तेह्रौं दिनको पुण्यतिथिमा दीप प्रज्ज्वलन र श्रद्धान्जलि सभा
भूकम्पपीडित सहजीकरण समूह नेपालगन्जले जाजरकोट तथा रुकुम पश्चिम्ममा गत कात्तिक १७ गते गएको बिनासकारी भुकम्पबाट निधन भएकाहरुको १३ औं दिनको पूण्यतीथिमा आज दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
गोवर्धन धामलाई प्रवर्धन गर्न भण्डारा कार्यक्रम
बाँकेको नरैनापुरस्थित धार्मिक पर्यटकीय स्थल गोवर्धन धामलाई प्रवर्धन गर्न बृहत् भण्डारा कार्यक्रम आयोजना गरिएको छ ।
सहमतिमा गणेश–लक्ष्मी मूर्ति विसर्जन रुट निर्धारण
तिहारपछि नेपालगन्जमा राखिने गणेश र लक्ष्मीको मूर्ति विसर्जन कार्यलाई सदभाव र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न धार्मिक सद्भाव समिति बाँकेले वडा प्रहरी कार्यालय नेपालगन्जसँग छलफल गरेर विसर्जनको बाटो निर्धारण गरेको छ ।
‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियानमा सुधार
नेपालगन्ज उपमहानगरपालिकालाई सफा र स्वच्छ राख्न होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ बाँकेले सञ्चालन गरेको ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान प्रभावकारी देखिएको छ ।
नेपाल भारत नाकामा नेपाली उपभोक्ताको भिड
तिहारमा पनि सीमापारि भारतको रूपैडिहा बजारबाट नै बाँकेका अधिकाशं उपभोक्ताले चाडपर्वको चाहिने सामान खरिद गरेका छन् ।
ग्रामीण क्षेत्रका समस्या समाधानमा पहल गर्छु : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ग्रामीण क्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताउनुभएको छ ।
अटो दुर्घटनामा घाइते महिलाको उपचारका क्रममा मृत्यु
अटो दुर्घटनामा घाइते बंगलाचुली गाउँपालिका– ५ निवासी ६५ वर्षीया भेगी बुढाको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
हतियार प्रहारबाट युवक घाइते
बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् ।
संस्कृति जोगाउन दलित समुदाय अग्रसर
देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ ।
बालहगृहमा सामुहिक भाइटीका आयोजना
कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा सामुहिक भाइटीका लगाइएको छ । बालगृहमा रहेको २८ असाहय बालकलाई सप्तरंगी सामुहिक भाइटीका लगाइएको हो ।
अख्तियार अनुसन्धान आयोग बाँकेमा ४४५ उजुरी
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा गत आर्थिक वर्षमा ४४५ वटा उजुरी परेको आयोगले जनाएको छ ।
महिला पाइलट पन्त र मिस नेपाल प्रधान आउनुहुँदै
पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली महिला पाइलट भावना पन्त र मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान नवौं धारा नेपालगन्ज म्याराथनमा सहभागी हुनुहुने भएको छ ।
लालीगुराँस आमा समूहले खेल्यो देउसी भैलो
दाङको घोराही उपमहानगरपालिका –५ रज्जे मन्नामेस्थित स्थानीय लाली गुराँस आमा समूहले तिहारको अवसरमा खेलेको देउसी भैलो ।
विद्युतीय रिक्सा दुर्घटना : एक वर्षमा ११ जनाको मृत्यु
पछिल्लो समय बाँकेमा बढ्दै गएका इरिक्सा सडक सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।
वडामा भूकम्पविरुद्धको सचेतना अभियान
केही समय यता पश्चिम नेपालमा पटक पटक भूकम्प जाने गरेको र यो क्षेत्र थप भूकम्पको उच्च जोखिममा रहेकाले बाँकेमा सो विरुद्ध सचेतना कार्यक्रम चलाइएको छ ।
मुस्लिम युवाले लगाए भाइटीका
नरैनापुर गाउँपालिका वडा नं ३ का साकिर खान र सोही ठाउँका राज खान मुस्लिम समुदायको हुनुहुन्छ उहाँहरुले हिन्दु धर्म मान्ने राप्तीसोनारी ५ कि तारा ओलीसँग भाईटीका लगाउनुभएको हो ।
भूकम्पका घाइतेमा देखियो शरीर दुख्ने समस्या
जाजरकोट र रुकुमपश्चिममा कात्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भई सामान्य उपचार गराएर बसेका बिरामीहरुमा पुनः स्वास्थ्य समस्या देखिन थालेको छ ।
तीन वर्षमा ४४४ सडक दुर्घटना, २३० ले ज्यान गुमाए
बाँकेमा पछिल्लो तीन वर्षमा ४४४ वटा सडक दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार ती दुर्घटनामा परेर २३० जनाले ज्यान गुमाएका छन् ।
बोरा गोदाममा आगलागी, ४० लाख बरावरको क्षति
नेपालगञ्जको बोरा गोदाममा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीस्थित एसके टे«डिङ्गको बोरा गोदाममा गएराति आगलागी भएको हो ।
पाल्पाको रामपुरमा फूलखेती
पाल्पा रामपुर नगरपालिका-४ स्थित देविस्थानमा गरिएको सयपत्री फूल खेती । यहाँ तिहारलाई लक्षित गरेर व्यावसायिक रुपमा सयपत्री फूलको खेती गरिएको हो ।
भाइटीकाका लागि बढ्यो झिनियाँको व्यापार
पाल्पाको रामपुर नगरपालिका –५ स्थित राङभाङका व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले उत्पादन गरेको झिनियाँ । तिहार पर्व अर्थात् भाइटीकाका लागि यहाँ उद्योगबाटै धमाधम झिनियाँ बिक्री भइरहेको छ ।
नेपाल संवतको अवसरमा मोटरसाइकल र्याली
नेपाली मौलिक संवत् नेपाल संवत ११४४ को अवसरमा नेपालगन्जमा शुभकामना आदानप्रदानसहित मोटरसाइकल र्याली निकालिएको छ ।
विदेशबाट फर्किएर फूलखेती
हरेक वर्ष तिहारको समयमा फूलको माग बढ्दै गएपछि बाँके जिल्लाका युवाले तिहार लक्षित व्यवसायीक फूल खेती गरेका छन्।
मोटरसाइकलको ठक्करले पैदलयात्रुको मृत्यु
नेपालगन्जमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।