मालपोत र नापी कार्यालय सञ्चालनमा आउँदा सेवाग्राहीलाई सहज
गत कात्तिक १ गतेबाट मालपोत र नापी कार्यालयले कोहलपुरबाट तीनवटा पालिकामा सेवा प्रवाह सुरु भएपछि सो क्षेत्रका सेवाग्राहीलाई सेवा लिन सहज भएको छ ।
प्रदेश संरचनामा पुनर्विचार आवश्यक : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनबहादुर थापाले निर्वाचन प्रणाली र प्रदेशका संरचनामा पुनर्विचार आवश्यक रहेको बताउनुभएको छ । समानुपातिक निर्वाचन प्रणाली र प्रदेशका संरचना राज्यले थेग्न नसक्ने अवस्थामा पुगेकाले संरचनाको ढाँचामा पुनः मुल्यांकन आवश्यक रहेको उहाँले बताउनुभएको हो ।
गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बर्तमान गणतान्त्रिक व्यवस्थामा गल्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।
फ्रान्सद्वारा भूकम्पपीडितलाई औषधि र त्रिपाल सहयोग
भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पताल र भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकालाई एमडीएम फ्रान्सले ८८ प्रकारका अति आवश्यक औषधिलगायत टेन्टहरु सहयोग गरेको छ ।
भ्रष्टाचार नेपालको ठुलो रोग हो : नेता भण्डारी
नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले नेपालको सबैभन्दा ठुलो रोग भ्रष्टाचार भएको बताउनुभएको छ । गत फागुन ३ गते राति काठमाण्डौंको आफ्नै निवासमा ग्यास दुर्घटनामा परी गम्भीर घाइते भई लामो समयको उपचारपश्चात पहिलो पटक गृह जिल्ला गुल्मी आउनुभएका नेता भण्डारीले सो कुरा बताउनुभएको हो ।
उद्धारमा गएको व्यक्तिको नहरमा डुबेर मृत्यु
बाँकेको एक नहरमा डुबेका बालकलाई उद्धार गर्न गएका एक व्यक्तिको नहरमै डुबेर मृत्यु भएको छ । नरैनापुर गाउँपालिका –६, कोहलाका ३१ बर्षीय बच्छराज धोबीको राप्ती नदीको सिक्टा पूर्वी नहरमा डुबेर बिहीबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ ।
तिलौराकोटलाई सम्पदासूचीमा सूचीकृत गरिने : मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासुचीमा सूचीकृत गरिने बताउनुभएको छ ।
राजेश हमालसहित व्यक्तित्वहरु नेपालगञ्जमा
पश्चिम नेपालका विभिन्न क्षेत्रमा केन्द्रित रही विषय विज्ञको सहभागिता रहेको नेपालगञ्ज कन्क्लेक्टिभ शुक्रबार विहानदेखि सुरु भएको छ ।
लोपाेन्मुख समुदायलाई राज्यको मूलप्रवाहमा ल्याइन्छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोपाेन्मुख समुदायलाई राज्यको मूलधारमा ल्याउने काम भइरहेको बताउनु भएको छ ।
नेपालगञ्ज म्याराथन हुँदै
नवौं धारा नेपालगन्ज म्याराथन शनिबार हुने भएको छ ।
देउसी-भैलोको रकम मिर्गौला पीडितलाई
गुल्मीमा देउसी भैलोबाट उठेको रकम मिर्गौला पीडितलाई सहयोग गरिएको छ ।
कला संस्कृति सांस्कृतिक एकताको आधार: सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कला संस्कृति सांस्कृतिक एकताको आधार भएको बताउनुभएको छ । दाङको बंगलाचुली गाउँपालिकाको बंगलाचुली लेकमा आयोजना गरिएको बृहत् भैलो महोत्सवको उद्घाटन गर्दै मन्त्री शर्माले फरक–फरक समुदाय र जातजातिका मानिसहरूलाई एकताको सूत्रमा बाँध्ने चाडपर्व र कला संस्कृतिको संरक्षणमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभएको हो ।
माछामा आत्मनिर्भर बन्दै दाङ
दाङ जिल्ला माछामा आत्मनिर्भरको बाटोमा अगाडि बढेको छ । जिल्लामा माछापालन बढेसँगै आन्तरिक उत्पादनले बजार धान्न थालेको छ । माछाका लागि अरू जिल्लाको भर पर्ने दाङले अहिले बर्सेनि करिब ६०९ मेट्रिक टन माछा उत्पादन गर्ने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत प्रेम चौधरीले जानकारी दिनुभयो । “जिल्लामा उत्पादन बढेसँगै आन्तरिक उत्पादनले बजार धान्ने अवस्था बन्न थालेको छ,” उहाँले भन्नुभयो, “करिब पाँच प्रतिशत मात्रै माछा बाहिरबाट आउने गरेको छ ।” जिल्लामा अहिले करिब १९५ हेक्टर क्षेत्रफलमा माछापालन हुने गरेको छ । जसमा व्यावसायिक रूपमा ११५ हेक्टरमा र अन्य प्राकृतिक तथा कृत्रिम जलाशयमा माछापालन हुने गरेको छ ।
