पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
जिल्लाको रामपुरमा खुल्ला पालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दोस्रो किङ्गस कप भलिबलअन्तर्गत आगामी पुस २४ देखि २७ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
सबैको पहुँचमा गुणस्तरीय खानेपानी पुर्याउन प्रतिबद्ध छौं : मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताउनुभएको छ ।
आठ वर्षमा बन्यो पक्की पुल
गुल्मी र पर्वत जोड्ने पक्की पुल आठ वर्षमा बनेको छ । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बियादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा आठ वर्षको अवधिमा पुल निर्माण सम्पन्न भई मङ्गलबार उद्घाटन गरिएको हो ।
भेटिए हात्तीपाइलेका बिरामी
दाङमा हात्तीपाइले रोगका बिरामी फेला परेका छन् ।
कृषकको तथ्याङ्क सङ्कलन गरिँदै
गुल्मीको इस्मा गाउँपालिकाले कृषकहरुको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । यस गाउँपालिकाका वडा नम्बर–१, ३, ५ र ६ का किसान सूचिकरण कार्यक्रमअन्तर्गत कृषकको तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । गतवर्ष वडा नम्बर–२ र ४ का कृषकहरुको तथ्याङ्क सङ्कलन गरिएको थि
शहीद क्याम्पसमा धार्मिक महोत्सव सुरु
पाल्पाको रामपुर नगरपालिका–७, स्थित शहीद बहुमुखी क्याम्पसमा धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ । क्याम्पसमा छात्रावास निर्माण, सङ्काय थप र सिपमुलक शिक्षा सञ्चालन गर्ने उद्देश्यले मङ्गलबारदेखि महायज्ञ सुरु भएको हो ।
एघार वर्षपछि चिस्यान केन्द्र निर्माणले तीव्रता पाउँदै
तानसेन नगरपालिका र भारतीय दूतावासको सहयोगमा निर्माण सुरु भएको तानसेनको एक चिस्यान केन्द्र १२ वर्षमा बल्ल निर्माण सम्पन्न हुने तरखरमा पुगेको छ ।
तम्घासमा क्रिकेट प्रतियोगिता सुरु
गुल्मीको सदरमुकाम तम्घासमा क्रिकेट प्रतियोगिता सुरु भएको छ। खुकुरी युथ क्लबको आयोजनामा चिदिचौर खेल मैदानमा प्रथम खुकुरी क्रिकेट कप–२०८१ सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले उद्घाटन गर्नुभएको हो।
मदन भण्डारी गोल्डकप भलिबलको ट्रफी सार्वजनिक
च्याम्पियनसिपको तयारी पूरा भएको मङ्गलबार बुटवलमा आयोजित ट्रफी सार्वजनिक तथा पत्रकार सम्मेलनमा बताइएको हो ।
नेतृत्वमा इच्छा शक्ति नभएकै कारण विकास हुन सकेन : चन्द्र भण्डारी
गुल्मी क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्र भण्डारीले राजनीतिक दलको नेतृत्वमा इच्छा शक्ति नभएका कारण नै विकास हुन नसकेको बताउनुभएको छ ।
तीन दशक एउटै पेशामा जमेका घनश्याम
अफ सिजनमा पर्यटक आकर्षित गर्न पूर्वको पर्यटकीय नगरी भेडेटारमा १२ औं फुड फेस्टिवल सुरु भएको छ । फेस्टिवलको कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मन्डलले उदघाटन गर्नुभयो ।
पालिकाको सेवा वडाबाटै
जिल्लाको दुर्गममा रहेका दुई पालिकाले घुम्ती शिविरमार्फत आठ हजारभन्दा बढी नागरिकलाई सेवा दिएका छन् । जिल्लाको पूर्वी भेगमा रहेका निस्दी र रम्भा गाउँपालिकाले घुम्ती शिविरमार्फत आठ हजार ५८ जना नागरिकलाई सेवा दिएका हुन् ।
बाँकेमा मुस्लिम समुदायका १७ हजार बालबालिका विद्यालय बाहिर
मुस्लिम समुदायको ठुलो जनसङ्ख्या रहेको बाँके जिल्लामा १७ हजार भन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ।
मानव बेचबिखनका घटना बढ्दो
मानववेचविखन तथा ओसारपसार विरुद्ध क्रियाशिल संस्था माइती नेपालको नेपालगञ्जस्थित कार्यालयमा सन् २०२४ मा महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका ७७७ वटा निवेदन परेका छन् ।
अपराध नियन्त्रण गर्न सीमा सुरक्षालाई थप बलियाे बनाइने
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यबासिनी मुख्यालयका सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कमल प्रसाद तिउसीनाले सीमामा हुने विभिन्न खालका अपराधलाई नियन्त्रण गर्न सिमा सुरक्षालाई थप मजुबत बनाइने बताउनुभएको छ ।
थारू गाउँमा माघीको तयारी
थारू समुदायको महत्त्वपूर्ण पर्वको रूपमा रहेको माघी अर्थात् खिचडी पर्व रुपन्देहीका विभिन्न स्थानमा यो वर्ष तीन दिनसम्म मनाइने भएको छ ।
गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा
यहाँको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ । विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आउनुभएका रोका व्यवसायप्रति सन्तुष्ट हुनुहुन्छ ।
सरकार चलाउन मात्रै गठबन्धन होइन : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेकपा एमाले र नेपाली काङ्ग्रेसबीच नियमित सरकार सञ्चालनका लागि मात्रै गठबन्धन नबनेको बताउनुभएको छ ।
तम्घासमा मनाइयो लेखनाथ पौड्यालको जन्मजयन्ती
गुल्मी कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औँ जन्मजयन्ती मनाइएको छ ।
सात बिघाकाे जखेराताल
दा , पुस १६ गते । दाङको लमही नगरपालिका – ३ स्थित जखेरा ताल । चुरे पहाडको फेदमा सात बिघा क्षेत्रफल र ६ फिट गहिराइमा रहेको याे ताल पर्यटकको आकर्षणकाे केन्द्र बन्दै गएको छ । तस्बिरः रासस
दुई करोड लगानीको ल्याब अलपत्र
दुई करोडभन्दा बढी खर्च गरेर स्थापना गरेको कोभिड ल्याब अलपत्र अवस्थामा पुगेको छ ।
मुख्य बजारमा पार्किङ निषेध
बुटवलका मुख्य बजार क्षेत्रमा रहेको अव्यवस्थित पार्किङको समस्या अब समाधान हुने भएको छ ।
अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटन प्रवर्द्धन गरिँदै
बाँकेमा सञ्चालित तारे होटलहरूले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम गर्ने भएका छन् ।
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि
दाङ, पुस १६ गते । लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो ।प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिनुभयो । उहाँका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची छ । हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ । चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो ।