर्मीको पहलमा खाद्यान्न लत्ताकपडा र बालबालिकाको पढाइका लागि आवश्यक नगद सहयोग हस्तान्तरण गरिएको हो ।

रामकृष्ण र उहाँकी पत्नी लालमोहनी दुबैजना अपाङ्ग भएपछि घरखर्च चलाउन कठिन छ । तीनजना सन्तानको पढाइका लागि रकम अभाव छ । रामकृष्णको दुई छोरी, एक छोरा र आमासहित ६ जनाको परिवार छ । 

पति, पत्नी नै हिँडडुल गर्न नसक्ने भएपछि साँझ–बिहान खाने समस्या भएकोमा आर्थिक सहयोग प्राप्त भएपछि रामकृष्णको परिवारमा केही दिनका लागि खुसीयाली आएको छ । उहाँले भन्नुभयो, ‘छोराछोरी पढाउन र खानका लागि कसरी जुटाउने चिन्ता भएको अवस्थामा प्राप्त भएको सहयोगले मेरो परिवारलाई केही महिनाका लागि राहत मिलेको छ ।’

सञ्चारकर्मीको पहलमा रामकृष्णको परिवारलाई खजुरा गाउँपालिका –४ स्थायी घर भई हाल अमेरिकामा रहनुभएका लीलबहादुर थापाको आर्थिक सहयोगमा करिब ४० हजार रुपियाँ बराबरको लत्ताकपडा, खाद्यान्न, ह्विलचियर लगायतका सामग्री सहयोग उपलब्ध गराइएको हो । 

रामकृष्णको परिवारमा ७४ वर्षीय वृद्धा आमाले छोराबुहारी र नातिनातिनाको हेरचाह र संरक्षण गर्दै आउनुभएको छ । यसैगरी सञ्चारकर्मी विश्वास सुवेदीले बालबालिकाको पढाइका लागि १० हजार रुपियाँ सहयोग गर्नुभयो ।