सत्यवती मेला : चिच्याउँदै वर माग्दै
पाल्पाको सत्यवतीमा चिच्याएर वर माग्ने मेला मङ्सिर ७ गतेदेखि लाग्ने भएको छ । मेला मङ्सिर ११ गतेसम्म सञ्चालन हुने छ । तिनाउ गाउँपालिका–४, सत्यवतीमा हरेक वर्ष चिच्याएर वर माग्ने मेला लाग्ने गर्दछ । यो वर्ष मेला पाँच दिनसम्म सञ्चालन हुने समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुभयो । परम्परादेखि नै यहाँ चिच्याएर वर माग्ने अनौठो मेला लाग्दै आएको छ । परापूर्वकालमा सत्यवती बज्यै घनाजङ्गलको बिचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किंवदन्तीमा उल्लेख छ ।
दाङमा सुन्तलाको व्यावसायिक खेती
दाङको बङ्गलाचुलीमा गरिएको व्यावसायिक सुन्तला खेतीले उत्पादन दिन सुरु गरेको छ । बङ्गलाचुली गाउँपालिका–५, साकिने गाउँमा गरिएको सुन्तला खेतीले उत्पादन दिन सुरु गरेको हो । पाँच वर्षअघि साकिने गाउँलाई सुन्तला पकेट क्षेत्रका रूपमा विकास गर्नका लागि बङ्गलाचुली गाउँपालिकाले १० लाख रुपियाँ र प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत ४० लाख रुपियाँ सहयोग गरेपछि स्थानीय सुन्तला खेतीमा जोडिएका हुन् । प्रदेश र स्थानीय सरकारको सहयोगमा सुन्तला खेती गरेका स्थानीय बोटमा सुन्तला फल्न थालेपछि खुसी भएका छन् ।
दाङमा बस्नेत दाजुभाइ मृत फेला
दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।
माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु
बाँकेको खजुरामा माछाको सुरक्षाका लागि पोखरीमा फिट गरिएको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
काष्ठकलाका धनी जग्गुलाल ओझेलमा
उमेरले ६५ वर्षमा लागेका धर्नाका जग्गुलाल चौधरी अहिले पनि काठका मूर्ति बनाउने काम गर्दै आउनुभएको छ । पाँच दशक बढी समयदेखि मूर्तिकलामा लाग्दै आउनुभएका घोराही उपमहानगरपालिका–५ ठूलोगाउँ धर्ना निवासी जग्गुलाल सधैँ ओझेलमा रहनुभएको छ ।
देउसी भैलीको रकम मिर्गौला बिरामीको उपचारमा
देउसी भैलीबाट सङ्कलन भएको दक्षिणा बापतको रकम बाँकेमा एक जना मिर्गौला रोगसँग जुधिरहनुभएका विरामीको उपचारका लागि हस्तान्तरण गरिएको छ ।
नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा हुने
नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । बुटवल जेसीजको आतिथ्यतामा आगामी मङ्सिर २९ देखि पुस २ गतेसम्म नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको हो ।
सैनामैनामा बुधबारदेखि औद्योगिक व्यापार महोत्सव हुँदै
रुपन्देहीको सैनामैनामा मङ्सिर ६ गतेदेखि छैटौँ राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक तथा प्रविधि, व्यापार महोत्सव २०८० सुरु हुँदैछ ।
अभियन्ता देवकोटाको दुर्घटनामा मृत्यु
सहकारी अभियन्ता माधव देवकोटाको सवारी दुर्घटनामा मृत्यु भएको छ । रुपन्देहीको शंकरनगर निवासी सहकारी अभियन्ता देवकोटालाई सोमबार दिउँसो रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राइभरटोलमा ट्रकले ठक्कर दिएको थियो ।
कवि देवकोटाको स्मृतिग्रन्थ विमोचन
नेपाली भाषाका विद्वान् कवि माधवप्रसाद देवकोटाको १२० औँ जन्मजयन्ती पाल्पाको तानसेनमा मनाइएको छ । सो अवसरमा माधव–दमयन्ती स्मृति प्रतिष्ठान पाल्पाले प्रकाशन गरेको कवि देवकोटाको स्मृतिग्रन्थ विमोचन गरिएको हो ।
आन्द्राकुदे र गौडान जोड्ने झोलुङ्गे पुलको उट्घाटन
पाल्पाको रामपुर नगरपालिका वडा नं.४ को आन्द्राकुदे र ५ को गौडान जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।
