लिलाधर वली
घोराही, कात्तिक ३० गते । दाङको बंगलाचुलीमा अटो दुर्घटनामा घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
अटो दुर्घटनामा घाइते बंगलाचुली गाउँपालिका–५ निवासी ६५ वर्षीया भेगी बुढाको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बुधबार दिउँसो १ः४० बजे बंगलाचुली–५ स्थित गुरासेनीडाँडामा रा १ ह ५८०५ नम्बरको अटोको ब्रेक फेल भएर दुर्घटना भएको थियो । घाइते बुढालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो ।
नेपालगन्ज रिफर गरिएकोमा उपचारका क्रममा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिनुभएको छ ।