७८ जनामा सिकलसेल एनिमिया पोजिटिभ
लमही नगरपालिकाको तीन वडाका ७८ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको छ । लमही नगरपालिका –८ सतबरिया स्वास्थ्यचौकीमा गरिएको निःशुल्क सिकलसेल एनिमिया जाँच शिविरमा स्क्रिनिङ गर्दा सो संख्यामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको हो ।
दुईसय ३० जना फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले पाँच महिनाको अवधिमा २३० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म अदालतबाट दोषी ठहर भइ सजाय भुक्तान नगरी फरार रहेका २३० जनालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी आयुस जोशीले जानकारी दिनुभयो।
धार्मिक महोत्सवको तयारी पूरा
जिल्लाको रामपुर नगरपालिका –७, किसानबारीस्थित शहीद बहुमुखी क्याम्पसमा मङ्गलबारदेखि हुन गइरहेको महायज्ञको तयारी पूरा भएको छ ।
विकास र समृद्धिको पक्षमा वर्तमान सरकारः महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थिरतासहित देश विकासका पक्षमा एमाले र नेपाली कांग्रेस जस्ता दुई ठूला राजनीतिक दल मिलेर सरकार गठन भएको बताउनुभएको छ ।
पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्नुपर्छः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अस्तित्व खतरामा पर्न नदिन पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न जरुरी रहेको बताउनुभएको छ ।
जिल्ला कारागार गुल्मीमा तीन गुणा बढी कैदीबन्दी
२५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा तीन गुणाभन्दा बढी कैदी बन्दीहरु बस्न बाध्य छन् ।
ब्युटी फेयरको उपाधि रानालाई
बुटवलमा भइरहेको औद्योगिक व्यापार मेलामा आयोजना गरिएको ब्युटी फेयर २०८१ को उपाधि इरुम व्यूटिपार्लरकी ममता रानाले हात पार्नुभएको छ ।
चोरी र लागूऔषध मुद्दामा तीन जना पक्राउ
सुनका गहना चोरी मुद्दामा दुई र लागूऔषध मुद्दामा एक गरी तीन जना पक्राउ परेका छन् ।लागूऔषधसहित पक्राउ पर्नेमा पोखरा उपमहानगरपालिका–९, पृथ्वीचोक बस्ने २८ वर्षका चोकबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
कर्जाहीगाउँ
दाङको घोराही उपमहानगरपालिका १७ स्थित कर्जाहीगाउँ र आसपासको क्षेत्र ।
गर्भवतीलाई अस्पताल पुर्याउने आमाहरू....
शुक्रवार नौबहिनी गाउँपालिका–८ फोप्लीकी एक गर्भवतीलाई महिलाहरूले स्वास्थ्य संस्था पुर्याए । नौ बहिनी गाउँपालिका–८ कुर्झेनीकी गर्भवती महिलालाई स्टेचरमा बोकेर कुमारी पुनमगर नेतृत्वको उद्धार समूहले स्वास्थ्य संस्था पुर्याएको हो ।
सरकार ढल्छ भनेर अफवाह फैलाउनु गलत : महासचिव पोख्रेल
नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले कसैलाई चित्त नबुझ्दैमा वर्तमान सरकार ढल्छ भनेर अफवाह फैलाउनु गलत भएको बताउनुभएको छ ।
सत्ताइस वर्षमा पनि पूर्ण भएन सडक
प्युठानको बिजुवार, ढुङ्गेठाँटी हुँदै रोल्पाको सुनील स्मृति गाउँपालिकाको अरेस जोड्ने सडकको ट्र्याक खोलिएको २७ वर्ष पूरा भइसक्दा पनि त्यसले पूर्णता पाएको छैन । सडक साँघुरो र
विदेशको कमाइ सामाजिक सेवामा
रुपन्देही जिल्लाबाट कामको खोजीमा खाडी मुलुक दुबई पुगेका नेपालीले त्यहाँ कमाएको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् । दुबई पुगेका नेपालीले सैनामैना सेवा समाज युएई नामक संस्था गठन गरेर सामाजिक काममा सहयोग गर्दै आएका छन् ।
एमाले र माओवादीद्वारा बैठक बहिष्कार
गुल्मीको कालीगण्डकी गाउँपालिकाको कार्यपालिका बैठक नेकपा (एमाले) र माओवादी केन्द्रले बहिष्कार गरेका छन् ।
कफी हब बनाउन पहल
लुम्बिनी प्रदेश सरकारले पहाडी जिल्लालाई कफी हबका रूपमा विकास गर्न पहल सुरु गरेको छ ।
घट्यो मह उत्पादन
रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ का कमलाल खड्काले मौरीपालन गर्न थालेको नौ वर्ष भयो ।
४७.४ प्रतिशतले गरे स्वास्थ्य बीमा
गुल्मीमा स्वास्थ्य बीमामा आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापितका लागि सरकारले सुरु गरेको बीमा कार्यक्रममा यहाँका नागरिकहरुको पहुँच बढ्दै गएको हो ।
मोटरसाइकल ठक्करबाट पैदलयात्रीको मृत्यु
प्युठानमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । आइतबार साँझ प्युठान नगरपालिका –७ टिकुरी बसपार्कमा मोटरसाइकलको ठक्करबाट मल्लरानी गाउँपालिका –४ बासखोला बस्ने ७० बर्षिय रामचन्द्र शाहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सात लाखभन्दा बढी मूल्यको अवैध औषधी बरामद
कपिलवस्तु प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको ७ लाख ७ हजार २३२ रुपियाँ बराबरको विभिन्न किसिमका औषधीसहित एक जनालाई पक्राउ गरेको छ । अवैध रुपमा भित्रिन लागेको ती औषधी कृष्णनगर नपा २ स्थित लिंकगेटमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जनदत्त भट्टले बताउनुभयो ।
फोहोर जलाएर प्रदूषण गर्नेलाई पाँच हजार जरिवाना
नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्ने तथा फोहोर जलाएर प्रदूषण फैलाउने व्यावसायी र घरधनीविरुद्ध जरिवाना गरेको छ।
मदन भण्डारी गोल्डकप भलिबलको तयारी पूरा
मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ्गसिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ आयोजना हुनेभएको छ । पुस १७ देखि २४ गतेसम्म आयोजना हुने सो प्रतियोगिताको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुनेछ ।
हाप्किडोमा लुम्बिनी पहिलो
नेपालगन्जस्थित रङ्गशालामा सम्पन्न प्रतियोगितामा लुम्बिनीले सर्वाधिक १७ स्वर्ण, १३ रजत र सात कांश्य पदक जित्दै पहिलो भएको हो ।
सीमावर्ती जिल्लामा देखिएका समस्या समाधान हुन्छ : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा.आरजु राणाले बर्दियालगायत विभिन्न सीमावर्ती जिल्लाका नाकाहरुमा देखिएका समस्याहरु समाधान हुने बताउनुभएको छ ।
घुम्ती शिविरबाट सेवा
पाल्पाको निस्दी गाउँपालिकाले एकीकृत घुम्ती शिविरबाट नागरिकलाई सेवा प्रदान गरेको छ ।