निःशुल्क रगत पाउनै गाह्रो
गत कात्तिक २७ गते घोराही उपमहानगरपालिका–५ निवासी दीपिका रावतको प्रसूति हुने मिति तोकिएको थियो । चिकित्सकको सल्लाह अनुसार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुनुभएकी दीपिकाको प्रसूति सामान्य नहुने भयो । चिकित्सकका अनुसार उहाँको शल्यक्रिया गर्नुपर्ने भयो । त्यसका लागि रगत आवश्यक प¥यो । शल्यक्रियाका लागि रगत आवश्यक पर्ने भएपछि श्रीमान् रगत लिन रक्तसञ्चार केन्द्रमा पुग्नुभयो । त्यहाँ उहाँले घोराही उपमहानगरपालिकाले निःशुल्क रगतको व्यवस्था मिलाएको सुन्नुभयो र निःशुल्क रगतका लागि आग्रह गर्नुभयो तर पाउनुभएन । रक्तसञ्चार केन्द्रले निःशुल्क रगत पाउनका लागि वडाको सिफारिस चाहिने बतायो । बिरामीका श्रीमान् विजय रावतले दुई हजार रुपियाँ तिरेर आवश्यक रगत ल्याएको बताउनुहुन्छ ।
कालीगण्डकी नदीमा पुरुषको शव फेला
तानसेन–१४, दुमैस्थित कालीगण्डकी नदीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्ने पुरुष रिव्दीकोट–३, मालमुल बस्ने वर्ष ६७ का होमबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
भारतबाट ल्याइएका मुर्रा राँगा नेपाललाई हस्तान्तरण
भारत सरकारले नेपाललाई उपहार दिएको मुर्रा जातको राँगालाई विहीबार भारतीय अधिकारीले नेपालका अधिकारीलाई हस्तान्तरण गरेका छन् ।
सुन्तला अड्किएर बालकको मृत्यु
गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका –५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
सत्यवतीमा चिच्याएर बर माग्ने मेला सुरु
पाल्पाको सत्यवतीमा चिच्याएर बर माग्ने मेला सुरु भएको छ । हरेक वर्ष जस्तै यो वर्ष बिहीबारदेखि चिच्याएर बर (मनको इच्छाउने) माग्ने मेला सुरु भएको हो ।
बाँकेमा धान उत्पादन बढ्यो
बाँकेमा यसवर्ष गत वर्षभन्दा धानको उत्पादन बढ्ने अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले यो वर्ष धानको क्षेत्रफलसँगै उत्पादनमा पनि बढेको जानकारी दिनुभयो।
जनतासँग प्रदेश सभा सदस्य कार्यक्रम सुरु हुँदै
नेकपा (एमाले) ले बाँकेमा जनतासँग प्रदेशसभा सदस्य कार्यक्रम सञ्चालन गर्नुभएको छ । पार्टी कार्यकर्ता र आम जनतासँग निर्वाचनको समयमा गरिएको प्रतिबद्धता कार्यान्वयन भए नभएको विषयमा आम जनतासँग साक्षात्कारका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको एमाले बैजनाथ गाउँपालिका कमिटीका सचिव प्रेम सुवेदीले जानकारी दिनुभयो ।
कारागारका कैदीबन्दी जोखिममा
“हामी अहिले जुन ठाउँमा टेकेर उभिएका छौँ, राति हाम्रो सुताई यही ठाउँमा हुने गर्दछ । दिन बिताउन यहाँ जति कष्टकर छ, रात त्योभन्दा बढी भयावह हुन्छ ।” बाँके कारागारका एक कैदीबन्दीले अनुगमनमा आउनुभएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष आफ्ना पीडा सुनाउनुभयो ।
रेसुङ्गामा हरिबोधिनी एकादशी मेला
गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गामा हरिबोधिनी एकादशीको पावन अवसर पारेर हरेक वर्ष मेला लाग्ने गर्दछ । विगतदेखि नै हरिबोधिनी (ठुलो) एकादशीमा रेसुङ्गा धामको महापोखरीमा विशाल एकादशी मेला लाग्ने गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो ।
हरित अभियान सफल पार्न २१८ ट्रि गार्ड सहयोग
कोहलपुर नगरपालिकाद्वारा व्यापक वृक्षरोपण गरेर सुरु गरिएको हरित कोहलपुर अभियानलाई सफल बनाउन विभिन्न संघसंस्थाले विरुवा संरक्षणका लागि २१८ वटा ट्रि गार्ड सहयोग गरेका छन् ।
व्यापार महोत्सवले लगानीको अवसर सिर्जना गर्ने
रुपन्देहीको सैनामैनामा बुधबारदेखि छैटौँ राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव २०८० सुरु भएको छ । सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन उद्योग व्यापारको प्रवर्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न महोत्सवले सघाउ पुग्ने आयोजकको विश्वास छ ।