कालाकाटे–गढवा सडक भत्काएपछि सास्ती
कालाकाटे–गढवा सडकखण्डमा कालोपत्रेका लागि पुरानो कालोपत्रे उप्काएर त्यसै छाडिएपछि स्थानीय बासिन्दा र यात्रु सास्ती खेपिरहेका छन् । सडकको ढुङ्गा उछिट्टिएर आँगनसम्म आइपुग्छ । धुलो भान्सा कोठासम्म पुग्छ । गढवा–कालाकाटे सडकखण्डको छेउमा घर हुनेहरू अहिले झनै समस्यामा छन् । गढवा गाउँपालिका–१, कुलापानीका नवराज शर्माले सडकमा आवतजावत गर्नेदेखि स्थानीयलाई समस्या रहेको बताउनुभयो ।
हुलाकी सडक निर्माणमा पहल गर्ने सांसदको प्रतिवद्धता
बाँकेबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नु हुने नेकपा (एमाले) का सांसद दीपा शर्माले बाँकेमा निर्माणाधीन हुलाकी सडकको स्थलगत अनुगमन गर्नु भएको छ ।
बाघको आक्रमणबाट महिलाको मृत्यु
बर्दियाको राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको आज घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइयो
हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिई भव्यसाथ मनाइएको छ । जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगरलगायतका स्थानमा मैथली, अवधि र पहाडी समुदायका महिलाले आज साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिएर पर्व मनाइएको हो ।
महिनामा दुईसय बढी दुर्घटना, ६ को ज्यान गयो
दाङमा दसैँ र तिहार पर्वको समयमा दुईसय बढी सवारी दुर्घटना भएका छन् । दसैँ र तिहार पर्वका अवसरमा गत असोजको २७ गतेदेखि कात्तिक ३० गतेसम्म करिब एक महिनाको अवधिमा दुई सय ३१ वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आधुनिक थ्रेसर मेसिनतर्फ कृषक आकर्षित
कृषकहरूको आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षण बढ्दै गएको छ । गाउँघरमा खेतालाले खर्च पनि बढी हुने र काम गर्नेहरूको आभाव हुन थालेपछि जिल्लाका किसान आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका हुन् ।
चरा आरक्षमा नियमविपरीत स्टिमर सञ्चालन
संरक्षण गर्न निर्माण भएका चरा आरक्षमा चरा असुरक्षित भएका छन् । कपिलवस्तुको कपिलवस्तु नगरपालिका –९ जगदीशपुर ताल (चरा आरक्ष) मा स्टिमर चल्न लागेपछि चरा सङ्कटमा परेका हुन् ।
देश र जनताको हितमा निरन्तर अभियान : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताउनुभएको छ ।
अवधि भाषा र साहित्यको संरक्षणमा जोड
पश्चिम नेपालको अवध क्षेत्र मानिने बाँके र बर्दियामा सदियौँदेखिको अवधि संस्कृति, भाषा र साहित्यको संरक्षण र संवर्द्धनमा विशेष पहल गर्नुपर्नेमा अगुवाहरूले जोड दिएका छन् ।
स्वर्गद्वारीका गाईलाई देउखुरीको पराल
दाङबाट स्वर्गद्वारी आश्रममा रहेका गाईका लागि पराल दान गरिएको छ । आश्रमको नाममा एक हजार एकसय विघा जग्गा भए पनि आयस्ता नउठ्दा गाईका लागि चाहिने घाँस, पराल दानको रुपमा संकलन गर्ने गरिएको छ ।
जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
बढे सिकलसेलका बिरामी
दाङको राप्ती गाउँपालिकाका राजकुमारी चौधरीमा सानैदेखि खुट्टा दुख्ने समस्या थियो । सिकलसेल एनिमिया रोग भन्ने चौधरीलाई थाहा थिएन । उपचारको लामो प्रक्रियापछि सिकलसेल एनिमिया रोग भएको चौधरीले थाहा पाए । उहाँले त्यस बेलासम्म उपचारमा १५ लाख बढी खर्च गरिसक्नुभएको थियो ।
औद्योगिक क्षेत्र निर्माण नहुँदै अतिक्रमणको चपेटामा
बाँकेमा औद्योगिक क्षेत्र र औद्योगिक ग्राम घोषणा गरेको लामो समय बिते पनि निर्माण सुरु हुन नसक्दा स्थानीयले अतिक्रमण गरेपछि निर्माणमा थप ढिलाई भइरहेको छ।