• २ जेठ २०८२, शुक्रबार

कामदारको हत्यामा आराेपमा दम्पती पक्राउ

blog

कामदार मनबहादुर दमाईको हत्यामा सङ्लग्न बलबहादुर दमाई र श्रीमती कर्मती दर्जी । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय, म्याग्दी ।

साधन घर्ती 

म्याग्दी (दरबाङ) , जेठ २ गते । म्याग्दीमा आफ्नो घरमा काम गर्ने कामदारको हत्या आराेपमा एक दम्पती पक्राउ परेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–५ ,मल्कबाङमा आफ्नै घरमा मजदुरी गर्ने ४६ वर्षीया मनबहादुर दमाईको हत्या गरी सङ्लग्न ५७ वर्षीया बलबहादुर दमाई र श्रीमती कर्मती दर्जीले शव सोही गाउँको खाम्चा जङ्गलमा फालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो।

वैशाख २८ गते बिहान दस बजेर २५ मिनेटको समयमा स्थानीयले पहिचान नखुलेको शव फेला परेको भनेर प्रहरीलाई सुचना दिएका थिए । सोही सुचनाको आधारमा खोजतलास र अनुसन्धान गर्दा बलबहादुरका दम्पती मनबहादुरलाई बाउसो बिँड प्रहार गरेर टाउको लगायत शरिरका विभिन्न भागमा प्रहार गरी हत्या गरेको खुलेको हो । 

प्रहरीका अनुसार शव अभियुक्तको घरदेखि करिब सात सय मिटर टाढा भेटिएको थियो । मृतक मनबहादुर अभियुक्त दम्पतीको घरमा कामदारको रूपमा कार्यरत हुनुहुन्थ्यो । प्रहरीसँगको प्रारम्भिक बयानमा दम्पतीले आरोप स्वीकार गरेको जिप्रका म्याग्दीका सुचना अधिकारी समेत रहनुभएका प्रहरी निरिक्षक पौडेलले जानकारी दिनुभयो । हत्याको कारण खुल्न सकेको छैन।

हत्यामा सङ्लग्न दम्पतीलाई २९ गते पक्राउ गरिएको र ३० गते जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरेर कर्तव्य ज्यान अन्तर्गत मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मल्कबाङ म्याग्दीको विकट गाउँ हो ।